Dental Health Camp at Rural clusters organized by Forest Committees in collaboration with governmental organizations.

दाँतसम्बन्धी शिविर: असोज १०, २०६८ विराटनगर ।

मोरङ, पथरी–९ बोक्रेचोकमा एकदिने दन्त शिविरको आयोजना गरियो । डा. सुधिर श्रेष्ठ र डा. सफल ढुङ्गेल सम्मिलित टोलीले १५० जना बढीको दाँत परीक्षण तथा उपचार गरेको छ ।

चौतारी सामुदायिक वन समूह, सुन्दर सामुदायिक वन समूह, टोखाली सेवा समाज, र पथरी उपस्वास्थ्य चौकीको आयोजना तथा कोशी अंचल अस्पताल र स्वास्थ्य सेवा विभागको सहयोगमा आयोजित शिविरलाई समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बा र चौतारी सामुदायिक वनका अध्यक्ष तथा सभापति रत्नबहादुर बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

उद्घाटन कार्यक्रममा चौतारी सामुदायिक वनका अध्यक्ष तथा सभापति रत्नबहादुर बस्नेत, टोखाली सेवा समाजका कृष्ण आचार्य, डा. सुधिर श्रेष्ठ र पथरी उपस्वास्थ्य चौकी ईन्चार्ज मुरारी आचार्य लगायतले बोल्नु भएको थियो ।

मन
छेपारो

Leave a Comment