धन्यवादको माला ! (नवराज सुब्बा)

त्यत्ति बेला कोही नयाँ मानिस आएर परिचय गर्न हात बढायो भने हच्किनु पर्ने अवस्था थियो । चन्दा माग्ने हो या कुनै सहयोग माग्ने हो या त्यस्तै झमेला हुने हो कि भनेर सोच्नु पर्ने अवस्था थियो । एकदिन साँझपख एक अपरिचित युवक मसंग परिचय गर्न मेरो भद्रपुरस्थित डेरामा आयो । कुरा गर्दै जाँदा उनी मेरा गाउँले भाईे रहेछन् अर्थात् ताप्लेजुङ हाङपाङ निवासी जो मेची क्याम्पस भद्रपुरमा एम.ए. नेपाली दोस्रो वर्षा पढ्दै रहेछन् । मैले जागिरको क्रममा आफ्नो गाउँ छाड्दा उनी बालखै थिए, यसैले उनले आफ्नो बूबाको नाम लिए पछि मात्र मैले उनलाई चिने चूडामणि बराइली भनेर ।

मेरो साहित्यिक यात्राको बारेमा अध्ययन गर्ने प्रस्ताव लिएर आएका रहेछन् । उनको प्रस्ताव सुनेर पहिले म अल्मलिएँ । एक छिन स्तब्ध भएँ र झापाको साहित्यिक वातावरणमा मलाई राखेर अर्न्तर्मनमा चियाएँ । ‘श्रद्धाञ्जली एउटी बूढी लिम्बूनीलाई’ शिर्षको निबन्ध र ‘सतारको सम्बोधन’ कविता झापाका स्थानीय पत्रपत्रिकामा छापिए पछि यसले झापामा एक प्रकारको तरङ्ग ल्याएको महसूस म गर्दथें । मैले घुमाउरो पाराले उनलाई सोधें ‘भाइलाई यो विचार कसरी आयो त -‘ उनले स्नातकोत्तर तहमा नेपाली पढाउने प्राध्यापकले सल्लाह दिनु भएको साथै आफ्नै गाउँको एकजना दाईको विषयमा अध्ययन गर्ने पनि इच्छा भएको सुनाए । उनका कुरा सुनेर म भित्रभित्रै एकप्रकारले खुशी भएँ र अध्ययनको लागि सहमति प्रकट गरें । उनको आग्रह अनुरुप आवश्यक सामग्री अर्थात् मेरा कृतिहरू, आवश्यक अन्तर्वार्ता दिएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरें । साथै मैले नै अग्रसर भएर सम्पन्न भए पछि थेसिसलाई केही सयप्रति पुस्तकाकार रूपमा छपाइदिने पनि बाचा गरें ।

मैले कृतिहरू उनलाई दिएको, यसो अन्तरवार्ता दिएको हिजो जस्तो लाग्छ । ख्यालख्यालमा दुइवर्ष बितेछ । कालो कभरमा ब्यान्डिङ गरिएको शिर्ष सहितको थेसिस अर्थात् अध्ययनग्रन्थ मेरो हातमा आज पर्‍यो । उनले माथि गाउँमा मेरा बूबा, आमा, गुरुहरू, गाउँले दौतरी, अभिभावकहरुसंग सोधखोज गरेछन् र मेरा सबल र दुर्बल पक्षहरु समेत केलाएर मेरो साहित्यिक व्यक्तित्व र कृतित्वमाथि एउटा थेसिस तयार गरेछन् जुन देखेर म अहिले दङ्ग छु । अब मेरो काँधमा मैले हिजो आफैले गरेको बाचा पूरा गर्नुपर्ने अवस्थामा आफूलाई पाएको छु ।

जे होस् अहिले भने म, यत्रो श्रोतसाधन अर्थात् समय, श्रम लगाएर विद्यार्थी, मेची बहुमुखी क्याम्पसका प्राध्यापकज्यूहरू लगायत झापाका विद्वानहरूले एकजना र्सजकलाई जुन अध्ययन, विश्लेषण र अभिलेखन कार्य सम्पन्न गर्नु भयो त्यो कार्यको म हार्दिक प्रसंशा, आभार र धन्यवाद टक्र्याउन अत्यन्त जरुरी ठान्दछु । यस क्रममा शोधकर्ता विद्यार्थी चूडामणि बराइली, शोध निर्देशक उपप्राध्यापक श्री शान्तिराम मिश्र, अनुसन्धान प्रमुख सहप्राध्यापक डा. द्रोणकुमार उपाध्याय, विभागीय प्रमुख सहप्राध्यापक श्री कमलप्रसाद गुरागाइँ, र बाह्य परिक्षक श्री जीबनाथ सुबेदीज्यू र मेची बहुमुखी क्याम्पसलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । धन्यवाद !!!

Similar Posts

  • |

    Ganesh Bahadur Rai in Atharai Hangpang

    Dr. Nawa Raj Subba Background of the Village Hangpang village in Taplejung district has now transformed into Hangpang ward under Atharai Triveni Gaupalika of federal Nepal. This village has become the headquarters of neighboring Change, Phulbari, and Nighuradin villages. Saraswati Higher Secondary School locates in the center of Atharai Triveni Gaupalika and is spreading the…

  • |

    साहित्यिक बजार

    डा. नवराज सुब्बा कलात्मक लेखनलाई साहित्य वा सिर्जना भन्‍ने चलन छ । साहित्यमा वस्तुगत लेखन मात्र हुँदैन विषयगत कल्पना पनि हुन्छन् । त्यसो भन्दैमा सोचेका वा लेखेका सबै साहित्य हुँदैनन् । त्यसको लागि साधना पनि चाहिन्छ । अझ साधना मात्र गरेर पुग्दैन सार्थक सन्देश पनि चाहिन्छ । सिर्जना निरपेक्ष र शैली मौलिक हुनुपर्दछ भन्ने मेरो…

  • मुक्कुलुङ अर्थात् पाथिभरा देवी

    डा. नवराज सुब्बा —– पाथिभरा नाम लिनासाथ जो कोहीको मन कुम्भकर्ण हिमालको काखमा अवस्थित अग्लो पहाडमा स्थापित देवीको मन्दिरमा पुग्दछ । म यसको प्राचीन पृष्ठभूमि अलिकति कोट्याउन चाहन्छु । फक्ताङलुङ अर्थात् कुम्भकर्ण हिमाल फेदको भूभाग किरात लिम्बूको मुन्धुममा पुकारिने देवीदेवताहरूको क्रिडास्थल हो । श्रुतिपरम्परामा आधारित लिम्बूदर्शन मुन्धुममा मुक्कुलुङ नामले हालको पाथिभरादेवी स्थललाई चिनिन्छ । पाथीमा…

  • गुरूहरू सम्झँदै (संस्मरण)

    डा. नवराज सुब्बा ————– हामी गुरूलाई सम्झन्छौं, विहान सम्झन्छौं, साह्रोगाह्रोमा सम्झन्छौं अनि सम्झन्छौं आफूले केही गरेको कुरा देखाउनलाई । एकजना असल गुरू हेडसर गणेशबहादुर राई जो आठराई हाङपाङको सरस्वती माद्यमिक विद्यालयमा वि.स.२०१८ सालदेखि २०३८ साल दुईदशक लामो कालखण्ड प्रधानाध्यापक भएर कुशलतापूर्वक विद्यालय, गाउँ, समाज र देशको सेवा गर्नुभयो, र उहाँले संसारबाटै विदा लिनुभयो । उक्त…

  • |

    मैले देखेजानेको आठराई चाँगे गाउँ

    डा. नवराज सुब्बा हामी जैविक, भौगोलिक आधारमा मात्र नभएर विचार, बिम्ब र स्वैरकल्पनाले एक अर्कासित गाँसिएका रहेछौं । इतिहास र संस्मरण सामाजिक जीवन र मानवीय आयामका ऐना रहेछन् । मिथकीय खोटोले हामीलाई जोडिराखेको रहेछ । यही बिम्वात्मक गुरुत्वर्षणका आधारमा म चागे गाउँको शब्दचित्र कोर्दैछु । आज चाँगेबाट दीपेन्द्र आङबुहाङले चाँगे माद्यमिक विद्यालयको स्मारिकाका लागि शिक्षालाई…

  • |

    नेपाली भाषाको उत्पत्तिको पुनःमूल्यांकन

    खस भाषिक मूल र पूर्ववैदिक जातीय अन्तरक्रियाको अध्ययन — डा. नवराज सुब्बा नेपाली भाषालाई खस भाषा पनि भनिन्छ। यस लेखमा नेपाली भाषाको उत्पत्तिको पुनःमूल्यांकन गरिनेछ। नेपाली भाषालाई दिनानुदिन अंग्रेजीकरण र संस्कृतीकरण गरिदैछ। जसले अंग्रेजी वा संस्कृत शब्द नेपालीमा मिसायो उ उति विद्वान मानिने भन्ने गलत प्रचलन र भ्रम फैलिएको अवस्था छ। मलाई घरिघरि झर्रोवादी आन्दोलनको…

Leave a Reply