फेसबुकबाट पुस्तक लोकार्पण

श्रावण १३, २०६९ शनिबार, विराटनगर नेपाल । नेपाली वाङमयका एक स्रष्टाका विविध आयाममा गरिएको नवीनतम् अनुसन्धानात्मक कृति हालै प्रकाशित गरिएको छ । त्रिभुवन विश्व विद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकोत्तर तह नेपाली विषयमा अध्ययनरत चूडामणि बराइलीद्वारा लिखित तथा सम्पादित “व्यक्तित्वका विविध आयामहरूमा नवराज सुब्बा” नामक पुस्तक आज फेसबुक, ट्वीटर र वेभसाइटबाट एकसाथ विमोचित गरियो ।
विश्वविद्यालयको शोधमा आधारित आलेखका अतिरिक्त साहित्यकार नवराज सुब्बाका विषयमा पत्रपत्रिका, वेभसाइट तथा फेसबुकमा प्रकाशित सामग्रीहरू समेत लेखक बराइलीद्वारा लिखित पुस्तकमा समेटिएका छन् । जम्मा १५६ पृष्ठको उक्त पुस्तकमा टङ्क वनेम, स्व. राजेश्वर रेग्मी, ध्रुव मधिकर्मी, डा. गोविन्दराज भट्टराई, शिवनारायण पण्डित, भीम घिमिरे, भोजराज श्रेष्ठ, सीताराम ढकाल, सुरेश कार्की, यज्ञप्रसाद शर्मा लगायतका लेखहरू पनि रहेका छन् ।
पुस्तक www.nrsubba.com.np बाट समेत हेर्न वा डाउनलोड गर्न सकिन्छ ।
https://www.box.com/s/859007de4d7a32194a64

Similar Posts

  • म हुस्सु !

    साँच्चै नढाँकिन भन्ने हो भने म हुस्सु छु । नपत्याय आज मैले गरेको चर्तिकलाले यो पुष्टि गर्दैन र ! मलाई दिनको २ बजेर ५० मिनेटमा कान्तिपुर एफ. एम. मा बोलाएको थियो । म चाहिँ १ बजेर ५० मा नै पो पुगें । त्यहाँ पुगेर यसो हेर्छु मलाइ बोलाउने मान्छेको चालामाला क्यै छैन ।

  • रोयल्टी सङकलन अन्तरक्रिया

    पौष १६, २०६८ इटहरी सुनसरी । सङ्गीत रोयल्टी सङकलन समाज र कपीराइट रजिष्ट्रारको कार्यालयद्वारा इटहरी सुनसरीमा आयोजित एक दिने अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । गीतसङ्गीत क्षेत्रमा संलग्न गीतकार, संगीतकार तथा गायकहरुको सहभागिता उत्साहजनक थियो ।

  • अलबिदा कुमार कान्छा !

    करिव डेढवर्षअघि कुमार कान्छासित मेरो पहिलो र अन्तिभ भेट भएको थियो काठमाडौंको एक रेकर्डिङ स्टुडियोमा । मलाई सारै मन परेको मेरो एउटा गीतको संगीत जसलाई युवा संगीतकार साजन राइले संगीतबद्ध गर्नुभएको थियो त्यसलाई म नरेन्द्र प्यासीको स्वरमा रेकर्ड गर्न चाहन्थें । यसै उदेश्यले मैले सो गीतको संगीत संयोजनको जिम्मा मैले भूपेन्द्र रायमाझीलाई दिएँ । संगीत…

  • आप भी चलिए ना !

    नवराज सुब्बा आज विहान प्रातकालीन यात्रामा थिएँ । बाटोभन्दा अलि तल पोखरी डिलमा एकजना धोबी कपडाको भारी सकिनसकी बोकिरहेका थिए । म हिंडिरहेको सडकको अर्को दिशाबाट एकजना बटुवा पनि आइरहेका थिए । हाम्रो भेट हुन त्यस्तै १५/२० कदमको दुरीमा थियो । म हिड्दाहिड्दै अर्थात् मैले हेर्दाहेर्दै उनीहरूले एकआपसमा एकदुई वटा वाक्यहरू आदानप्रदान गरे, तर त्यो…

  • धन्यवाद तथा आभार प्रकट

    करिव ३४ वर्षको सरकारी सेवाबाट विश्राम लिने प्रतिक्षित समय यसपालि आयो । प्रथमतः स्वास्थ्यको कारण (उच्च रक्तचाप, मधुमेह र हाल थपिएको पाइल्स) को कारण आराम लिनु पर्ने, त्यसका अतिरिक्त २०६४ साल माघमा मैले त्रि.वि.वि.मा दर्ता गरेको पि.एच.डि. शोधकार्य यही २०७१ पौषभित्रमा सम्पन्न गरि डिग्री हाँसिल गर्नु पर्ने अनिवार्यता र अब बाँकी जीवन आफूले धेरै अघि…

  • प्रातःस्मरणीय गुरु गणेशबहादुर राई (हेडसर)मा नमन !

    भीरको खरझैं लजालु गुराँस फूलझैं बैंशालु कस्की छोरी कस्की चेली कस्की हौ तिमी मायालु ? सीताकी हुँ म बहिनी पार्वती मेरी साहिंली विशाल हिमाल पिता मेरा नेपाल मेरो माइती । (गणेशबहादुर राई) आकर्षक बिम्ब, देशप्रेमयुक्त भावमा शुन्दर संगीत भरेर हामी विद्यार्थीहरुलाई गाउन सिकाउने आदरणीय गुरु गणेशबहादुर राई आज स्वयम् एउटा बिम्ब बन्नु भएको छ ।…

Leave a Reply