भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा)
जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ ।
पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ । साथै गर्मी याममा पनि मौसम परिवर्तनसँगै केही सङ्ख्यामा यो रोगको प्रकोप देखा पर्दछ ।

जलवायु परिवर्तन विश्वव्यापी अभियानमा थप चुनौती

१२ डिसेम्बर २०१५ मा विश्वका १९५ राष्ट्रहरुले फ्रान्समा भेला भई विश्व तापक्रम २ डिग्री सेन्टिगे्रट भन्दा बढ्न नदिने प्रतिबद्धता सहित पेरिस सम्मेलन गरे । यसमा हालसम्म १४८ मुलुकहरुले प्रतिबद्धता स्वरुप हस्ताक्षर गरिसकेका छन् । तर हालै आश्चर्यजनक रुपमा अमेरिकाले उक्त विश्वसम्मेलनमा पारित प्रतिवद्धताबाट हात झिकेको छ । खासगरी औद्योगिक मुलुकहरुका उद्योग कलकारखाना, यातायात आदिबाट बढी मात्रामा भएको कार्वन उत्सर्जनलाई योजनावद्ध ढंगले क्रमसः कम गर्दै लैजान अभियानले आव्हान गरेको छ । त्यतिमात्र होइन बढी कार्वन उत्सर्जनबाट जलवायुमा प्रतिकूल प्रभाव पर्ने नेपाल जस्ता मुलुकलाई क्षतिपूर्ति दिने व्यवस्था पनि यसमा गरिएको छ ।

एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उपाय

डा. नवराज सुब्बा

आकस्मिक रूपमा चाहिने एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको महत्वपूर्ण सहायक सेवा हो । यातायात पुगेका स्थानमा आजकल समुदायस्तरबाट समेत एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ गाउँमा खुलेका सहकारी, अस्पताल तथा सामाजिक धार्मिक संघ संस्थाहरूले पनि एम्बुलेन्स सेवा संचालन गरेर सेवा दिन थालेका छन् । तर यही अत्यावश्यक एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय आज ढुक्क हुनसकेका छैनन् । भनेको बेलामा एम्बुलेन्स नपाइनु, आपद विपद् परेको बेला एम्बुलेन्सको लागि सम्पर्क गर्दा फोन नउठाउने गरेको, सम्पर्क भईहाले एम्बुलेन्स बिग्रेको भनेर नआउने गरेको विविध प्रकारको जनगुनासो छन् भने अर्कातिर अस्पतालको गेट वरिपरि एम्बुलेन्स थुप्रिएर बस्ने गरेको पाइन्छ ।

मोरङको आधारभूत मानसिक स्वास्थ्य स्थिति — नवराज सुब्बा

विश्व स्वास्थ्य संगठनले गरेको परिभाषा अनुसार केवल रोग मुक्त र दुर्बल नहुँदैमा कुनै व्यक्ति स्वस्थ भयो भन्न मिल्दैन । शारीरिक, मानसिक, सामाजिक एवम् आत्मिक हिसाबले कुनै ब्यक्ति तन्दुरुस्त रहेको अवस्थालाई मात्र स्वास्थ्य भनिन्छ । मनोवैज्ञानिक दृष्टिकोणले हेर्दा समय र वातावरण अनुसार अगाडि बढ्ने क्षमता, भावनात्मक द्वन्द्वबाट ज्यादै विचलित नहुने क्षमता, अर्थपूर्ण रूपले जीवन यापन गर्न सक्ने क्षमता, उत्पादनशील काम गर्ने क्षमता, अरूसंग सम्बन्ध राख्ने वा निरन्तरता गर्ने क्षमता, कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको अवस्थालाई मानसिक स्वास्थ्य भनिन्छ ।

सामान्यतयाः मानसिक रोग चार प्रकारका वर्गीकरण गरिएको हुन्छ । १. साइकोसिस वा पागलपन २. डिप्रेसन वा उदासपन, ३. चिन्तारोग वा मानसिक तनाव र ४. अन्य अर्थात् छारेरोग, लागुपदार्थ मादकपदार्थका दुव्र्यसनी, सुस्त मनस्थिति आदि । मानसिक रोगका कारणहरूमा वंशानुगत, मानसिक तनाव तथा घटनाविशेष, पूर्व प्रसूती तथा उत्तर प्रसूती अवस्थामा पर्ने असर पर्दछन् । यस्तै संक्रमण जस्तै मेनिन्जाइटिस्, इन्सेफलाइटिस्, टाउकोमा चोट, लामो समयसम्म मद्यपान, उपचार नगरिएको छारेरोग र स्नायु प्रणालीमा उत्पन्न परिवर्तन पनि मानसिक रोगका मुख्य कारणहरू हुन् ।