“विद्यालयमा कविता” श्रृंखला २ सम्पन्न

असार ११, २०६७ विराटनगर । श्री मोतीराम राष्ट्रिय साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित  “विद्यालयमा कविता” श्रृंखला २ हालै सम्पन्न भएको छ । कविहरु नवराज सुब्बा, मधु पोखरेल, मीनकुमार नवोदित, र शुभलक्ष्मी लम्सालले विराटनगर-६ स्थित श्री एभरेष्ट इङलिस् बोर्डिङ स्कुलमा कवितावाचन र अन्तरक्रिया गरेका थिए । कार्यक्रममा विद्यार्थीबीच कविता प्रतियोगिता पनि गरिएको थियो । प्रतियोगितामा विद्यार्थीहरु भेषराज पोखरेल, दीपिका कट्टेल र मनमोहन कुमार राउत क्रमशः प्रथम, द्वितीय र तृतीय भइ पुरस्कृत भएका थिए ।

प्राज्ञ तथा समालोचक अनिरुद्र तिमिल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष ज्योति जंगल, समालोचक हरि प्रसाद बराल, पत्रकार महासंघ मोरङका काबा सभापति विक्रम निरौला  र विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले बोलेका थिए । साहित्यिक कार्यक्रमको संचालन कवि गंडकीपुत्रले गरेका थिए ।

Similar Posts

  • कृति विमोचन

    भाद्र ३०, २०७३ काठमाडौं । गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।

  • बाणीमा कविगोष्ठी

    असार ४, २०६७, विराटनगर नेपाल । वाणी प्रकाशन विराटनगरमा प्रकाशनको २३० औं श्रृंखला कविगोष्ठीमा दुइ दर्जन कविहरुले आ-आफ्नो रचना वाचन गरे । कविहरु नवराज सुब्बा, मधु पोखरेल, ज्योति जंगल,

  • TU 41st Convocation Day

    TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties in Tribhuvan University took part overwhelmingly in an august gathering  of 41st convocation on Dec 2, 2015, at Dasharath Stadium Kathmandu. Right honourable president of Nepal, Chancellor of TU or prime minister of Nepal and distinguished academicians were present on the occasion.   …

  • ‘जाली माया’ प्रदर्शन र कवितावाचन

    ‘जाली माया’ गजल भिज्युयल विमोचन समारोह: चैत्र १२ गते २०६७ विराटनगर । साहित्यकार नवराज सुब्बाको साहित्यिक-सांगीतिक कार्यक्रम- २०६७ विराटनगरमा सम्पन्न भयो ।

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

Leave a Reply