जीवनबोध

हालखबर !
ठिकै छ यार,
बाचेकै छु
ढुकढुकी चल्दैछ
सास फेर्दैछु
तारा सारा दिन गनेर भए नि
जिएकै छु मृत्युलाइ छलेर
ढुक्क बाँचेकै छु ।

मलामी हिडेको छु
कैयौं अंजुली
फूल र माटो चढाएको छु
मुङलान जानेलाई
बिदाइका हात
कैंयौंपटक हल्लाएकै छु ।

दुःखसुखका कुरा छाडौं यार !
दुर्घटना, भिडन्त
अपहरणबाट
जतन गर्दागर्दै
यो जीवन
जीवन नभएर के भो र
जीव भएर नि बाँच्न त पाइयो
आउ यसैमा खुशी मनाऔं
अहो ! हामी धन्य रहेछौं
कमसेकम आजसम्म रहेछौं ।

“जीवन मेरो शव्दकोश” बाट

Similar Posts

  • परदेशीको सपना

    मनमा बिछ्याएर
    उनेका मायाका पोतेहरू
    तिम्रो गलामा बिसाएर
    तिमीसँग बिदा माग्दा
    धेरै बेर रोएथ्यौ तिमी सपनीमा
    अहिले ब्यूँझेर हेर्दा पो देखें
    तिमीले मेरो छातीमा झारेका आँसुहरू
    मेरै सिरानीमा झरेछन्

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

  • बलबहादुरको कथा

    यतिञ्जेल बलेले आफ्नो अनुहार राम्ररी नियाल्नै भ्याएको छैन एकदिन नागरिकता बनाउँदा फोटो खिच्ने बेलामा एकछिन आफूलाई ऐनामा चियायो र मुसुक्क हाँस्यो अनि अर्कोपटक बहिखातामा औंठाछाप लगाएपछि फाँटवालाले दिएको नागरिकतामा आफ्नो फोटो सरकारी छापसितै नारिएको देखेर मुस्कुरायो उपरान्त उसले हाँसेको देखिएन विचराले हाँसोस् पनि कतिबेला भारीले सधैं थिचेको चिच्यै छ साहुको रिनले किचेको किच्यै छ यही…

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

Leave a Reply