गजल

।। एक ।।

दुई दिनको चोला यो हाँस्नु ठूलो रैछ
सबैभन्दा मुख्य कुरो बाँच्नु ठूलो रैछ ।

कर्मसितै लिनुपर्छ सन्तुष्टिको स्वाद
जीवनलाई गीत मानी नाच्नु ठूलो रैछ ।

मनमनै पखालेर निराशाको स्वाद
तीतो जति निचोरेर फाल्नु ठूलो रैछ ।

प्रेम बाँडे जीवनमा आइरहन्छ स्वाद
मीठो जति अरूलाई बाँडनु ठूलो रैछ ।

लुकेको रहर एल्वम सार्वजनिक

हालै एक समारोहका बीच गजलकार नवराज सुब्बाको 'लुकेको रहर' नामक गजल एल्वमको विमोचन भएको छ । अथक प्रयास र लामो मेहनतसाथ प्रकाशित नयाँ गजल एल्वममा नरेन्द्र प्यासी, माण्डवी त्रिपाठी, अन्जु पन्त, शिशिर योगी, भीम चापागाई र सुमित खड्का जस्ता गायकले स्वर दिएर र्सार्वजनिक गरिएको 'लुकेको रहर' गजल एल्वम सुन्ने श्रोताहरूकम निकै लोकप्रिय बन्ने विश्वास नवराज सुब्बाले लिनु भएको छ

गजल

खाँदाखाँदै झुक्किएर खसेको गाँस हुँ म सलादमा काटेर राखिएको घाँस हुँ म । झुकाउन खोजेको…