Category Archives: Public Health Activities

Public Health Activities of District Public Health Office.

झापामा दादुरा खोप अभियान

मंसीर २१ गते,


झापामा दादुरा खोप अभियान २०६५ अर्न्तर्गत पहिलो चरणको दादुरा खोप कार्यक्रम मंसीर २१ गते सुरु भएको छ । चन्द्रगढी गा.वि.स. खोपकेन्द्रमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा र विश्व स्वास्थ्य संगठनका डा. जेम्स बोभले दादुरा खोप अभियानको संयुक्त रुपमा आरम्भ गर्नु भयो । उक्त अवसरमा चन्द्रगढी गा.वि.स.का सचिव सन्तोष दाहाल र चन्द्रगढी स्वास्थ्यचौकी प्रमुख हेमन्त दवाडीको समेतको उपस्थिति रहेको थियो ।

दादुरा खोप अभियानको कार्यक्रम अनुसार झापा जिल्लामा मंसीर २१ देखि २९ गते सम्म चन्द्रगढी, दुवागढी, हल्दिबारी, जलथल, महेशपुर, राजगढ, चकचकी, बनियानी, पृथ्वीनगर, पथरिया, घेराबारी, पाठामारी, बालुवारी, केचना, धुवाबारी, बाहुनडा“गी, ज्यामिरगढी, धाईजन, शान्तिनगर, शनिश्चरे, अर्जुनधारा, खुदुनाबारी, बुधबारे, अनारमनी, चारपाने, गोलधाप र गरामनि गा.वि.स.हरुमा दादुरा खोप लगाइने छ ।

यसैगरि यही मंसीर २६ देखि २८ सम्म भद्रपुर नगरपालिका, मंसीर २९ देखि पौष १ सम्म मेचीनगर नगरपालिकामा दादुरा खोप लगाइने कार्यक्रम रहेको छ । आगामी पौष ३ देखि ११ सम्म सुरुङ्गा, घैलाडुबा, डा“गिबारी, सतासीधाम, शिवगञ्ज, पा“चगाछी, महाभारा, बैगुन्धरा, धरमपुर, तोपगाछी, बैगुनधरा, कुमरखोद, शरणामती, टाघनडुबा, गौरादह, महारानी, कोहवरा, लखनपुर, खजुरगाछी, जुरोपानी, गौरीगञ्ज, कोरोबारी गा.वि.स.हरुमा दादुरा खोप अभियान संचालन हुदैछ । र पौष ९ गते देखि १३ गतेसम्म दमक नगरपालिकामा खोप अभियान संचालन गरिनेछ ।

यस अभियानमा ९ महिना देखि ५ वर्षुनिका १ लाख २० हजार बालबालिकालाई दादुरा खोप लगाइने र ५ वर्षुनिका १ लाख ३० हजार बालबालिकालाई पोलियो खोप खुवाइने लक्ष्य जिल्ला जनस्वास्थ्य कार्यालय झापाले राखेको छ । अभियानमा जिल्लामा जम्मा ६ सय ७१ खोपकेन्द्रहरुमा १ सय ४० स्वास्थ्यकर्मीहरु र १ हजार ३५ जना स्वयंसेवकहरु परिचालित गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बाले जानकारी दिनुभयो ।

 

झापामा औषधीद्वारा गर्भपतन सेवा सुरु

झापामा औषधीद्वारा गर्भपतन सेवा सुरु

२२ मंसीर, भद्रपुर झापा,

झापा जिल्लामा औषधीद्वारा गर्भपतन गर्ने सेवा सुरु भएको छ । स्वास्थ्य मंत्रालय स्वास्थ्य सेवा विभागबाट झापा जिल्लामा पाइलोटिङ रुपमा सुरु गरिएको यो सेवा हाल सरकारी र गैरसरकारी स्वास्थ्य संस्थाबाट उपलब्ध हुनेछन् । औषधीद्वारा गर्भपतन गराउने सेवा हाल मेची अस्पताल भद्रपुर, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र र शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिनेछ । यसै गरि यो सेवा गैरसरकारी स्वास्थ्य संस्थातर्फकञ्चनजङ्घा अस्पताल विर्तामोड, नेपाल परिवार नियोजन संघ चारआली, मेरिस्टोप्स विर्तामोड र मेरीस्टोप्स दमकबाट पनि प्रदान गरिनेछ ।
स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वास्थ्य कार्यालय झापाबाट आयोजना गरिएको औषधीद्वारा गर्भपतन गरिने सम्बन्धी ३ दिने तालिम हालै सम्पन्न गरिएको छ । उक्त तालिममा सरकारी तथा गैरसरकारी संस्थाका २० जना चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको थियो । वरिष्ठ स्त्री तथा प्रसूतीरोग विशेषज्ञ डा. शान्ति जोशी, डा. खगेन्द्र दाहाल, डा.प्रभु शाह र सिष्टर अर्चना अर्यालले प्रशिक्षण गर्नु भएको थियो ।
सो सेवाको अनुगमन र औषधीको नियमित आपूर्ति जिल्ला जनस्वास्थ्य कार्यालय झापाबाट गरिने जिल्ला जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले जानकारी दिनुभयो ।
स्मरणीय छ, मुलुकी ऐनमा २०६० सालमा भएको गर्भपतन सम्बन्धी संशोधन अनुसार हाल मुलुकका ७३ जिल्लामा २०२ स्वास्थ्य संस्थामा ५०८ तालिमप्राप्त स्वास्थ्यकर्मीबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको छ । विश्व स्वास्थ्य संगठनले तोकिएका स्वास्थ्य संस्थामा गई ९ हप्तासम्मको गर्भपतन औषधीबाट गर्न सकिने प्रविधिलाई मान्यता दिएको छ ।

 

नेपालमा दादुरा खोप अभियान मंसीर २१ देखि

नेपालमा दोश्रो दादुरा खोप अभियान मुलुकका पहाडी र तर्राईका जिल्लाहरुमा आगामी मंसीर २१ गतेदेखि सञ्चालन हुने भएको छ । पूर्वाञ्चलका १३ पहाडी र तराइ जिल्लाहरु झापा, इलाम, पाचथर, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथूम, सप्तरी, सिराहा, उदयपुर, ओखलढुङ्गा र खोटाङ जिल्लामा मंसीर २१ गतेदेखि दादुरा खोप अभियान सञ्चालन हुनेछ ।

हाल मुलुकमा दादुरा खोपको कभरेज ८५ प्रतिशत भएको र दादुरा खोपको प्रभावकारी दर पनि करिव ९० प्रतिशत मात्र हुने भएकाले दादुरा खोपबाट प्रतिरोधात्मक शक्ति हासिल गर्ने समुदायको संख्याको तुलनामा खोप नलिने र प्रतिरोधात्मक शक्ति हासिल गर्न नसकेका समुदायको संख्या वर्षोनी बढेर हरेक तीन वर्षमा दादुराको प्रकोप फैलने गरेको विज्ञहरुले बताएका छन् । चार वर्षअधि मुलुकमा संचालन भएको पहिलो दादुरा खोप अभियानको फलस्वरुप विगत तीन वर्षमा विगतको तुलनामा दादुराको प्रकोप घटेको कुरा स्वास्थ्य सेवा विभाग, वालस्वास्थ्य महाशाखाका निर्देशक डा. यशुबर्धन प्रधानले विराटनगरमा संचालित दादुरा खोप सम्बन्धी एक योजना तर्जूमा गोष्ठीमा बताउनु भयो ।

पर्ूवाञ्चलका १३ जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालय तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, खोप सुपरभाइजर, कोल्डचेन असिसटेण्टहरुको सभभागितामा सम्पन्न योजना तर्जूमा कार्यक्रममा आ-आफ्नो जिल्लाको योजना बनाइयो ।

झापा जिल्लामा दादुराको प्रकोपदर घटेको दावी गर्दै जिल्लामा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख नवराज सुब्बाले जिल्लामा आ.व.२०६३/६३ मा ८७ जना, २०६३/६४ मा ११ जना र गत आ.व. २०६४/६५ मा ११ जना दादुराका विरामी देखा परेको बताए ।