चीत्कार

चीत्कार- मुक्तकसंग्रह
लेखक -नवराज सुब्बा
प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर ।

कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा केवल वैयक्तिक मुटुको चीत्कार मात्र छैन अचेलका कुर्सीप्रेमी सर्वदलीय नेताहरूले युधिष्ठिरधर्मी बनी हाम्रो नेपाल आमाको अस्मिता बेच्न जूवाको खालमा तिनलाई राखेको दुर्दशा देखेर घुँकघुँक रोक्न असमर्थ आत्माको रोदन पनि छ । म्यानपावर नाउँ गरेको संस्कृति हामी उपर लादिएपछि देखिने नेपालको युवा पुस्ताहीन दुर्गतिलाई उनले यसरी कलात्मक ढङ्गले व्यक्त गरेका छन्—

पढ्ने आँखा अनि देख्ने तारा बिलाए
सुन्ने कान अनि छहरा, पहरा सुसाए
फूल, पात, कोपिलाहरू खोसिएपछि
कविताभित्र आज विचरा चरा टोलाए ।


Preview/Download Click

Similar Posts

  • Dialogue Between the Sky and the Self by Nawa Raj Subba

    📘 Introduction of the Dialogue between the Sky and the Self by Nawa Raj Subba Dialogue Between the Sky and the Self by Nawa Raj Subba is a spiritual Khandakavya that explores the sacred connection between the soul and the cosmos. Inspired by the Kirat Limbu oral tradition, especially the Tungdunge Mundhum, this poetic work…

  • | |

    जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति

    कृति : जनस्वास्थ्य पाटा, बाटा र अनुभूतिविधा : जनस्वास्थ्यसम्बन्धी लेखलेखक : नवराज सुब्बाप्रथम संस्करण : २०६३ बैशाखप्रकाशक : वाणी प्रकाशन विराटनगर नेपाल कृतीभित्र जम्मा ३१ वटा जनस्वास्थ्यसम्बन्धी जनचेतनामूलक तथा स्वास्थ्य प्रबर्धनात्मक लेखहरू संग्रहित छन् । जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति: समसामयिक स्वास्थ्य चुनौतीहरूको दर्पण जनस्वास्थ्य-पाटा-बाटा-र-अनुभूति एक अद्वितीय पुस्तक हो, जसले जनस्वास्थ्यका विभिन्न आयामहरूलाई व्याख्या गर्दै समसामयिक स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन…

  • मनको मझेरी

    नवराज सुब्बाको मनको मझेरीमा लेख्न लागेको यो मेरो भूमिका अन्तिम हुनसक्छ । अन्तिम नहुन पनि सक्छ । किनभने भोलि नेपाली साहित्यमा नवराजहरू आउलान्, तीनलाई स्वागत गर्न, माला लगाइदिन र नायक बनाउन अवश्य बाध्य हुनुपर्छ भन्ने मलाइ लाग्

  • | |

    जीवन-मेरो-शब्दकोशमा

    कविता संग्रह “जीवन मेरो शब्दकोशमा” बरिष्ठ कवि बैरागी काइँलाको टिप्पणी नवराज लिम्बू सुब्बाको कवितासंग्रह “जीवन मेरो शब्दकोशमा” को पाण्डुलिपि पढ्ने अवसर पाएँ। यो संग्रहमा वि.सं. २०३५ देखि २०६२ सम्म लेखिएका ४७ कविता समेटिएका छन्। सबैभन्दा पहिले, कवि जागिरे जीवन बिताउँदै विभिन्न ठाउँमा पुग्थे। यस क्रममा उनले ठाउँ र परिस्थितिका प्रभावबाट प्रेरित भएर कविता लेखेका छन्।…

  • समयको स्वाद

    समयको स्वाद – निबन्धसंग्रह लेखक- नवराज सुब्बा प्रकाशित मिति २०७० साल- वाणी प्रकाशन विराटनगर । निबन्धकार नवराज सुब्बाको यो दोस्रो निबन्धसंग्रह हो । यसभित्र २० वटा संस्मरणात्मक र आधा दर्जन विचारात्मक निबन्ध लेख संग्रहित छन् । समालोचक दधिराज सुबेदीले कृतीको भूमिका लेख्नु भएको छ । सुबेदीले भूमिकामा कृतीको समग्र सार लेख्छन्– भाषिक सरलता, वैचारिक स्पष्टता,…

Leave a Reply