बिर्खेको दशैं

यो दुनियाँमा
दुःख दिनेबाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबैसबै दुःखै दिने चीज
मात्र त हुन् नि मेरा निम्ति
मलाई खुसी बाँड्ने
सेतो हिमाल छ
जो मलाई उभिन सिकाउँछ
कहिल्यै नरिसाई सधैं
हाँस्न सिकाउँछ
मलाई

झरी र रित्ता गाग्रीहरू

‘हरहर महादेव पानी देऊ देऊ
यत्तिले पुगेन अलि थपिदेऊ’ भन्दै
रित्ता गाग्रीहरूको जुजुस हिड्यो सडकमा
कैलाशमय कान छिचोल्न
गगनभेदी बन्दूक पड्काइयो
र मागियो झरी यसपाली खडेरीमा

प्रस्ताव

तिम्रो न्यानो छातीमा बिसाएका मेरा सपनाहरू बसन्तमा फुल्ने फूलहरू हैनन् जसलाई शिशिरले झार्न सकोस् लालुपाते र बाबरी होइनन् माया जो वर्षैपिच्छे टिप्न सकियोस्

परदेशीको सपना

मनमा बिछ्याएर उनेका मायाका पोतेहरू तिम्रो गलामा बिसाएर तिमीसँग बिदा माग्दा धेरै बेर रोएथ्यौ तिमी सपनीमा अहिले ब्यूँझेर हेर्दा पो देखें तिमीले मेरो छातीमा झारेका आँसुहरू मेरै सिरानीमा झरेछन्

ओठ, खुशी र कविता

तिमीले मलाई एकान्तमा सोध्यौ भन कता चुमौं ? मैले ओठ दिएँ केही छिन चुमेर तिमीले फेरि सोध्यौ भन अब कहाँ चुमौं ?...