|

Bahar Sanga

Bahar Sanga

५ हाम्रो पहिलो पाइला

हाम्रो पहिलो पाइला चार दिवालले नरोक
सुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक ।

कलिला हाम्रा हातमा कलम कापी थमाऊ
निर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँ
बाआमाको यो सजाय हामीलाई नदिइयोस्
यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् ।

हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौं
फूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौं
हाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछ
उज्यालो हाम्रो विपना सूर्यझैं झल्मलाउँछ ।

(शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग)

Similar Posts

  • |

    Yo Jyanko Maya

    ८ यो ज्यानको माया के माया यो ज्यानको माया के मायाजन्मेको भूमि ठूलो रैछहिमाली छाया देशको मायापरन्तुसम्म लाग्दो रैछ । तम्बरैखोला बाढी आयोमाटोको माया उर्ली आयोपरदेशै आए पुलै तरीगाउँघरको मायाँ गाठै पारी । यो मनले आज सम्झिल्याउदाकर्मैले ल्यायो विदेशैमालुङ्ङाज्यू पालाम सम्झिल्याउँदाफर्कि म आउला स्वदेशैमा । (शब्द रचना, संगीत तथा स्वर नवराज सुब्बा, एल्बम देशको माया) 

  • |

    Sakchhi Chhaina Praman Xaina

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ३ साक्षी छैन प्रमाण छैन साक्षी छैन प्रमाण छैन उजुर गर्ने ठाउँ छैन कता कता भौतारिनु नपुगेको गाउँ छैन । स्वागतमा मैले आँखा झिम्म सम्म गरिनछु झुक्किएर आगनीमा टेक्ने उनको पाउ छैन । च्यातिदिएँ जलाइदिएँ खाएका ती बाचाहरू कत्ति सारो निथ्रिएँछु अब कतै जाउँ छैन । तिम्रो यादमा के…

  • Nepali Gazal Songs

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…

  • |

    Simalako Bhuwa

    ४. सिमलको भुवासरी सिमलको भुवासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । मन पुग्छ रनवन सङ्गी डाक्दै होला वनपाखा झुत्ताझुत्तै काफल पाक्यो होला काटिएको चङ्गासरी उड्छ मेरो मन खस्नु कहाँ बस्नु कहाँ छैन ठेगान । कुहिरोले बाटो ढाक्यो घाम–जून लुक्यो खोली पङ्ख उड्नु पर्ने बतासैले छेक्यो झरनाको पानीसरि झर्छ मेरो मन खस्नु…

  • |

    Ae Bahar

    १ ए ! बहार ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छआँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेनजलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिनबनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)

  • |

    Geet Gau Ekatako

    (२) एकताको गीत गीत गाऔं एकताको गीत गाऔं वीरताको हे ! पराक्रमी नेपाली लौ नाचौं राष्ट्रियताको । स्वतन्त्रता हाम्रो गीत जनताको सदा जीत जोगाउछौं हाम्रो हित कर्मसित राम्रो प्रीत । अनेकतामा एकता भावनामा पवित्रता पहिचान विविधता उर्बरता सुन्दरता । (गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)