फेसबुकबाट पुस्तक लोकार्पण

श्रावण १३, २०६९ शनिबार, विराटनगर नेपाल । नेपाली वाङमयका एक स्रष्टाका विविध आयाममा गरिएको नवीनतम् अनुसन्धानात्मक कृति हालै प्रकाशित गरिएको छ । त्रिभुवन विश्व विद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकोत्तर तह नेपाली विषयमा अध्ययनरत चूडामणि बराइलीद्वारा लिखित तथा सम्पादित “व्यक्तित्वका विविध आयामहरूमा नवराज सुब्बा” नामक पुस्तक आज फेसबुक, ट्वीटर र वेभसाइटबाट एकसाथ विमोचित गरियो ।
विश्वविद्यालयको शोधमा आधारित आलेखका अतिरिक्त साहित्यकार नवराज सुब्बाका विषयमा पत्रपत्रिका, वेभसाइट तथा फेसबुकमा प्रकाशित सामग्रीहरू समेत लेखक बराइलीद्वारा लिखित पुस्तकमा समेटिएका छन् । जम्मा १५६ पृष्ठको उक्त पुस्तकमा टङ्क वनेम, स्व. राजेश्वर रेग्मी, ध्रुव मधिकर्मी, डा. गोविन्दराज भट्टराई, शिवनारायण पण्डित, भीम घिमिरे, भोजराज श्रेष्ठ, सीताराम ढकाल, सुरेश कार्की, यज्ञप्रसाद शर्मा लगायतका लेखहरू पनि रहेका छन् ।
पुस्तक www.nrsubba.com.np बाट समेत हेर्न वा डाउनलोड गर्न सकिन्छ ।
https://www.box.com/s/859007de4d7a32194a64

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply