एकल कवितावाचन र नवराज सुब्बाको प्रतिबिम्ब
"आफ्नो भाग्य आफै लेख्ने बेला आएको छ" र "नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली" जस्ता ऐतिहासिक कालखण्डमा रचित गीतहरु र साहित्यकार नवराज सुब्बाको बिभिन्न अन्तरवार्ताको भिज्युअल …
"आफ्नो भाग्य आफै लेख्ने बेला आएको छ" र "नेपाली नेपाली हामी नेपाली मधेसी होस् वा जनजाति हामी नेपाली" जस्ता ऐतिहासिक कालखण्डमा रचित गीतहरु र साहित्यकार नवराज सुब्बाको बिभिन्न अन्तरवार्ताको भिज्युअल …
HIV/AIDS District Profile of Morang 2013 Annual Report of District Public Health Office, Morang FY 2069/70 Population Profile of Morang 2070 Annual Report of District Public Health Office, Morang FY…
लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानी
कवि,गीतकार तथा गायक नवराज सुब्बा हाङपाङ आठर्राई जिल्ला ताप्लेजुङमा जन्मनु भएको हो । उहाँले एम.ए. (नेपाली), एम.पी.एच (जनस्वास्थ्य) शिक्षा ग्रहण गरिसक्नु भएको छ भने विद्यावारिधि गर्ने क्रममा हुनुहुन्छ ।जीवन मेरो शब्दकोशमा -कवितासंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,जनस्वास्थ्य पाटा, बाटा र अनुभूति -लेखसंग्रह, वाणी प्रकाशन, बिराटनगर, २०६३,राजबंशी समुदायको स्वास्थ्यस्थितिको अध्ययन, स्वास्थ्य सुधार कार्यक्रम लगायत जनस्वास्थ्य क्षेत्रका अध्ययन अनुसंधान सम्बन्धी ६ वोटा पुस्तकहरू प्रकाशित भैसकेका छन् ।वाणी प्रकाशन विराटनगर, नवरङ्ग साहित्य प्रतिष्ठान झापा, नेपाली भाषा एवम् ब्याकरण संरक्षण प्रतिष्ठान विराटनगर, नाट्येश्वर नृत्यकला प्रशिक्षण केन्द्र विराटनगर, किराँत याक्थुङ चुम्लुङ विराटनगर, नेपाल रेडक्रस, स्वाजन साहित्यिक समाज काठमाडौ, नेपाल जनस्वास्थ्य संघ, नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा समेत संलग्न हुनुहुन्छ ।गोरखादक्षिणबाहु, विज्ञान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित खुला रेडियो क्वीज प्रतियोगिता तथा पूर्वान्चल क्षेत्रिय स्तरको निवन्ध प्रतियोगिता साथै अन्तर्राष्ट्रिग वेवक्याम कविता गोष्ठिमा प्रथम पुरस्कार समेत ग्रहण गरिसक्नु भएको छ ।उनै बहुप्रतिभाशाली ब्यक्तिसंग लिम्बुवान ब्लगर टंक सम्वाहाम्फेले गर्नु भएको कुराकानीको अंश पाठकहरुको लागि प्रस्तुत गरिएको छ ।
टंक सम्वाहाम्फे १.घरयासी काम, जागीर र लेखनलाई कसरी तालमेल मिलाई रहनु भएको छ ?
नवराज सुब्बा: म प्राथमिकताका आधारमा समय व्यवस्थापन गर्दै काम, जागिर र लेखनको तालमेल मिलाउँछु । मेरो हालको प्राथमिकता राष्ट्रसेवा अर्थात् जागिर हो त्यसबाट बचेको समय लेखन अर्थात् सिर्जनामा उपयोग गर्छु ।
टंक सम्वाहाम्फे २.लेखन क्षेत्रतिर लाग्नुमा कसैको प्रेरणा छ कि ? लेखन क्षेत्र नै रोज्नुको प्रमुख कारण के हो ?
नवराज सुब्बा: प्रथमतः लेखनमा प्रेरणा दिने मेरो मन नै हो । मनले मलाई चूप लागेर बस्न दिँदैन । सामाजिक दायित्व अर्को महत्वपूर्ण प्रेरणाको श्रोत हो । मलाई जन्म दिने हुर्काउने जगत र मानवजातिलाई मैले पनि केही गरेर मात्र मर्नुपर्छ भन्ने दायित्वबोध अनि धरतीको धुकधुकी अर्थात् देशको पुकार मेरो लेखनका प्रेरणा हुन् । (more…)
डा. गोविन्दराज भट्टराई प्रमिथस महाकाव्यको आरम्भमा महाकविले पुकारेका छन्— हे युनानी शारदे ! सर्वप्रथम त तिनी प्रत्येक मानवलाई वाणी दिन उभिएकी छन्, त्यसपछि मात्र विद्या, बुद्धि र चेतना रश्मी सल्काउनलाई…
सन्दर्भ– राष्ट्रिय खोप दिवसः २८ चैत्र २०६६ (नवराज सुब्बा)
पोलियोको पूरा मात्रा पाईसकेको बालबालिकाले वर्षेनी मनाइने राष्ट्रिय खोप दिवसमा पोलियो थोपा थप खुवाउन पर्ला कि नपर्ला ? थप खोप खुवाउँदा बच्चालाई नराम्रो असर पर्ला कि ! (more…)