रचना

  • कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

    डा. नवराज सुब्बा तुङदुङ्गे साम्माङ (देव) ‘लोक्वादो साम्बादो माङ’ वराहदेव कौकहदेव देवताका कान्छापुत्र हुन् । तुङदुङ्गे मुन्धुममा यिनै तुङदुङ्गे देवले आफ्ना पिता लोक्वादो साम्बादो माङसित अंश र शक्तिका लागि आशिर्वाद मागेका छन् । आफ्ना दाजुहरुले पिताबाट आशिर्वाद पाएर ओरालो लागिसकेकाले आफू अरुणक्षेत्रमा बीउबीजन बाँडि आउँदा केही ढिला भएकाले आफूले समेत पिताबाट आशिर्वाद याचना गर्दछन् ।…

  • आफूलाई जान्नेबुझ्ने ठान्नेहरुको कुरा !

    डा. नवराज सुब्बा Shamanism मा Shaman (समन) लाई सामान्यतयाः जान्ने मान्छे वा परम्परागत उपचारक भनेर बुझिन्छ । बोन धर्ममा धामीझाक्री, बौद्ध धर्ममा लामा, हिन्दू धर्ममा पंडित/पुरोहित, लिम्बूमा साम्बा आदि नामले यिनीहरु प्रचलित छन् । आधुनिकीकरणसंगै आजकल यो जनशक्तिको कमी हुन थालेको छ । हिन्दू संस्कार गर्नलाई पंडित पुरोहित यतिन्जेलसम्म त सहज उपलब्ध छन् तर आदिवासी…

  • जसको सवाल उसको नेतृत्व

    डा. नवराज सुब्बा समाजमा आइपर्ने आफ्ना समस्यालाई आफैले समाधान गर्न अघि सर्नु पर्दछ भन्ने दृष्टान्त मानसिक स्वास्थ्यको क्षेत्रमा सुन्न पाइन्छ । समाचार कार्यक्रम पछि लगत्तै प्रसार हुने मानसिक स्वास्थ्य सम्बन्धी एउटा साप्ताहिक रेडियो कार्यक्रम ‘कोशिस’ रेडियो कान्तिपुरमा म नियमित रुपमा सुन्ने गर्दछु । कुनै बेला जीवनको कालखण्डमा आफू पनि मानसिक स्वास्थ्यबाट प्रभावित भएको र हाल…

  • DiaryPost2 मंगलग्रहमा उत्रेको दिन

    मानव सपना मंगलग्रहमा उत्रेको दिन डायरी २ डा. नवराज सुब्बा मानव इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण तथा ऐतिहासिक दिन भएको छ । अमेरिकी अंन्तरिक्ष संस्था नासाले पठाएको यान ‘इनसाइट लेंडर’ ६ महिनापछि आज मंगलग्रह अवतरणमा सफलता पाएको छ । मंगलग्रह यस्तो ग्रह हो जहाँको बनावट र वातावरण पृथ्वीसंग मिल्दोजुल्दो रहेको यसअघिका अध्ययनहरूले देखाएका छन् ।…

  • Diary Post1

    डायरीलेखनको चार दशकपछि डा. नवराज सुब्बा दिनभर भए गरेका महत्वपूर्ण कुराहरु मिति, स्थान खुलाई घटना सविस्तारपूर्वक खुलाएर विचारसहित लेख्नुलाई नै डायरी लेखन भनिन्छ । मैले पनि डायरी लेख्न थालेको लगभग चार दशक भयो । अहिलेसम्म पनि यो बानी कुनै न कुनै रुपमा जारी छ । विद्यालय जीवनमा मलाई डायरी लेख्न सिकाउने गुरु प्रल्हाद प्रसाई हुनुहन्थ्यो…

  • नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन

    ४. कृति : नवराज सुब्बाको व्यक्तित्व र कृतीत्वको अध्ययन लेखक : चूडामणि बराईली विधा : अनुसन्धान प्रकाशन : २०६७ शोध निर्देशक : श्री शान्तिराम मिश्र, उपप्राध्यापक, २) विभागीय प्रमुखः श्री कमलप्रसाद गुरागाईं, सहप्राध्यापक ३) अनुसन्धान प्रमुख : डा.द्रोणकुमार उपाध्याय, सहप्राध्यापक ४) श्री त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, मेची बहुमुखी क्याम्पसको नेपाली विभाग, भद्रपुर, झापा,…

  • मनको मझेरी कृतीको अध्ययन

    ३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन लेखक : गीता ढकाल विधा : अनुसन्धान प्रकाशन : १) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक ६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली…