माघ २९, २०६९ विराटनगर ।
मोरङ शनिश्चरे स्थित भुटानी शरणार्थी शिबिरमा हात्तीपाइले बिरुद्धको औषधी खुवाउने कार्यक्रम आज हुँदैछ । शिबिरका चिकित्सक डा. मल्लिका शाक्य र सि.एम.सि. चम्पासिंह राईलाई जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुखले औषधी खुवाए पछि औपचारिक रुपमा हात्तीपाइलेको औषधी आम वितरण कार्यक्रम प्रारम्भ भएको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका डा. कृष्ण शाहले हात्तीपाइले रोग र अभियानको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त शिबिरमा कार्यक्रमको संयोजन शिबिरका तर्फबाट डा. शाक्य र जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट पथरी र शनिश्चरे उपस्वास्थ्य चौकीका इञ्चार्जहरु क्रमसः श्री मुरारी आचार्य र श्री टीका लिम्बूले गर्नु भएको छ । शिबिरमा ६ हजार भन्दा बढीले औषधी खाने योजना रहेको पनि बताइएको छ ।

चरा, तिर्खा, पानी र शहर
Support for Rehabilitation in Biratnagar Nepal

Leave a Comment