मुक्तक
सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो सरकार ! देऊ अब सुशासन, जनताको माग यो हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब ! बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो । एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…
सर ! अब पढौं अनुशासन, छात्रछात्राको माग हो सरकार ! देऊ अब सुशासन, जनताको माग यो हैन अति भो हजुर ! मुख छोपौं कि के गरौं अब ! बाटैमा बसेर के गर्नेलाई भन्दा देख्नेलाई लाज भो । एस.एल.सी. (2012) दिने विद्यार्थी भाइबैनीहरूलाई शुभकामना सहित…
संवेदना, कला र ग्ल्यामर : यी तीन कुरा बिलकुलै फरक फरक हुन् । यी एक अर्कासित अवश्य गाँसिएका छन् । तर यदी यिनमा फरक छुट्याउन सकिएन भने स्रष्टा र श्रोता अर्थात् पाठक अल्मलिन सक्छन् । जीवन र जगतमा जब संवेदना हेर्ने आँखा, मस्तिष्क र हृदयको विकास भयो तब यसले मान्छेभित्र शश्लेसित भएपछि अभिव्यक्त हुन कुनै
संवेदना, कला र ग्ल्यामर (चिन्तन) नवराज सुब्बा Read More »
गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा
मेरो निजी अनुभूति र विचार Read More »
जिन्दगी यो एउटा रमाइलो खेल हो जीत हार स्वीकार्ने मित्रता र मेल हो । नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं । हिमाल जस्तो शिर छ तराई जस्तो छाती देशको नाम राख्नेछौं हातमा झण्डा बोकी । सगरमाथा काखमा सधैं हाम्रो माया छ मेची काली झैं बग्ने नरित्तिने माया छ ।
कविता कोर्दा किन हो कवि नै रिसाए गीत गाउँदा किन हो कलाकार रिसाए जब नियालें आफन्त र आफन्तका मन अचम्म ! नजिककाहरू किन हो टाढिए । फागुन १५, २०६८ विराटनगर
नवराज सुब्बा अनिश्चितकालीन बन्द । आज पनि बन्द छ, विराटनगर । शहरमा मोटरसाइकल, गाडी कतै चलेका छैनन् । खाना खाएपछि घरबाट हिंड्दै भृकुटीचोक पुगें र यसो आँखा दौडाएँ र एउटा रिक्सामा आँखा ठोक्कियो, रिक्सवालातिर हेरें अलि पाको उमेरको तराइवासी रहेछ । चढ्न अघि रेट फिक्स नगर्दा भरे ओर्लेर जानेबेलामा रिक्सावालसंग दलाली गर्नुको बेमज्जा सम्झें ।
केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।