समय

(एक) समयको तालसँगै कति ताला लागे लागे कारखानामा ताला लागे कार्यालयमा लागे बोल्ने मुखमा ताला लाग्ला नि भन्छन् बैरी आफ्ना चाहि खाने मुखमैं भोटे ताला लागे । (दुइ) पाक्न पाक्न लागेको फल टिपेर पिसेर खाए राम्ररी पाक्न दिएनन् अधकल्चै झारेर खाए यसपालि अनिकालले पो मरिन्छ कि गाँठे ! बीऊ नै नराखी इमानको बोटै उखेलेर खाए…

सरकार !

(एक) खेलियो विश्वयुद्ध खुकुरीसित नाँचियो स्वदेशी छातीमा विदेशी तक्मा टाँसियो कहिले होला सुभारम्भ तेस्रो विश्वयुद्धको ? शत्रु हैन आफैलाई नै सिद्याउन आँटियो ! (दुई) बोकायौ बन्दूक काँधमा नपुगेर घाऊ लगायौ आसामी मानेर काँधमा विदेशी ऋण बोकायौ न गरी खायौ न गरी खानै दियौ सरकार ! भन्दाभन्दै परिवन्दले पासपोर्ट र भीसा बोकायौ ।

सुस्केरा

(एक) वहाँको बोलीको कुनै ठेगान भएन बन्दूक र गोलीको पनि ठेगान भएन घरिघरि म्याद थपेको देख्दा, संविधान आउने भोलिको पनि ठेगान भएन । (दुई) घरमा आगोको सारै भर थिएन अब पानीको पनि कुनै भर भएन झर्ला र खाउँला भन्दाभन्दै, संविधान कुर्दाकुर्दै शान्तिपूर्वक सुत्ने घर भएन ।