| |

मन-र-माटो

मन-र-माटो
मन-र-माटो

देशप्रेम र संवेदनाको संगम

मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्।

यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको भावना कलात्मक शब्दमा व्यक्त गर्दै साहित्यिक जगतमा आफ्नो विशेष पहिचान बनाएको छ। गीत र गजलमा समेटिएका रचनाहरूले पाठकलाई सामाजिक चेतना र सांस्कृतिक मूल्यमा प्रेरित गर्छन्। मन-र-माटो नेपाली साहित्यमा गीत-गजल विधाको महत्त्वपूर्ण योगदान हो।

सुब्बाका गीतबारे बुलु मुकारूङ लेख्छन्

मूलतः डा.सुब्बा लिम्बू संस्कार–संस्कृतिबाट हुर्के–बढेका तर नेपाली भाषा प्रचलनबाट पोख्त भएका प्रज्ञानी हुन् । आफ्नो मातृभाषा लिम्बूलाई अष्पृष्य खाँदमा जखेर नेपाली भाषाका माध्यमबाट अगाडि बढ्नु चानचुने कुरा होइन । यस कुरालाई नेपाली नै मातृभाषीले सामान्यकृत ढंगबाट हेरेका होलान् । तर नेपाली मातृभाषा भएकाले एकैचोटी बंगाली, उर्दू वा चिनिया अथवा अंग्रेजी भाषामा रचना गर्न थाल्यो भने त्यसको जोखिम अनि मिठास्मर्दन त्यत्तिकै हुने सम्भावना रहन्छ । यद्यपि, कवि डा. सुब्बा आमनेपाली जनमा भिज्ने प्रचेष्टाका साथ आफ्ना रचना, सिर्जना वा कृति लिएर नेपाली भूमि, भाव र भावनालाई उजिल्याउन चाहन्छन् । मातृभाषा लिम्बूलाई कुनै चोक–चुङ्गेतिर थन्काएर नेपाली हुनुको गर्वले छाती फुकाएर अगाडि बढेका छन् सिर्जनाको मूलबाटोतर्फ………….।

‘मन र माटो’ कृतिको आमुख ललाट हो । माथा हो कृतिको, शिरपोष मुकुट हो अनि कृतिको नाम अर्थात् ब्यानर हो । जस्ले प्रतीकात्मक रूपमा समूल कृतिको प्रतिनिधित्व पनि गर्दछ । कृतिभित्र क्रमशः आठवटा देशभक्ति गीतहरू, पाँचवटा स्वास्थ्य तथा खेलकुदसम्बन्धी गीतहरू, पाँचवटै बाल तथा संस्थासम्बन्धी गीतहरू, दसैं, होली, नववर्ष गरी सत्रवटा गीतहरू गीतको क्रममा छन् भने अन्त्यमा एक दर्जन गजल शीर्षकमा नवीन रचनाहरू सङ्गृहित छन् । जुन रचनाहरूले विविध विषय–वस्तु, सन्दर्भ, संस्कृति, प्रचलन, परम्परा, स्थानादि र आयामहरू उरालेको देखिन्छ । जसलाई हामी सुब्बा शैलीको सुन्दर काव्य परिकल्पना भन्न पनि सक्दछौं । कृति दारुण र दुरुह लाग्दैन । किनकि सरल र सविनय ढाँचामा रचनाहरू उपस्थित छन् । कविका स्वभावसँग सललल.. बगेका छन् रचनाहरू । अर्थात् बुझ्न जटिल छैन । पढ्दै जाने क्रममा आफैले रचना गरेको हो भन्ने भान पर्छ पाठकलाई । यही हो कविको सरल शक्ति पनि।

देशभक्ति गीत– १

हामी पहिले नेपाली अनि मात्र अरू
देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरू ।

नेपाली चिनाउने हिमाल सगरमाथा
अरनिको कला र गोर्खाली वीरगाथा
अखण्ड यो भूखण्ड हो यही स्वाभिमान
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

माघीनाच, धाननाच, सिरूवा अनि रोदी
झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी
हामीलाई बचाउने संस्कृति छ महान्
फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

देशभक्ति गीत– २

जन्मियौं हामी नेपालमा, नेपालमैं बाँच्न पाऊँ
बाँचुन्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।

यी आँखा, मन उघ्रन्छन् हिमाल हाँसेको देखे
बलिया बन्छन् यी पाउ पहाड पाखालाई टेके
सभ्यता, समृद्धि मौैलाउने यो मधेसमा रमाऔं
बाँचुन्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।

आमाको छाया, मायामा, देशभक्तिमा रमाऔं
सम्मान गरौं पहिचान एकतालाई बचाऔं
नेपालीपनले बचाउँछ जहाँ तहाँ हामी जाऔं
बाँचुन्जेल हामी नेपाली, नेपाली भई मर्न पाऊँ ।

मन र माटो

Publications

Thuprai

Similar Posts

  • |

    ओऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा

    “ओऽऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा” मुन्धुमी चेतना, आदिवासी जीवनदर्शन र समकालीन मानवीय प्रश्नलाई हाक्पारेको गेय लयमा उनेर रचिएको खण्डकाव्य हो। यसका केन्द्रीय पात्र तुङदुङ्गे इतिहासका योद्धा मात्र होइनन्। उनी सृष्टिको रहस्य खोज्ने यात्री, प्रकृतिको भाषा सुन्ने चिन्तक र आफ्नै अन्तरात्मासँग युद्ध गर्ने मानव प्रतिनिधि हुन्। माटो, पानी, अग्नि, पवन र आकाशसँग संवाद गर्दै तुङदुङ्गे जीवन, न्याय,…

  • Kirat Mundhum:

    Exploring the Ancestral Wisdom and Spiritual Ecology of the Indigenous Himalayan Kirat Civilization Dr. Nawa Raj Subba About the Book: ‘Kirat Mundhum– Of Earth and Ancestors’ Kirat Mundhum: Of Earth and Ancestors is a fascinating look at the Kirat people of the Himalayas, an ancient society whose spiritual beliefs go back before the Vedic era….

  • |

    हाड र छाला नेपाली भाषाको

    हाड र छाला नेपाली भाषाको: नेपाली भाषाको रैथाने इतिहास र मानसिक मुक्तिको खोज पुस्तकको परिचय हाड र छाला नेपाली भाषाको नेपाली भाषाको इतिहास, शक्ति संरचना र रैथाने जगको गहिरो अध्ययन हो। यो पुस्तकले नेपाली भाषाको विकासलाई केवल भाषिक विषयका रूपमा होइन, सामाजिक, राजनीतिक र सांस्कृतिक प्रक्रियाका रूपमा हेर्छ। लामो समयदेखि नेपाली राज्यले “एक भाषा, एक भेष,…

  • | |

    समयको-स्वाद

    ‘समयको स्वाद’  निबन्ध–प्रबन्धमा योगदान  प्रकाशित मिति: २०७० साल, वाणी प्रकाशन विराटनगर। नेपाली साहित्यको क्षेत्रमा नवराज सुब्बा परिचित नाम हो। यो कृति महत्त्वपूर्ण योगदानको प्रतीक हो। किनभने यसले लेखकका संस्मरण र विचारलाई बेजोड ढंगले प्रस्तुत गरेको छ। ताप्लेजुङको हाङपाङमा बि.सं. २०१८ मा नवराज सुब्बा जन्मिएका हुन्।  उनले नेपाली साहित्यमा बहुआयामिक प्रतिभाको पहिचान बनाएका छन्। साथै, उनले…

  • खण्डकाव्य ओऽऽऽ रिल्लो

    “ओऽऽऽ रिल्लो… तुङदुङ्गेको सृष्टियात्रा” मुन्धुमी चेतना, आदिवासी जीवनदर्शन र समकालीन मानवीय प्रश्नलाई हाक्पारेको गेय लयमा उनेर रचिएको खण्डकाव्य हो। यसका केन्द्रीय पात्र तुङदुङ्गे इतिहासका योद्धा मात्र होइनन्। उनी सृष्टिको रहस्य खोज्ने यात्री, प्रकृतिको भाषा सुन्ने चिन्तक र आफ्नै अन्तरात्मासँग युद्ध गर्ने मानव प्रतिनिधि हुन्। माटो, पानी, अग्नि, पवन र आकाशसँग संवाद गर्दै तुङदुङ्गे जीवन, न्याय,…