‘म एउटा च्यातिएको पोष्टरभित्र’ कवितामा बानिरा गिरी । (टिप्पणी)
डा. नवराज सुब्बा
म मान्छे !
च्यात्तिएका वाक्यका टुक्राहरुका
पटक–पटक बेग्ला–बेग्लै अर्थ नलगाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।
अगेनाको छेउबाट
मीनपचासको ढिकीमा
एउटा बूढा
नाति–नातिनासंग लोककथा भन्छ ।
पारोहाङ र लेप्मुहाङ ओर्लन्छ
बूढाका आँखाहरुमा मानौं उ स्वयं
एउटा शिव एउटा युगको
र सतिदेवीलाई उसले हराइसकेको छ
दक्षको यज्ञमा ।
[…]
(‘म एउटा च्यातिएको पोष्टरभित्र’ वानिरा गिरी, साझा कविता, २०४९, पृ.३४०)
साझा प्रकाशनद्वारा (२०४९ पाँचौं प्रकाशनमा) प्रकाशित कवि वानिरा गिरीको प्रस्तुत कविता पढेर मैले आज कविताको धित मार्ने कोशिस गरें । सर्वप्रथम कविताको पहिला चार हरफले दिल छोयो म मन्त्रमुग्ध भएँ । त्यसपछि पढ्दै जाँदा पारोहाङ र लेप्मुहाङ एवम् शिवको बिम्बात्मक प्रस्तुतिले मलाई नतमस्तक बनायो । समयको प्रवाहमा छट्पटिएको मेरो मन एकछिन भए पनि शान्त भयो । कविले कवितामा जसरी एक बूढालाई शिवको रुपमा देख्नु भएको छ मैले पनि मेरो मन शान्त पारिदिने कविलाई मेरो अघि फलाकिरहेकी वा नाचिरहेकी फेदाङ्मा वा यूमाको रुपमा प्रकट भएको देखें । फेदाङ्माले देवात्माको आवाज मानव मनमा सार्ने काम वा सन्देशको रुपमा दिने काम गर्दछिन् । उनी त्यसबेला साक्षात देव वा देवीको रुपमा प्रकट भएको उनका वरिपरि जोखाना हेर्ने दर्शक वा कविता सुन्ने पाठकले विश्वास गर्दछन् । भनिन्छ, फेदाङ्मालाई शरीरमा देवता चढ्नु पर्छ । उसैगरी कविलाई पनि कविता फुर्न उसको शरीरमा कुनै शक्तिको प्रवेश हुन्छ भनेर स्वयम् कवि बताउँछन् । तर आफूलाई कवि ठान्ने कतिपय आधुनिक कविहरु पण्डित वा पुरोहितसंग तुलना गरेको सहन्छन् तर फेदाङ्मा, धामीझाक्रीसित तुलना गर्दा अपमानित भयो भनेर रिसाउँछन् ।
ख्याल गरौं, प्राचीन गुफामा कुँदेका चित्रलाई ब्याख्या गर्नलाई या त मानवशास्त्री चाहिन्छ या त धामीझाक्री नै चाहिन्छ भनेर आधुनिक विज्ञानले स्वीकार गरेको छ । धामीझाक्रीमा यस्तो शक्ति हुन्छ जसले मानवचेतनाको गहिरोभन्दा गहिरोतह अर्थात् बुझ्ने भाषामा आत्मामा प्रवेश गर्दछ । उसले जीवन र जगतको ब्याख्या मजाले गर्नसक्छ भलै त्यो व्याख्या आ–आफ्नै ढंगको किन नहोस् । करिव कवि पनि त्यस्तै हो जीवन र जगतको क्लिष्ट समाजको किरिङ–मिरिङ अस्पष्ट जीवनयात्रालाई कविले मजाले नियाल्न सक्छ र आफ्नै पाराले ब्याख्या गर्दछ । एउटा अमूर्त चित्रको अर्थ एउटा कलाकार र कविले गर्न सक्दछ ।
‘मान्छे हराएको देश’ भित्र कवि कृष्ण पहारीलाई खोज्दा
– डा. नवराज सुब्बा
—
(क) पृष्ठभूमि
साहित्य अमर छ । साहित्यकारको भौतिक शरीर नरहे पनि उनका लिखित अनुभूति, स्वाद, आग्रह र सन्देश सधैं जीवित रहन्छन् । नेपालको एक ऐतिहासिक तथा सुन्दर जिल्ला पाल्पा निवासी कवि कृष्ण पहारीलाई म ‘स्वर्गीय’ शब्दले सम्बोधन गर्न त्यसैले चाहन्न । उनीसंग मेरो देखभेट कहिल्यै भएन । कुराकानी त भयो तर फोनमा, फेसबुकमा, म्यासेञ्जरमा मात्र । उनले केही वर्ष अघि मलाई उनको प्रकाशित कवितासंग्रह ‘मान्छे हराएको देश’ समीक्षार्थ कुरीयर मार्फत् पठाएका थिए । उनीसंगको कुराकानीमा मैले ‘हुन्छ गरौंला’ त भनें, तर भित्री मनमा म समीक्षा तथा समालोचनामा हात भरसक हाल्दिन भनेर एकप्रकारको अठोट गरेर सबैलाई टार्दै बसि रहें । उनले पछिपछि फोनमा समीक्षाको कुरा उठाउन पनि छाडे । उनी स्वास्थ्यकर्मी पनि भएकाले हाम्रो अर्को पनि नाता थियो, त्यतैतिर कुरा मोडियो । उनले एकपटक विराटनगर आउने इच्छा भएको कुरा प्रकट गरेका थिए । यसरी म पनि कुनैबेला उनीसंग रमाइलो भेटघाट होला भनेर आशामा बसेको थिएँ ।
‘म किन लेख्छु !’
(कृति परिचय तथा समीक्षा)
डा. नवराज सुब्बा
(क) पृष्ठभूमि
यो प्रश्न पुस्तकका लेखक डा. तुलसी भट्टराईको हो । यो प्रश्न मेरो पनि हो । अनि यो प्रश्न समस्त लेखकहरुको हो । त्यत्ति मात्र हैन यो जिज्ञाशा पाठकको समेत हो । नपत्याए फेसबुकका वालहरुमा पोतिएका अक्षरहरु हेरौं ! लेख्नमा को भन्दा को कम छ र । अलि जान्नेले लामो पाराले लेख्छन्, सिकारुले अलि छोटो लेख्छन् । लेख्न नसक्नेले फोटो खिचेर तस्बिर फेसबुकवालमा राखेकै छन् । यिनीहरु अभिव्यक्तिकै स्परुपहरु हुन् ।
आज म लेखक डा. तुलसी भट्टराईको निबन्धसङ्ग्रह ‘म किन लेख्छु !’ भित्रका केही रचनाहरुबाट प्रभावित भएर हामी सबै पाठकलाई चासो र काम लाग्ने केही गुदी कोट्याएर यो छोटो समीक्षात्मक लेखमा राख्तैछु । हुन त पुस्तक अम्बाजस्तै क्वाप्पै खाए पनि हुने गरी स्वादिलो छ । ती सबै परिकार पस्कन म सक्दिन होला । त्यसैले ओखर फुटाएर मसित जेभएको मनभित्रको कनकुर्नीले गुदी कोट्याएझैं गर्दैछु । भनिहालें नि, यो कृतिलाई भान्सामा तुलना गर्दा सिंगै परिवारलाई पुग्ने भडुमा पाकेको तातो भातजस्तो छ । म भान्सेजस्तो पुन्युले पस्कने अवस्थामा नभएर फलैंचाको डिलमा बसेर यसो ओखरदाना फुटाएर गुदी आफू पनि खाने र छेऊछाऊमा आउनेलाई पनि बाँड्ने रुपमा मात्र प्रकट भएको हुँ ।
‘किरात तीर्थस्थल : सानो हात्तीबन’ पुस्तकको समीक्षा
– डा. नवराज सुब्बा
(क) पुष्ठभूमि
इतिहास निर्माता तथा इतिहासकारलाई समयका विभिन्न कालखण्डमा जनताले जय मात्र हैन मूर्दावाद पनि भन्दारहेछन् । मन परे पनि नपरे पनि इतिहास पढ्नै पर्छ र त्यसबाट पाठ सिक्नै पर्छ, यो नै स्थापित मान्यता हो । इतिहासले इतिहासकारलाई प्रवेश गर्ने ढोका सदा खुल्ला राखेको छ, जसले भावी पिढीलाई इतिहास सुदृढ गर्ने, सच्याउने र पुनर्लेखन गर्न पनि मार्ग प्रसस्त गरेको हुन्छ । व्यक्तिगत स्वार्थ त्यागेर समुदाय, बर्ग, देशको लागि इतिहासको अनुकरण र सामञ्जस्य गर्ने वीरहरुको खोजी इतिहासले गरिरहेको हुन्छ । अर्कातिर घटना, पात्र, प्रभावभन्दा माथि उठेर बिना कुनै पूर्वाग्रह सत्यतथ्यको अनुसन्धान र उद्घाटन गर्ने ज्ञानी र विवेकी अनुसन्धाता तथा लेखकको खोजी प्राज्ञिक जगतले पनि गरेको हुन्छ ।
विवाहोत्सवमा सृजनात्मक अभिनन्दन ग्रन्थ
(कृती परिचय तथा समीक्षा)
– डा. नवराज सुब्बा
(क) पृष्ठभूमि
मेरो हातमा जब यो ‘विजय/पार्वती खरेल स्वर्ण विवाह उत्सव विशेष पुष्पाञ्जली’ कृति पर्यो तब मैले सोचें कृतिभित्र वैवाहिक जीवनका तीतामीठा अनुभूति, अन्तरङ्ग समेत समेटिएका सामग्री संग्रहित होलान् । अब म यो सामग्री मेरी श्रीमातिका साथ पढ्नेछु, मनमा सोचें । घरमा आएर पुस्तक हेर्दै गएँ यो त साहित्यकार विजय खरेलका विशुद्ध साहित्यिक यात्राका समीक्षा र समालोचना र साहित्यिक सामग्री संग्रहित अभिनन्दन ग्रन्थ पो रहेछ ।
गीतकार राममान ‘तृषित’का प्रेमील अभिलाषा ‘मनदेखि मनसम्म’ (समालोचना)
– डा. नवराज सुब्बा
(क) पृष्ठभूमि –
गीतकार डा. राममान श्रेष्ठ ‘तृषित’ पेशाले एक कुशल चिकित्सक थिए भने कलाले नेपाली साहित्यमा गीतिक्षेत्रका एक सिद्धहस्त हस्ताक्षर हुन् । उनका गीत रेडियो नेपालबाट श्रोतामाझ पुगिसकेका छन् । उनले आफ्ना गीतरचनालाई सङ्ग्रहका रुपमा पनि प्रकाशित गरेका छन् । त्यसमध्ये उनको ‘मनदेखि मनसम्म’ गीतिसंग्रह अहिले मेरो हातमा छ । यो सङ्ग्रह हातमा परेपछि मलाई यसले केही कोर्न बाध्य तुल्यायो । हुन त म समालोचक वा समीक्षक होइन । तापनि एउटा गीतकारको पीडा म पनि केही हदसम्म बुझ्दछु, यही नाताले म उनका गीतका बारेमा मनमा लागेका कुराहरु पाठकसामु पोखेर आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु ।