असार ११, २०६७ विराटनगर । श्री मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित  “विद्यालयमा कविता” श्रृंखला २ हालै सम्पन्न भएको छ । कविहरु नवराज सुब्बा, मधु पोखरेल, मीनकुमार नवोदित, र शुभलक्ष्मी लम्सालले विराटनगर-६ स्थित श्री एभरेष्ट इङलिस् बोर्डिङ स्कुलमा कवितावाचन र अन्तरक्रिया गरेका थिए । कार्यक्रममा विद्यार्थीबीच कविता प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा विद्यार्थीहरु भेषराज पोखरेल, दीपिका कट्टेल र मनमोहन कुमार राउत क्रमशः प्रथम, द्वितीय र तृतीय भइ पुरस्कृत भएका थिए ।

प्राज्ञ तथा समालोचक अनिरुद्र तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष ज्योति जंगल, समालोचक हरि प्रसाद बराल, पत्रकार महासंघ मोरङका काबा सभापति विक्रम निरौला  र विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बोलेका थिए । साहित्यिक कार्यक्रमको संचालन कवि गंडकीपुत्रले गरेका थिए ।

साइलिबरी चियाबारिमा (टंक वनेम)
Peeping Nawaraj Subba in the middle path

Leave a Comment