यात्रा आधा शताब्दीको

यात्रा आधा शताब्दीको- कवितासंग्रह
लेखक- नवराज सुब्बा
प्रकाशित मिति- २०६८ साल ।

कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । सुब्बाको कवित्वको सन्दर्भमा भाषाशास्त्री प्रा.डा. टंक न्यौपाने लेख्छन्– संरचना भत्कँदा भत्कँदा कविता अकविता भइसकेको थियो, दुर्बोध्यता नै ठूला कविको पहिचान भइसकेको थियो तर २०३० का दशकपछि नेपाली कविताले कविताको मौलिक स्वरूप प्राप्त गरिसकेको छ । यसबाट के प्रमाणित भएको छ भने सिर्जना मर्दो रहेनछ । कविता एउटा सुन्दर भाषिक सिर्जना हो, यसैले अमर छ भनेर प्रमाणित गर्ने, नेपाली कवितालाई पाठकका माझ मीठो परिचय गराउने समसामयिक धाराका कवि कृष्णभूषण बल, दिनेश अधिकारीहरूकै उत्तरवर्ती पुस्तामा चिनिएको नाम हो – नवराज सुब्बा ।


Nepali Version Preview/Download

Similar Posts

  • Kirat Mundhum:

    Exploring the Ancestral Wisdom and Spiritual Ecology of the Indigenous Himalayan Kirat Civilization Dr. Nawa Raj Subba About the Book: ‘Kirat Mundhum– Of Earth and Ancestors’ Kirat Mundhum: Of Earth and Ancestors is a fascinating look at the Kirat people of the Himalayas, an ancient society whose spiritual beliefs go back before the Vedic era….

  • जनस्वास्थ्यका सवालहरू

    जनस्वास्थ्यका सवालहरू लेखक नवराज सुब्बा प्रकाशन मिति २०६४ साल । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा अनुभूत गरिएका जनस्वास्थ्यका विभिन्न सवालहरुलाई लेखकले  जनचेतनामूलक ढंगले  लेखहरुमा प्रस्तुत गरेका छन् । विविध आयाम समेट्ने ४९ लेखहरुको संगालोले जनस्वास्थ्यका जल्दाबल्दा सवालसित पाठकलाई साक्षात्कार गराइएको छ । प्रस्तुत संगालोलाई लेखकले विभिन्न कारणबश स्वास्थ्य संस्थामा टेक्नै नपाई स्वास्थ्यकर्मीको मुख देख्नै नपाई…

  • ‘मन र माटो’

    ‘मन र माटो’ विधा: गीत गजल लेखकः डा. नवराज सुब्बा, प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर सालः २०७३ (2016) प्रस्तुत संग्रहभित्र देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, गजल आदि चार दर्जन संग्रहित छन् । देशको माटो र यसलाई माया गर्ने भावना गीतभित्र यत्रतत्र छरिएका पाइन्छन् । पुस्तकको भूमिकामा संगीतकार तथा अध्येता बुलु मुकारुङले कृती र कृतीउपर आफ्ना…

Leave a Reply