Surname

थर-बोलाइ-लेखाइ

Samba surname

डा. नवराज सुब्बा

थर-बोलाइ-लेखाइमा एकरूपता आजको आवश्यकता

फयङ साँबा थर-बोलाइ-लेखाइमा एकरुपता छैन। बोल्दा वा लेख्दा कतै फयङ, फेयङ, फैयङ भनेको वा लेखेको पाइन्छ।
ऐतराज फयङद्वारा संकलित तथा यो लेखकले प्रकाशित गरेको ‘फेयङहाङ साँबा वंशावली’ २०५६ मा ‘फेयङ’ थर उल्लिखित थियो। हामीले त्यसबेला फेयङ नै सही होला भन्‍ने ठानेका थियौँ। तर विभिन्‍न स्रोत सामग्री, शब्दकोश अध्ययन गर्दा त्यसमा सुधार गर्नु पर्ने अवस्था आयो।

पृष्ठभूमि

फेयङका पुर्खा फेक्‍वान्छाङ र भाइ फेन्छाङ्वाको नाममा फे (एकार) भएकाले फेयङ सही होला भन्‍ने सोचाइ थियो। यसबारे लिम्बू साहित्य र स्रोत अध्ययन गरियो। नामकरणसम्बन्धी किरात लिम्बू जनबोली विचार गरियो। किरात लिम्बू शब्दभण्डार (शब्दकोश) मा फयङ शब्द खोजियो र अध्ययन विश्लेषण गरियो। यसरी फयङ शब्द अर्थपूर्ण ठहरिन गयो।
फयङ वर्णको व्युत्पत्ति केदाउँदा यो वर्ण मानिसले लगाउने पहिरन झल्लरीझैँ झुलेको वा हल्लिएको अर्थमा यो शब्द कहिएको पाइन्छ। फयङ साँबा किंवदन्तीले फयङ उपथर उनीहरूको लगाएको पहिरनको हल्लाइका आधारमा फयङ नाम रहेको बताउँछ। त्यसैले फयङ शब्दकोशको अर्थ र थर व्युत्पत्तिका आधार केलाउँदा फयङ भन्‍नु नै उचित ठहर्दछ।

वर्तमान

हाल लिम्बू शब्दकोश प्रकाशित भएका छन्। शब्दकोशमा ‘फयङ’ शब्दले झल्लरी अर्थात् कपडाको हावामा हल्लिने भाग भन्‍ने जनाउँछ। फयङ किंवदन्तीमा फयङको लुगा लगाएर हिँड्दा ‘फयङ–फयङ’ हल्लिएकाले यही अनुकरणात्मक शब्दबाट उसको परिचयवोधक संज्ञा फयङ थर रहेको हो। किरात लिम्बू शब्दकोशमा ‘फयङ’ शब्दले लगाइएको कपडाको हल्लिने कृया जनाउने ‘झल्लरी’ बुझाउने हुँदा फयङ शब्दले नै किंवदन्ती अनुरुपको अर्थ दिन्छ। अतः फयङ लिम्बू भाषातत्वले ‘फयङ’ ध्वनि उच्चारण गर्दा व्यतिरेकी (अर्थभेदक) भाषिक ध्वनि चिन्दछ। अतः लिम्बू समुदायद्वारा प्रयुक्त वर्ण ‘फयङ’ लेख्नु नै तर्कसम्मत हुन्छ।

आधार

आजभन्दा दुईदशक अघि प्रस्तुत फयङ उपथरलाई अन्य जातिका लिम्बूले कसरी बोल्छन् वा लेख्छन् लिखित प्रमाण थिएनन्। अर्थात् लिम्बू साहित्य, इतिहास तथा पुस्तकमा यो उपथरबारे जानकारी उपलब्ध थिएनन्। सन् २०११ र २०१२ मा प्रकाशित दुईजना किरात लिम्बू लेखकले यो उपथरलाई आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। रत्नकुमार ईङनाम लिम्बू र गोविन्दबहादुर तुम्बाहाङले साँबा थरमा पाइने विभिन्‍न उपथर उल्लेख गरेका छन् र उनीहरूले साँबाको उपथर ‘फयङ’ उल्लेख गरेका छन्। (Ingnam, 2012; Tumbahang, 2011) उल्लिखित प्रमाणका आधारमा फयङ भन्नु वा बोल्नु नै उचित देखिन्छ।

विश्लेषण

अब फयङ शब्दलाई अंग्रेजी भाषामा कसरी लेख्ने भन्नेतर्फ लागौँ। फयङ थरलाई अंग्रेजी हिज्जे Phayang, Phyang, Fayang, Fyang लेख्‍ने गरेको पाइन्छ। तर शब्दोच्चारणसम्बन्धी विज्ञानले Phyang नै मौलिक ध्वनि निकट देखिन्छ। ती शब्दहरूलाई भाषाशास्त्रीय कसीमा तुलना हेर्दा यस्तो देखिन्छ।

Phonetics and Transcription
Phayang (Phayang) फायाङ (अंग्रेजी उच्चारण)
Fayang (Fayang) फायाङ (अंग्रेजी उच्चारण)
Fyang (Fyang) फायाङ (अंग्रेजी उच्चारण)
Phyang (Phyang) फयङ/ फ्यङ (अंग्रेजी उच्चारण)
Reference: https://tophonetics.com

माथि ‘Pha’ /’Fa’ दुवैको उच्चारण ‘फा’ सुनिन्छ । यद्यपि देवनागरी (संस्कृत) लिपिको ‘फ’ लाई अंग्रेजी वर्णमालामा ‘Ph’अक्षरले संकेत गर्दछन्। (Cardona, 2013) माथि देखाइएको तालिकालाई तुलनात्मक विश्लेषण गर्दा फयङ संज्ञालाई अंग्रेजीमा (Phyang) लेख्दा बढी मौलिक ध्वनि निकट सुनिन्छ। यो पनि सही उच्चारणको हिसाबले शतप्रतिशत सही भने छैन। यद्यपि Phyang लाई उच्चारणका दृष्टिले तुलनात्मक रूपमा सुदृढ देखिन्छ।

ब्याकरण

‘य’ व्यञ्‍जन अन्तस्थ व्यञ्‍जन हो। यसमा ‘य–अ’, ‘य–ए’, ‘य–आ’ ध्वनि एकार्काका नजिक रहन्छन् । मौलितकताको दृष्टिले यहाँ ‘य–अ’ अन्तस्थ व्यञ्‍जन ‘फय (अ)ङ’ सही मानिन्छ। अंग्रेजीको ‘Ph’ ले माथि ‘य(–आ)’ अन्तस्थ व्यञ्‍जनको ध्वनि संकेत गर्दछ। त्यसैले अंग्रेजी होस् चाहे नेपालीमा लिम्बू शब्द वा ध्वनिको शतप्रतिशत न्याय सम्भव छैन। यद्यपि, के गर्दा बढी न्यायसंगत हुन्छ, भाषासम्मत, तर्कसम्मत हुन्छ त्यसलाई प्राथमिकता दिइन्छ। अतः यहाँ Phyang तुलनात्मक रूपमा मान्य हिज्जे ठहरिन्छ।

यस्तै अर्को शब्द छ साँबा। यसलाई साँबा, साम्बा, साँवा, सावा आदि बोल्ने वा लेख्‍ने चलन छ। पहिले यसलाई भाषाशास्त्रीय दृष्टिकोणले केलाऔँ।

Phonetics and Transcription
Samba (Sæmbə) साँबा/साम्बा (अंग्रेजी उच्चारण)
Saba (Saba) साँबा/साबा (अंग्रेजी उच्चारण)
Sanba (Sanba) सान्बा (अंग्रेजी उच्चारण)
Sawa (Sawa) सावा (अंग्रेजी उच्चारण)
Reference: www.toPhonetics.com

विवेचना

माथि तालिकामा अंग्रेजी भाषाको उच्चारणसम्बन्धी विज्ञानले साँबा थरलाई अंग्रेजी जिब्रोमा परीक्षण गर्दा Samba, Saba लेख्‍ने संकेत दिन्छ। तर Sanba (सान्बा), Sawa (सावा/ सव/ सवा) पढ्दा नेपाली, लिम्बू दुवै उच्चारण प्रणालीले निकाल्ने ध्वनिसित अंग्रेजी हिज्जेले धारण गर्ने ध्वनि उति मेल खाँदैन। उसोभए Samba (साँबा/ साम्बा) र Saba (साबा/ सब) मध्ये कुन उचित होला? भन्‍ने सवाल उठ्छ।

साम्बा (Samba) शब्दका हिज्जे उच्चारण गर्दा साँबा/ साम्बा ध्वनि उत्पन्‍न हुन्छन्। उता Saba साबा हिज्जेद्वारा उत्पन्‍न ध्वनिमा नासिक्य ध्वनिको अभाव रहन्छ। यो शब्द साबा/सब ध्वनि निकट सुनिन्छन् । अतः Samba लाई नेपालीमा उच्चारण गर्दा उत्पन्‍न ध्वनि साम्बा र साँबा दुवै ध्वनिसाम्य (Homonym) सुनिन्छन्। तर Saba नेपाली उच्चारण हुँदा निकाल्ने ध्वनिमा भने मूलभूत भिन्‍नता सुनिन्छ। यो मौलिक लिम्बू उच्चारण भन्दा दूर सुनिन्छ। फलस्वरुप Saba उच्चारणले शब्दको मौलिक स्वरुप र अर्थमा विकृती निम्त्याउँछ।

निष्कर्ष

अंग्रेजीमा Samba साम्बा/ साँबा हिज्जे र उच्चारण दुवै पक्षमा बलियो देखिन्छ। यो विकृत हुने सम्भावना कम छ । अतः यो लेखक नेपाली वा लिम्बू बोलीमा साँबा अंग्रेजीमा Samba हिज्जेलाई उपयुक्त ठान्दछ।

Thuprai

Publications

Similar Posts

  • The Philosophical Analogy of the Saksak Mundhum to Greek Mythology of Genesis Man’s Ages and Its Allegorical Notation (Review Article)

    Dr. Nawa Raj Subba Who was it that gave birth to existence and the universe? Curiosity is something that everyone has. It’s an age-old question with no clear answer. We’re reviewing myths for new information based on existing knowledge. Our forefathers and mothers wondered about this as well. It is impossible to know indeed what…

  • भाइरल संस्कृति र समाजशास्त्र

    उत्तेजनाबाट चेतना तर्फको यात्राविचारडा. नवराज सुब्बा परिचय अहिलेको सूचना प्रविधिको युगमा सूचनाको पहुँच सर्वव्यापी छ, तर ‘ज्ञान’ र ‘विवेक’ भने ओझेलमा पर्दै गएका छन्। समाजशास्त्रको दृष्टिमा कुनै पनि समाजको जग त्यसको साझा इतिहास, संस्कृति र आपसी सद्भावमा अडिएको हुन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालहरूमा ‘जातीय पहिचान’ र ‘ऐतिहासिक पात्र’हरूलाई लिएर जुन किसिमको अस्वस्थ बहस सुरु…

  • Who are Kirat?

    An Ethnohistorical Overview of the Kirat People of Nepal and India Photo credit: himalayanculture.com Dr. Nawa Raj Subba Contemporary definition The Kirat people are native to the Himalayas of India and Nepal. They have an ancient history in the region. Therefore, the Himalayas are Kirat’s cultural and political landscape. Now, Rai, Limbu, Sunuwar, and Yakkha…

  • WATCH Project- SWOT Analysis

    SWOT Analysis of WATCH project

    Under ToR with AIFO Italy which is one of the donors of WATCH, an assessment of the project was indertaken by this writer. WATCH is working in HIV/AIDS, social empowerment and income generation in Kathmadu, Rupandehi, Kapilvastua and Nawalparashi districts.

    SWOT Analysis on the basis of FGD with Rupendehi staff.

    Strengths 

  • A Critical Viewpoint on Sponsored Book Publishing, Publicity, and Prize Systems

    Dr. Nawa Raj Subba We are talking about sponsored book publishing practices. In book publishing and authorship, originality, creativity, and intellectual labour are absolutely indispensable. However, over the past ten years in Nepal, India, and Western nations, the emergence of inappropriate customs in book publishing and advertising has raised major concerns about independent thinking and…

  • राजनीति र प्रशासनको सीमारेखा

    (विचार) डा. नवराज सुब्बा नेताले बाटो देखाउने हो, हिँड्ने कसरी कर्मचारीले सिकाउने हो अहिले एउटा भाष्य निर्माण गर्न खोजिँदै छ— “नेताले जे भन्छ, कर्मचारीले खुरुखुरु त्यही गर्नुपर्छ, सिकाउन खोज्ने होइन।” तर प्रशासनशास्त्र भन्छ, यो विचार नै गलत छ। राजनीतिले ‘के गर्ने’ (Policy) भन्ने निर्णय गर्छ, तर त्यो काम नियमसंगत र प्राविधिक रूपमा ‘कसरी गर्ने’ (Execution)…