चीत्कार

चीत्कार- मुक्तकसंग्रह
लेखक -नवराज सुब्बा
प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर ।

कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा केवल वैयक्तिक मुटुको चीत्कार मात्र छैन अचेलका कुर्सीप्रेमी सर्वदलीय नेताहरूले युधिष्ठिरधर्मी बनी हाम्रो नेपाल आमाको अस्मिता बेच्न जूवाको खालमा तिनलाई राखेको दुर्दशा देखेर घुँकघुँक रोक्न असमर्थ आत्माको रोदन पनि छ । म्यानपावर नाउँ गरेको संस्कृति हामी उपर लादिएपछि देखिने नेपालको युवा पुस्ताहीन दुर्गतिलाई उनले यसरी कलात्मक ढङ्गले व्यक्त गरेका छन्—

पढ्ने आँखा अनि देख्ने तारा बिलाए
सुन्ने कान अनि छहरा, पहरा सुसाए
फूल, पात, कोपिलाहरू खोसिएपछि
कविताभित्र आज विचरा चरा टोलाए ।


Preview/Download Click

Similar Posts

  • | |

    चीत्कार-मुक्तकसंग्रह

    परिचय चीत्कार-मुक्तकसंग्रह कवि नवराज सुब्बाद्वारा लिखित मुक्तकसंग्रह, २०६९ सालमा वाणी प्रकाशन, विराटनगरबाट प्रकाशित भएको एक महत्त्वपूर्ण कृति हो। यस पुस्तकमा काव्य विधाका १०१ मुक्तकहरू समावेश गरिएका छन्। मुक्तकहरू चार पंक्तिमा लेखिएका कविता हुन्, जसले एउटा पूर्ण विचारलाई समेट्ने गर्छ। यस संग्रहमा समाजको यथार्थ, व्यक्तिगत भावनाहरू, र राष्ट्रिय चेतनाका विविध आयामहरू झल्किएका छन्। चित्कारको सौन्दर्य र सन्दर्भ…

  • समयको स्वाद

    समयको स्वाद – निबन्धसंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर । निबन्धकार नवराज सुब्बाको यो दोस्रो निबन्धसंग्रह हो । यसभित्र २० वटा संस्मरणात्मक र आधा दर्जन विचारात्मक निबन्ध लेख संग्रहित छन् । समालोचक दधिराज सुबेदीले कृतीको भूमिका लेख्नु भएको छ । सुबेदीले भूमिकामा कृतीको समग्र सार लेख्छन्– भाषिक सरलता, वैचारिक स्पष्टता,…

  • | |

    जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति

    कृति : जनस्वास्थ्य पाटा, बाटा र अनुभूतिविधा : जनस्वास्थ्यसम्बन्धी लेखलेखक : नवराज सुब्बाप्रथम संस्करण : २०६३ बैशाखप्रकाशक : वाणी प्रकाशन विराटनगर नेपाल कृतीभित्र जम्मा ३१ वटा जनस्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा स्वास्थ्य प्रबर्धनात्मक लेखहरू संग्रहित छन् । जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति: समसामयिक स्वास्थ्य चुनौतीहरूको दर्पण जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति एक अद्वितीय पुस्तक हो, जसले जनस्वास्थ्यका विभिन्न आयामहरूलाई व्याख्या गर्दै समसामयिक स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन…

  • | |

    Janaswasthya Abhyas Anubhuti

    कृतीः जनस्वास्थ्यअभ्यास र अनुभव विधाः लेखलेखकः डा. नवराज सुब्बा सर्वाधिकारः लेखकमा प्रथम संस्करणः २०७४ प्रकाशकः श्रीमती चन्चला सुब्बा Preview/Download प्रस्तुत संग्रहभित्र पाँच खण्डमा २० वटा लेखहरू निम्नलिखित शिर्षकमा संग्रहित छन् । खण्ड–क जनस्वास्थ्य कार्यक्रमका अभ्यासहरू १.स्वास्थ्य अवसर र चुनौतीबीच विराटनगर २. सुरक्षित गर्भपतन सेवा ३. निःशुल्क स्वास्थ्य सेवा ४. मातृ शिशु स्वास्थ्यका संवेदनशील पक्ष ५. एच.आई.भी.एडस…

Leave a Reply