डायरीलेखनको चार दशकपछि
डा. नवराज सुब्बा
दिनभर भए गरेका महत्वपूर्ण कुराहरु मिति, स्थान खुलाई घटना सविस्तारपूर्वक खुलाएर विचारसहित लेख्नुलाई नै डायरी लेखन भनिन्छ । मैले पनि डायरी लेख्न थालेको लगभग चार दशक भयो । अहिलेसम्म पनि यो बानी कुनै न कुनै रुपमा जारी छ । विद्यालय जीवनमा मलाई डायरी लेख्न सिकाउने गुरु प्रल्हाद प्रसाई हुनुहन्थ्यो । डायरी लेख्ने बानीको महत्व मलाई बुझाउने क्रममा उहाँले डायरी भविश्यमा उपयोगी सामग्री हुने र यो लेख्ने राम्रो बानी भनेर बुझाउनु भएको थियो । उहाँले डायरी लेख्ने गरेको देखेपछि मैले पनि त्यसैबेलादेखि डायरीलेखन अनुकरण गरेको थिएँ ।
माद्यमिक विद्यालय पढ्दा सुरु गरेको यो बानीलाई मैले कलेज जीवन र जागिरे जीवनमा निरन्तरता दिएँ । तर जागिरको उत्तरार्धतिर भने डायरी लेखनले नियमितता पाउन सकेन । डायरी राख्ने ठाउँ पनि साँगुरो हुँदै गयो । पुराना डायरीको बिजोग देखेपछि मैले दैनिकीलाई टिपोटको रुपमा कम्प्यूटरमा लेख्न थालें । पहिले अलि बाक्लो दैनिकी लेखन हुन्थ्यो तर पछि महत्वपूर्ण घटना घटेका दिनमा मात्र डायरी लेख्न थालें । मलाई डायरी नलेखेको दिन केही काम अधुरो रहे जस्तो असजिलो लाग्ने गर्दथ्यो ।
हुन त लेखिसकेका कुरा पछि पल्टाएर त्यति नहेरिने रहेछ । उही आफ्नो सन्तोषको लागि टिपोट गरिएछ भन्ने लाग्न थाल्यो तर त्यसबेला त्यो गर्दा मनमा एकप्रकारको ढुक्क चाहिँ हुँदो रहेछ । यसबाट मलाई फायदा भनेको मानसिक सन्तुष्टि भयो । मैले डायरी हेरेर योजना बनाएको वा संस्मरण लेखेको पनि छैन । तर यत्ति हो यदि कुनै तिथिमिति वा नाम लेखनमा संशय भयो भने त्यो एकीन गर्नलाई डायरी एउटा भरपर्दो सन्दर्भ–सामग्री हुन्छ भन्नेमा भने मलाई विश्वास थियो र छ पनि । हस्तलिखित डायरी हेर्दा त्यस्तो कालमा लेखेको थिएँ भन्ने अतीत भावना उत्पन्न हुने र कहिलेकाहीँ भावुक पनि बनाउँदो रहेछ । त्यही कुरा कम्प्यूटरमा लेखिएका कुरा हेर्दा त्यो आकर्षण नहुने रहेछ ।
डायरी लेखनलाई सुरु गर्दा सादा डायरीबाट काम थालियो । डायरीमा मिति, स्थान समय आदि आफैले लेखेर डायरी लेखिन्थ्यो । कलेज जीवनमा पुगेपछि डायरीमैं साल, महिना, तारिख छापिएको डायरी पनि प्रयोग गरियो । आज ती सबै डायरीहरु सुरक्षित छन् । समयको प्रवाहसितै लेख्ने शैलीमा आरम्भकालको शैलीमा हाल केही मात्रामा परिवर्तन भएको छ । आजकल म सूचना प्रविधिले उपलब्ध गरेको सुबिधालाई पनि प्रयोग गर्ने गर्दछु । माइक्रोसफ्ट अफिस वर्ड, एक्सेल, तथा अन्य नोट राख्ने सफ्टवेवरमा पनि डायरी लेख्ने गर्दछु ।
साहित्यिक सिर्जनाका अतिरिक्त डायरी लेखनलाई मन शान्त पार्न गरिने लेखन कार्यको रुपमा लिन्छु । मनका उठ्ने विचार, प्रतिक्रिया, र पीरलाई अक्षरमा पोखेर बोझलाई कम गर्न पनि केही लेखि टोपल्छु । केही कुरा स्मरणको लागि रहोस् भन्ने हिसाबले पनि लेख्दछु । डायरी लेखनमा अनियमितता आउनुमा डायरीको खासै उपयोगिता नदेख्नु, साहित्यिक सिर्जनाले समय खाइदिनु र त्योभन्दा बढी मनमा आएको अल्छिपन नै जिम्मेवार छन् ।
भाषाको सवालमा पनि केही कुराहरु लेख्नुपर्ने हुन्छ । मेरो डायरी लेखनको मूलभाषा नेपाली भाषा नै हो । नेपाली भाषामा म आफूले चाहेको कुरा व्यक्त गर्न सहज पाउँछु । सन् २००१ जब मैले कम्यूटरमा पनि डायरी लेखेर राख्न थाले तब अंग्रेजी भाषाको पनि प्रयोग गरें । तर मलाई यसमा त्यत्ति सन्तोष मिलेको छैन । यसैले म करिव पाँच प्रतिशत अंग्रेजीमा लेखे पनि ९५ प्रतिशत डायरी लेखन नेपाली भाषामा नै लेख्न चाहन्छु ।
निकै वर्षअघि देखि डायरी लेखनलाई नयाँ शैलीमा लेखेर अभिलेखीकरण गर्ने हो कि भनेर सोचिरहेको थिएँ, डायरी लेखन आरम्भ गरेको आज चालीस वर्षपछि यसलाई अब नयाँ रुपमा प्रस्तुत गर्न लाग्दैछु । मैले वेभसाइट पहिलोचोटी प्रकाशन गरेको सन् २००१ सालमा हो । त्यो निःशुल्कमा पाइने वेभसाइट मेरो अभ्यासकालीन आरम्भ थियो । पछि सन् २००७ मा वर्डप्रेसमा सम्पादन थालें र आफ्नो डोमेन दर्ता गरी शुल्क तिरेर वेभसाइट वा ब्लग लेख्न सुरु गरें । यसरी वेभसाइटमा केही लेख्न थालेको पनि आज १७ वर्ष भएछ । मैले वेभसाइटमार्फत रचना प्रकाशित गरेर पनि डायरी लेखनको धित केही मारेको थिएँ । वेभसाइट किन? भनेर मलाई त्यसबेला सोध्दथे अझै पनि सोध्ने होलान् । तर मैले आत्मप्रकाशनको लागि पनि वेभसाइट बनाएर प्रकाशित गरें ।
सन् २००८-९ सालतिर म पनि फेसबुकतर्फ आकर्षित भएँ । फेसबुक आउने बुकले मलाई त्यहाँ पनि डायरीमा जस्तो आत्मपरका कुराहरु लेखेर फोटोसहित राख्ने पुस्तक होला भन्ने लागेको थियो । तर पछि बुझ्दै जाँदा त्यो त एउटा सामाजिक चौतारी तथा संजाल नै पो रहेछ । त्यसमा सुरुसुरुमा मनका कुरा केही राखियो तर कालान्तरमा के बुझियो भने मनका सबै कुरा खोलेर त्यहाँ राख्न उचित लागेन । कारण, फेसबुकमा अनावश्यक प्रतिक्रिया बढी आउने रहेछ । यद्यपि मैले फेसबुकलाई गतिलो साहित्यिक चौतारीको रुपमा भने मैले पाएँ । मैले यसैमा आफ्ना रचना पोष्ट गरेर संजालमा प्रकाशित गरें । अब मलाई परम्परागत रुपमा गरिने साहित्यिक गोष्ठी तथा सभासम्मेलन प्रति जाँगर लाग्न छाड्यो । परम्परागत साहित्यिक कार्यक्रमहरुमा त्यसरी आकर्षण घट्नुमा पहिलो कारण विकल्पको रुपमा आएको सामाजिक संजाल फेसबुक नै प्रमुख थियो । अन्य कारणमा विराटनगरमा वाणी प्रकाशन बन्द भएपछि साहित्यिक गोष्ठीमा कमी हुन थालेको, अन्यत्र आयोजना भएपनि गुणस्तरिय नहुने भएको पाइयो । त्यत्ति मात्र नभएर राजनीतिक तथा व्यापारिक गन्ध ह्वास्सै आउने, नातावाद, कृपावाद, वाहुनवाद, धनवाद ठ्वाँस्सै आएको देखेर साहित्यिक कार्यक्रमहरुप्रति वितृष्णा जागेको महसुस भयो । यसमा थप अर्को महत्वपूर्ण कारण मेरो स्वास्थ्यले पनि पहिले जस्तो साथ दिन छाडेकाले पनि दिनभर जस्तो बित्ने यस्ता कार्यक्रमबाट भरसक म तर्कन थालें ।
अब डायरी लेखनको माध्यमबाट स्वयमभित्र साहित्यिक माहौल तयार पार्न, मन हलुको पार्न र समाजोपयोगी विचार र धारणालाई सार्वजनिक गरेर साहित्यको सेवा गर्न भनि म डायरी लेखनको आयामलाई थप फराकिलो बनाउन लाग्दैछु । मैले भन्न खोजेको के भने, आफूले सुरु गरेको वेभसाइट वा ब्लगमा डायरी वा जर्नलको रुपमा लेख्दै जानेछु । यसले डायरीको संस्मरणात्मक अंश पनि कायम राख्नेछ साथै यसमा गरिने रचनात्मक विश्लेषण, र अभिव्यक्त भावनाले जीवन र जगतलाई थोरै भए पनि योगदान पुग्ने लक्ष्य राखेको छु ।
लाग्छ, मनभित्रका चिन्तन–मनन, विचार र भावनालाई अभिव्यक्त गर्ने एउटा भरपर्दो ठाउँ डायरी पनि हो । कागजको डायरीमा अक्षर कोर्नु भन्दा सार्वजनिक ब्लगमा कोरे र दीर्घकालसम्म राख्ने किफायती माध्यम मध्ये वेभसाइट वा ब्लग पनि एक हो । यसले पुस्तक प्रकाशन गर्दा हुने कागजको प्रयोगबाट मुक्त यो शैलीले वातावरण बचाउन पनि योगदान दिनेछ । अर्कोकुरा कागजभन्दा यो दीर्घकालीन रुपमा राख्न संभव हुन्छ । तर यसमा जोखिम पनि छ । अलि अपरिपक्व विचार र क्षणिक भावनालाई तुरुन्त सार्वजनिक गर्दा कतै अनर्थ पो हुने हो कि भन्ने चुनौती पनि छँदैछ ।

Dr. Nawa Raj
Dr. Nawa Raj Subba is a public health specialist who has more than three and a half decades of experience working in public healthcare management at the Ministry of Health and Population in Nepal. In the spirit of public-private partnerships to expand access to health care in rural communities in Eastern Nepal, he played a vital role in leading operational research. He has also independently researched public health and intercultural psychology in Nepal. He published his works in books and journals. Nepali literature, culture, and music recognized him as an author. He has written artistic and cultural texts and CDs. His work has been acknowledged and appreciated by civil society, the government of Nepal, and abroad. He is now involved in Public Health and Intercultural Psychology studies in Nepal.