“विद्यालयमा कविता” श्रृंखला २ सम्पन्न

असार ११, २०६७ विराटनगर । श्री मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित  “विद्यालयमा कविता” श्रृंखला २ हालै सम्पन्न भएको छ । कविहरु नवराज सुब्बा, मधु पोखरेल, मीनकुमार नवोदित, र शुभलक्ष्मी लम्सालले विराटनगर-६ स्थित श्री एभरेष्ट इङलिस् बोर्डिङ स्कुलमा कवितावाचन र अन्तरक्रिया गरेका थिए । कार्यक्रममा विद्यार्थीबीच कविता प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा विद्यार्थीहरु भेषराज पोखरेल, दीपिका कट्टेल र मनमोहन कुमार राउत क्रमशः प्रथम, द्वितीय र तृतीय भइ पुरस्कृत भएका थिए ।

प्राज्ञ तथा समालोचक अनिरुद्र तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष ज्योति जंगल, समालोचक हरि प्रसाद बराल, पत्रकार महासंघ मोरङका काबा सभापति विक्रम निरौला  र विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बोलेका थिए । साहित्यिक कार्यक्रमको संचालन कवि गंडकीपुत्रले गरेका थिए ।

Similar Posts

  • बीच बाटोमा ब्यूँझेर बिमोचन

    काठमाडौं मंसीर ६ गते, नवराज सुब्बाद्वारा रचित “बीच बाटोमा ब्यूँझेर” कवितासङ्ग्रहको बिमोचन वरिष्ठ कवि बैरागी काइँलाले गर्नु भएको छ । पुस्तक बिमोचन समारोहमा डा. गोविन्दराज भट्टराइ, डा.बेञ्जु शर्मा, र कुमार कोइरालाले कृतिमाथि समीक्षा गर्नु भयो । साहित्यकारहरू तथा सञ्चारकर्मीरूको उपस्थिति रहेको समारोहको सभापतित्व गर्नु भएका डा.तुलसी भट्टराइले सुब्बाको कृति उपर समालोचना गर्नु भयो । यो…

  • विराट साहित्यिक सम्मेलन

    पौष १०, २०६७ विराटनगर । छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असम र भुटानका नेपालीभाषी साहित्यकारहरु र नेपालका विभिन्न जिल्लाका

  • विद्यालयमा कविता श्रृङ्खला- ७

    भाद्र ३०, २०६७ विराटनगर । श्री मोतिराम साहित्य प्रतिष्ठानले ‘विद्यालयमा कविता श्रृङ्खला- ७’ अन्तर्गत विराटनगर स्थित सेण्ट जोसेफ स्कुलमा कवितावाचन

  • धन्यवाद विराटनगर !

    असार ३१, २०६७ । विराटनगरलाई कार्यक्षेत्र बनाएर नेपाली वाङमयको साधना गरेकोमा विराटनगर उपमहानगरपालिका १९ औं नगरपरिषदले मलाई नगद रु ११ हजार पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकोमा परिषदलाई धन्यवाद दिन चाहन्छु । साथै आफ्नो गृहनगरले मलाई यसरी सम्मान गरेकोमा म आफूलाई भाग्यशाली ठान्दछु ।

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

  • तीन स्रष्टा सम्मानित

    चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।

Leave a Reply