Interaction on Health Care Services

मंसिर १८, २०६९ विराटनगर । अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजनामा नागरिकको स्वास्थ्य अधिकारमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रियामा स्वास्थ्य नीति र कार्यान्वयन स्थिति विषयमा कार्यपत्र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख नवराज सुब्बाले प्रस्तुत गरे पछि जिल्लाका स्वास्थ्य सम्बन्धी विविध सवालहरुमा गहन छलफल तथा अन्तरक्रिया भयो ।

जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा दुई घण्टा तय गरिएको उक्त कार्यक्रम साढे तीन घण्टाभन्दा लामो भएको थियो । इन्सेकका क्षेत्रिय संयोजक श्री सोमराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री तारानाथ गौतम, इन्सेकका अध्यक्ष श्री सुबोध प्याकुरेल, मानव अधिकार आयोगका क्षेत्रिय कार्यालयका प्रमुख श्री कोषराज न्यौपाने, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा तथा संचारकर्मीको उपस्थिति रहेको थियो ।

Similar Posts

Leave a Reply