जनस्वास्थ्य: पाटा बाटा र अनुभूति

जनस्वास्थ्य: पाटा बाटा र अनुभूति
जनस्वास्थ्यसम्बन्धी लेखहरुको संग्रह
लेखक नवराज सुब्बा
प्रकाशन मिति २०६३ साल वाणी प्रकाशन विराटनगर ।

यो पुूस्तक जनस्वास्थ्यसम्बन्धी जीवनोपयोगी लेखहरुको संगालो हो । यसमा बालस्वास्थ्य, मातृस्वास्थ्य, विभिन्न रोगहरुको परिचय र रोकथाममा उपायहरुका चर्चा गरिएको छ । यसभित्र स्वास्थ्य प्रबर्धनका उपाय र सरकारी नीतिहरुको पनि जानकारी दिइएको छ । रोग उपचार गर्नु भन्दा रोकथाम गर्नु नै उत्तम हो । रोगबाट समुदाय बच्न आवश्यक उपायहरु अवलम्बन गर्न, स्वच्छ जीवन शैली अपनाउन तथा ब्यवहारमा सकारात्मक परिवर्तन गराउन जनस्वास्थ्य जोड दिने गर्दछ । वर्षेनी थपिदै गएका स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुको संख्याले मानव जीवन केही सहज अवश्य भएको छ । तर आजकल नयां नयां रोगहरु -जस्तै एच.आई.भी.एड्स) थपिदै जानु, हराइसकेका रोगहरु (जस्तै मलेरिया, कालाज्वर, प्लेग) पुन देखा पर्नुले वास्तवमा जनस्वास्थ्यमा थप चुनौतीको सृजना गरेको छ । प्राथमिक स्वास्थ्य सेवा अत्यावश्यक स्वास्थ्य सेवा हो जसले समुदायका मुख्य स्वास्थ्य समस्याहरू जनसहभागितामूलक ढंगले ब्यवस्थापन गरिन्छ ।

 

 

 

Nepali Version Preview/Download

Similar Posts

  • ‘मन र माटो’

    ‘मन र माटो’ विधा: गीत गजल लेखकः डा. नवराज सुब्बा, प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर सालः २०७३ (2016) प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना…

  • An Investigation of Tungdunge Mundhum, A Kirat Mythology

    Tungdunge Mundhum is a cultural heritage of the Kirat Limbu community. Ancestral worship is a prominent practice within the Kirat culture, particularly among the Samba clan. It can be called a mythology. This study aims to look scientifically at the knowledge, values , and beliefs hidden within the civilization. In this book, there is a…

  • | |

    समयको-स्वाद

    ‘समयको स्वाद’  निबन्ध–प्रबन्धमा योगदान  प्रकाशित मिति: २०७० साल, वाणी प्रकाशन विराटनगर। नेपाली साहित्यको क्षेत्रमा नवराज सुब्बा परिचित नाम हो। यो कृति महत्त्वपूर्ण योगदानको प्रतीक हो। किनभने यसले लेखकका संस्मरण र विचारलाई बेजोड ढंगले प्रस्तुत गरेको छ। ताप्लेजुङको हाङपाङमा बि.सं. २०१८ मा नवराज सुब्बा जन्मिएका हुन्।  उनले नेपाली साहित्यमा बहुआयामिक प्रतिभाको पहिचान बनाएका छन्। साथै, उनले…

  • |

    Traditional and Modern Maternal and Child Health Care

    Traditional and Modern Maternal and Child Health Care Practices and Effects among the Rajbanshi Community in Nepal This is a descriptive and cross-sectional study on the Rajbanshi of Nepal in 2010. The common theories in the ethnographic/indigenous psychological perspective, social construction theories and public health perspectives have navigated the study. This study poses both qualitative…

  • किरात लिम्बू संस्कृति

    किरात लिम्बू संस्कृति पुस्तक समुदायको सांस्कृतिक अध्ययन हो। भनिन्छ, परम्परा बिना मान्छेको जीवन अपूर्ण हुन्छ। यही पूर्णताका लागि मानिस संस्कृतिमा लीन हुन्छन् कोही अलि टाढा बसेर त्यही नियाल्दछन्। नेपालका किरात जाति कुनै पनि प्राचीन धर्म ग्रन्थ भन्दा पुराना जाति हुन्। यिनीहरूका संस्कृति अनि ज्ञान आज ओझेलमा परेका छन्। यही अन्यौलपन आज पीडा बनेको छ। आदिवासीका…

  • | |

    यात्रा-आधा-शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रहलेखक- नवराज सुब्बाप्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । Introduction to the Anthology: Yatra Adha Satabdiko The anthology Yatra Adha Satabdiko by poet Nawa Raj Subba marks a…

Leave a Reply