सकारात्मकवाद
डा. नवराज सुब्बा~ पछि फर्केर हेर्दा, तेह्रौँ शताब्दीपूर्व मानिसको चेतना स्तर ईश्वरमा केन्द्रित थियो । उसबेला सबै कुराको कारण उही ईश्वरलाई मानिन्थ्यो । सम्भवतः डर, त्रासबाट बच्न जिज्ञासाको उत्तर दिन…
Saint Phalgunanda prioritize the poor
Dr. Nawa Raj Subba~ An ethnicity's religion manifests itself in its culture (Mulder, 1985). Religious faith passes down from generation to generation through life experience, perception, and society (Geertz, 1985).…
एक्काइशौं शताब्दीको चाहनाः नेपाल सम्बतको सान्दर्भिकता
डा. नवराज सुब्बा ~ तिहारमा नेवार समुदायमा म्हपूजाका दिन नेपाल नववर्ष पनि मनाइन्छ । यसपालि वि..स. २०७८ कार्तिक १९ गते तथा सन् २०२१ नोवेम्वर ५ मा यो नेपाल नववर्ष ११४२…
An Investigation of Kirat Samba
Dr. Nawa Raj Subba Kirat Limbu community has about 375 surnames or family names (LimbuPeople, 2021). One of them is Samba. According to the assessment, the Samba family has got…
‘किरात लिम्बू संस्कृति मानवशास्त्रीय विवेचना’ (अन्तिम पाना)
डा. नवराज सुब्बा ।
अतः हामी वर्तमानमा जे छौँ त्यो सत्य हो । तर हाम्रो अतीत हेर्ने दृष्टिकोणमा केही दोष छ । त्यो अज्ञानतावश मात्र भएको हैन, नियतवश पनि त्यसो भएको छ । तर त्यो मानवीय चरित्र पनि हो । यो पनि सत्य हो । यसकारण यस्ता मानवशास्त्रीय, समाजशास्त्रीय घटनाक्रम र परिदृपरिदृश्यलाई हामीले मनोविज्ञानको दृष्टिले हेर्न सकेमा जिज्ञासा केही हदसम्म शान्त हुनेछन् ।
एक प्रसङ्गमा मिचिगन विश्वविद्यालयका प्राध्यापक मारोहाङ लिम्बूले तुङदुङ्गे मुन्धुमसम्बन्धी मेरो वेभनेर जुम प्रस्तुतिउपर दिनुभएको एक प्रतिक्रिया यु–ट्यूबमा यस्तो पाएँ– “उहाँका यी ज्ञान र सिद्धान्त अहिलेकाले नबुझ्लान्, ती आगामी २०० वर्ष पछि मात्र बुझिने छन्” । उहाँको यो भनाइलाई म सिधै खण्डन गर्ने अवस्थामा छैन । म केवल कामना गर्न सक्दछु, कुनै पनि जातिको ज्ञान, दर्शन, सिद्धान्त, इतिहास माथि एक्काइसौँ शताब्दीको वैज्ञानिक प्रकाशमा अध्ययन गर्न, प्राज्ञिक र बौद्धिक माथापच्ची गर्न र सत्यतथ्य पर्गेल्न त्यति लामो काल हामीले पर्खन नपरोस् ।
- 1
- 2
- 3
- 4
- 5
- Go to the next page