sam-upma-mundhum-philosophy

Sām-Ūpmā Mundhum Philosophy

eBook

साम उ:प्मा मुन्धुम: आत्मा, उपचार र उपनिवेशविरोधी चिन्तनको एक आदिवासी दर्शन

“साम–उप्मा मुन्धुम दर्शन” हाम्रो लागि समय सान्दर्भिक र अति आवश्यक आवाज हो। यसले किरात लिम्बू संस्कृतिको पवित्र माटोमा गढिएको आदिवासी ज्ञानलाई पुनःस्थापना र पुनर्जीवन दिने प्रयास गर्छ। यो डा. नवराज सुब्बा—एक अनुसन्धानकर्ता, कवि र सांस्कृतिक दार्शनिक—द्वारा प्रस्तुत गरिएको बौद्धिक तथा आध्यात्मिक आव्हान हो।
यस दर्शनको आधारभूत अवधारणा हो—व्यक्तिको “साम” (प्राण वा चेतनाको सार) छुट्टिएपछि पीडा उत्पन्न हुन्छ। लिम्बू सृष्टिजगतको सन्दर्भमा “उप्मा” (सातो बोलाउने विधि) केवल अनुष्ठान नभएर गहिरो दार्शनिक अभ्यास हो। मौखिक परम्परा, तत्वदर्शन र जीवनअनुभूतिमा आधारित यस कृतिले आत्मचिन्तन, समुदाय र ब्रह्माण्ड बुझ्नका लागि नयाँ दृष्टिकोण प्रस्तुत गर्दछ।

यसभित्र


यो पुस्तक १२ अध्यायमा विस्तारित छ, जसमा साम–उप्मा प्रणालीको अस्तित्ववाद (ontology), ज्ञानमीमांसा (epistemology), नीतिशास्त्र (ethics) र उपचारत्मक तर्क (healing logic) को विवेचना गरिएको छ। डा. सुब्बाले स्थानीय तथा वैश्विक सन्दर्भमा यस सिद्धान्तलाई सुसम्बद्ध रूपमा प्रस्तुत गर्दै आदिवासी दृष्टिकोण, अन्य दर्शन, अनुसन्धान र मुन्धुम मौखिक गाथालाई आधुनिक मनोविज्ञान, आध्यात्मिकता र उपनिवेश–मुक्त विचारसँग जोड्नुभएको छ।
“साम–उप्मा मुन्धुम दर्शन” केवल एक दर्शन होइन, यो पूर्वजहरूको ज्ञान, पवित्र सन्तुलन र उपचारको अभ्यासलाई पुनःस्थापित गर्न आवश्यक स्मरण हो—जसले हाम्रो वातावरण, समाज र आत्मासँग पुनःसम्बन्ध जोड्ने बाटो देखाउँछ।
यो पुस्तक प्राचीन स्मृतिहरू र आधुनिक व्याख्याबीचको सीमामा यात्रा गर्न चाहने बौद्धिक, खोजीकर्ताहरू र संस्कृतिकर्मीहरूका लागि लक्षित गरिएको छ।

Internet Archive

Publications

Sām-Ūpmā Mundhum: An Indigenous Philosophy of Soul, Healing, and Decolonizing Thought

The Sām-Ūpmā Mundhum Philosophy for us is a timely and much-needed voice that seeks to reclaim and revitalize our indigenous wisdom rooted in the holy soil of the Kirat Limbu culture of the land of Nepal. This is an intellectual and spiritual invocation by Dr. Nawa Raj Subba, a researcher, poet, and cultural philosopher.

Its premise is that misery springs from detaching someone’s sām (soul or living essence). The practice of Ūpmā (soul retrieval) in the Limbu cosmogony is a philosophical endeavor beyond a ritual. Informed by oral tradition, metaphysical investigation, and lived experience, this book presents a new model for understanding one’s self, one’s community, and the universe.

Inside

This work unfolds in ten chapters and discusses the ontology, epistemology, ethics, and healing logic of the Sām-Ūpmā system. Dr. Subba grounds this theory in both local and global settings, deftly combining indigenous viewpoints, other philosophies, research, and Mundhum oral stories into modern debates on psychology, spirituality, and decolonisation.

Sām-Ūpmā Mundhum philosophy is not only a theory; it’s a necessity to remember ancestral knowledge, holy harmony, and healing by re-establishing our connection with the environment, society, and our inner selves.

This book is for academics and seekers as well as cultural intellectuals wishing to wander the boundaries between ancient memory and modern interpretation.

Zenodo

Thuprai

Similar Posts

  • | |

    नेपाली भाषा साहित्य संस्कृति

    आलोचना र अनुसन्धान नेपाली भाषा, साहित्य र संस्कृति: बौद्धिक अनुसन्धानको नयाँ दृष्टि नेपाली भाषा साहित्य-संस्कृतिः आलोचना र अनुसन्धान” पुस्तक नेपाली वाङ्मय, संस्कृति र समाजको गहिरो अध्ययन हो। यस कृतिले केवल भाषा र साहित्यको चर्चा मात्र गर्दैन, बरु तिनका माध्यमबाट नेपाली समाजको बौद्धिक विकास पनि देखाउँछ। त्यसैले, यो पुस्तक नेपाली संस्कृति र साहित्यिक चिन्तन बुझ्नको लागि…

  • जनस्वास्थ्यका सवालहरू

    जनस्वास्थ्यका सवालहरू लेखक नवराज सुब्बा प्रकाशन मिति २०६४ साल । जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत रहँदा अनुभूत गरिएका जनस्वास्थ्यका विभिन्न सवालहरुलाई लेखकले  जनचेतनामूलक ढंगले  लेखहरुमा प्रस्तुत गरेका छन् । विविध आयाम समेट्ने ४९ लेखहरुको संगालोले जनस्वास्थ्यका जल्दाबल्दा सवालसित पाठकलाई साक्षात्कार गराइएको छ । प्रस्तुत संगालोलाई लेखकले विभिन्न कारणबश स्वास्थ्य संस्थामा टेक्नै नपाई स्वास्थ्यकर्मीको मुख देख्नै नपाई…

  • |

    Mundhum-Based Stress Management

    Discover a Home-Grown Solution to Modern Stress Today’s digital glamour brings material wealth. However, it also fuels anxiety, restlessness, and deep loneliness. Moreover, modern medicine often fails to cure our inner turmoil completely. Therefore, we must look to our own soil and ancestral philosophy for the cure. SAAYA: Mundhum-Based Stress Management Dr. Nawa Raj Subba…

  • | |

    जनस्वास्थ्यका-सवालहरू

    जनस्वास्थ्यका-सवालहरू: जनचेतना र स्वास्थ्य प्रबर्धनका लागि मार्गदर्शक पुस्तक विधा: लेखलेखक: नवराज सुब्बासंस्करण प्रथम: २०६४पुस्तकमा संग्रहित लेखहरू: ४९ परिचय जनस्वास्थ्यका-सवालहरू नवराज सुब्बाद्वारा लिखित, जनस्वास्थ्य र जनचेतना सम्बन्धी ४९ लेखहरूको संग्रह हो। यो पुस्तक जनस्वास्थ्यका विविध पक्ष, स्वास्थ्य समस्याहरू, तिनका समाधान, र स्वास्थ्य नीति तथा कार्यक्रमहरूको बारेमा गहन जानकारी दिन्छ। यसले साधारण पुस्तकका मुख्य विषयवस्तुहरू यस पुस्तकमा…