निबन्ध लेख

Essays and article on contemporary issues in Literature and social issues.

तेह्रथूमको सम्झनामा… (नवराज सुब्बा)

म तेह्रथूम जिल्लामा जन्में र ताप्लेजुङ जिल्लाबाट चिनिएँ । २०३२ सालमा तेह्रथूम जिल्लाका ८ गाविस (पंचायत) अर्थात् आठराइका ५ पंचायत ताप्लेजुङमा गाभिए पछि हामी हाङपाङवासी एकाएक ताप्लेजुङवासी भयौं

तेह्रथूमको सम्झनामा… (नवराज सुब्बा) Read More »

स्रष्टालाई सलाम (नवराज सुब्बा)

मलाई जीवनमा सारै नराम्रो लागेको क्षण मध्ये एउटा क्षण थियो- वरिष्ठ कलाकार तथा संगीतकार भक्तराज आचायको जीब्रो काटिएको समाचार । लेखकको औंला काटिनु र गायकको जीब्रो थुतिनुमा के नै फरक छ र ! तर कहिलेकाहिँ अखवार पढ्दा आनन्द पनि आउँछ । आज बिहानको चियासितै जब मेरा आँखा भक्तराज आचार्यलाई लाइफटाइम एचिभमेण्ट एवार्ड दिइएको समाचारका हरफमा

स्रष्टालाई सलाम (नवराज सुब्बा) Read More »

स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा)

स्रष्टालाई प्रविधिले पाठक, दर्शक र श्रोतासामु पुर्‍याएको छ । प्रविधिमैत्री हुन नसकेर आज पाठकलाई मात्र हैन धेरै स्रष्टालाई प्रविधि चुनौति भएको छ । तर यसले स्रष्टा र पाठक दुवैलाई अवसर पनि थपि दिएको छ । अत्यन्त द्रुतगतिमा विकसित भएको सूचना प्रविधिका साथ लागेर आज धेरै स्रष्टाहरू उन्नतीको भर्‍याङ उक्लिरहेछन् र सजिलै विश्वव्यापी भइरहेका छन् । स्रष्टाहरूका

स्रष्टा र सञ्चारको सम्बन्ध (नवराज सुब्बा) Read More »

कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा)

आयोजकद्वारा निकै अघि देखि नै मेरो समय मागिएको थियो, गाउँमा आयोजना गरिने एक कार्यक्रममा उपस्थितिको लागि । युरोपियन युनियन, ब्रिटेन नेपाल मेडिकल ट्रष्ट र बाल समाज नेपाल नामक सँस्थाहरुले मोरङ जिल्लामा द्वन्द्व प्रभावित बालबालिकाहरुलाई

कोपिलामा लागेका युद्धका घाउहरू (नवराज सुब्बा) Read More »

नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा)

अचानक एउटा कार्यक्रमको निम्तो आयो । २१ अगष्ट २०१० का दिन श्री साझा प्रकाशन काठमाडौं र भारत पश्चिम बंगाल स्थित मतिगढा गोर्खा सेवा परिषद सिलिगुरीको सहआयोजनमा नेपाल र भारतका केही साहित्यकारहरूबीच सानो भेटघाट कार्यक्रम बनाइएको रहेछ । साझा प्रकाशन संचालक समितिका सदस्य अनिल पौडेलको निम्तोका दिन शनिवारको विदा परेकाले यसपालिको विदामा भारतीय नेपालीभाषीहरूसंग बिताउने निश्चयका

नेपाली भाषाको गुरुत्वाकर्षण (नवराज सुब्बा) Read More »

धन्यवादको माला ! (नवराज सुब्बा)

त्यत्ति बेला कोही नयाँ मानिस आएर परिचय गर्न हात बढायो भने हच्किनु पर्ने अवस्था थियो । चन्दा माग्ने हो या कुनै सहयोग माग्ने हो या त्यस्तै झमेला हुने हो कि भनेर सोच्नु पर्ने अवस्था थियो । एकदिन साँझपख एक अपरिचित युवक मसंग परिचय गर्न मेरो भद्रपुरस्थित डेरामा आयो । कुरा गर्दै जाँदा उनी मेरा गाउँले

धन्यवादको माला ! (नवराज सुब्बा) Read More »

जति माया लाए पनि… (नवराज सुब्बा)

“जति माया लाए पनि जति कसम खाए पनि…” बोलको गीत लोकप्रियताको शिखरमा थियो । जुन गीत रेडियो नेपालको फर्मायसी गीत कार्यक्रममा हरेक दिनजसो बज्ने गर्दथ्यो । हाम्रा साथीहरुका जीभ्रामा झुण्डेको थियो यो गीत । बाँसुरी बजाउन सिक्ने साथीहरु यहि गीतको बाँसुरीको धूनमा अभ्यास गर्ने गर्दथे ।

जति माया लाए पनि… (नवराज सुब्बा) Read More »