|

भाइरल ज्वरो सम्बन्धी महत्वपूर्ण तथ्यहरू – नवराज सुब्बा

१. विषयप्रवेश
सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएञ्जा रोगलाई भाइरल ज्वरो, रुघामर्घी वा रुढी वा फ्लू भनेर पनि चिनिन्छ । तर कहिलेकाहीं यसले घरपरिवारका धेरै सदस्यलाई, विद्यालय वा छात्रावासका धेरै विद्यार्थीलाई तथा अस्पताल, कारागार, ब्यारेकजस्ता एकत्रित भएर बस्ने मानिसलाई एकसाथ प्रभावित पार्दछ । जसलाई हामी महामारी भन्दछौं । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०६८/६९ सालमा ३७१४ जनाले इन्फ्लुएञ्जा रोगको उपचार स्वास्थ्य संस्थाहरुमा गरेको तथ्यांक जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा रहेको पाइन्छ । उक्त तथ्यांक हेर्दा वर्षैभरि यो रोग देखिएता पनि वैशाक देखि भाद्र महिनासम्म यो रोगको विरामीदर बढी देखिन्छ ।

२. भाइरल इन्फ्लुएञ्जा भनेको के हो ?
एक्कासी प्रारम्भ हुने ३९ डिग्री से. भन्दा बढीको ज्वरो, श्वासप्रश्वास संक्रमणका लक्षण, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा हामी त्यस व्यक्तिलाई इन्फ्लुएञ्जा वा भाइरल इन्फ्लुएञ्जा भएको भन्दछौं । कडा घाम र पानी पर्ने मौसममा यसले प्रायः प्रकोपको रूप लिने गरेकाले यसलाई हामी मौसमी इन्फ्लुएञ्जा पनि भन्ने गर्दछौं ।

३. यो रोग कसरी लाग्छ ?
यो रोग भाइरस वा विषाणुका कारणबाट हुन्छ । जसलाई इन्फ्लुएञ्जा भाइरस भन्दछौं । यो भाइरस तीनप्रकारको हुन्छ– ए, बी, र सी । इन्फ्लुएञ्जा ए र बी भाइरसबाट यो रोग लाग्दछ ।

४. यो रोग कसरी सर्छ ?
हाच्छिऊ गर्दा, खोक्दा मुख र नाकबाट निस्कने मसिना थूक, ¥याल, सिंगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ । यसका साथै विरामीसित हात मिलाउँदा, विरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि रोग सर्दछ ।

५. यो रोगको लक्षण के के हुन् ?
यसका मुख्य लक्षणहरुमा एक्कासी ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु हुन् । यसका साथै हाच्छिऊँ आउनु, नाकबाट पानी आउनु, टाउको दुख्नु, मांसपेशी दुख्नु, हाडजोर्नी दुख्नु र आलस्य लाग्नु हुनसक्छ । यसका साथै बालबालिकामा वाकवाकी लाग्ने वा वान्ता आउने, पेट मडारिने, झाडापखाला जस्ता लक्षणहरु पनि देखा पर्दछन् ।

६. यो रोग लागेमा खतरनाक चिन्हहरु के के हुन् ?
छिटोछिटो स्वास फेर्नु, छाती दुख्नु, रगत वान्ता हुनु, शरीर निलो हुनु, उच्चज्वरो आई शरीर कम्पन हुनु, बोली लरबराउनु र बालबालिकामा झाडापखाला भएर जलवियोजनका लक्षणहरु देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा उपचार गर्नु पर्दछ ।

७. संक्रमण नियन्त्रण गर्ने उपायहरु
यो रोग फैलिएमा नियन्त्रण गर्ने चार प्रमुख उपायहरु छन् । पहिलो हो खोक्दा हाच्छिऊँ गर्दा रुमाल वा रुमाल नभएको अवस्थामा आफ्नो पाखुराले नाक, मुख छोप्ने । दोस्रो, बारम्बार हात धुने र हात सफा राख्ने । तेस्रो, विरामी मानिससित कुरा गर्दा कमसेकम एक मीटरको दुरीमा बस्ने । चौथो, रोगीलाई रोग निको नभएसम्म बेग्लै राख्ने ।

८. घरमा सामान्य लक्षणहरुको व्यवस्थापन
यो रोग लाग्दा देखा पर्ने सामान्य लक्षणहरु जस्तै ज्वरो आउनु, थकान लाग्ने, जीऊ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने आदिको व्यवस्थापन घरैमा गर्न सकिन्छ । यसको लागि तातो पानीको वाफ लिने, नूनपानीले कुल्ला गर्ने जस्ता घरेलु उपचार गर्न सकिन्छ । ज्वरो र जीऊ दुखाई कम पार्न पारासिटामोल पनि दिन सकिन्छ । इन्फ्लुएञ्जा भई ज्वरो आएको वा झाडापखाला भएको व्यक्तिलाई प्रशस्त मात्रामा झोल खानेकुरा दिएर जलवियोजन हुनबाट जोगाउनु पर्दछ । विरामीलाई साविक बमोजिमको खानेकुराका अतिरिक्त थप पोषिलो खानेकुरा तथा झोलिलो खानेकुरा पनि खुवाउनु पर्दछ । आमाको दूध खाने बालक भएमा साविक भन्दा बढी मात्रामा दूध चुसाउनु पर्दछ ।

९. कस्तो अवस्थामा स्वास्थ्य संस्थामा जाने ?
इन्फ्लुएञ्जाका सामान्य लक्षणहरुको घरमै उपचार गर्न सकिए पनि कहिलेकाहीं जटिलता देखिएर स्वास्थ्य संस्थामा लगेर उपचार गर्नु पर्दछ । उच्च जोखिममा रहेका समूह जस्तै गर्भवती महिला, बालबालिका, बृद्ध व्यक्ति, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुको निगरानी निकटताबाट गरिनु पर्दछ । कसैमा पनि निमोनिया वा ब्रोङ्काइटिसका लक्षण, चिन्ह देखिएमा, कडा जलवियोजन भएमा वा व्यक्ति गम्भीर रुपले विरामी भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्दछ । सास फेर्न गाह«ो हुनु, चाँडो चाँडो सास फेर्नु, ओठ र अनुहार निलो देखिनु, खोकीमा रगत देखिनु, बोल्न नसक्नु वा अरुले बोलेको नबुझ्नु, छाती बेस्सरी दुख्नु, कम्पन हुनु, राम्रो भएर फेरि रोगले च्याप्नु जस्ता लक्षणहरु खतराका चिन्हहरु हुन् । दुई महिनाभन्दा साना नानीहरुमा इन्फ्लुएञ्जा भएमा वा इन्फ्लुएञ्जा भएको कुनै व्यक्ति सिकिस्त विरामी भएमा त्यो पनि खतराको निशानी हो ।

Word मा डाउनलोड गर्न परेमा  Click

Similar Posts

  • मोरङमा हात्तीपाइले अभियान

    हात्तीपाइले निवारण अभियान अन्तर्गत मोरङ जिल्लामा माघ २१, २२ र २३ गते आमरुपमा औषधी खुवाउने कार्यक्रम सम्पन्न भयो । ग्रामीण क्षेत्रमा ७० प्रतिशत र नगरपालिका क्षेत्रमा ३० प्रतिशत लक्षित समूहले औषधी खाएको प्रारम्भिक अनुमान छ । ९ लाख जना मानिसलाई औषधी खुवाउने लक्ष्य राखिएकोमा सो को प्रतिवेदन जिल्लामा प्राप्त हुन २ हप्ता लाग्ने जिल्ला जनस्वास्थ्य…

  • |

    एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

    डा. नवराज सुब्बा आकस्मिक रूपमा चाहिने एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको महत्वपूर्ण सहायक सेवा हो । यातायात पुगेका स्थानमा आजकल समुदायस्तरबाट समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ गाउँमा खुलेका सहकारी, अस्पताल तथा सामाजिक धार्मिक संघ संस्थाहरूले पनि एम्बुलेन्स सेवा संचालन गरेर सेवा दिन थालेका छन् । तर यही अत्यावश्यक एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय आज ढुक्क…

  • Swine Flu Border Screenings Relaxed

    15 Oct. 2009, District Public Health Office Jhapa has stopped screening of visitors for Influenza A H1N1 which was started from July 2009 at Kakarvitta Jhapa. After indigenous cases of Swine Flu detected in Chitwan, Department of Health Services Kathmandu circulated guidelines and the Health Desk has been closed, said DPHO official. Awareness campaign and trainging on Swine flu for health workers are being conducted in Jhapa.

  • Disagree with the Evaluation Process

    All focal persons expressed disagree on the currently published ‘Programme Performance Evaluation (FY 2066/67)’ of MoHP. Today in a meeting held at DPHO Morang, supervisors said the evaluation process is unscientific and biased. HMIS focal person showed the pieces of evidence that they have sent all reports by e-mail in time except one month (1…

  • Interaction on Health Care Services

    मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो । जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त…

Leave a Reply