इतिहास संस्कृति

कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल

डा. नवराज सुब्बा तुङदुङ्गे साम्माङ (देव) ‘लोक्वादो साम्बादो माङ’ वराहदेव कौकहदेव देवताका कान्छापुत्र हुन् । तुङदुङ्गे मुन्धुममा यिनै तुङदुङ्गे देवले आफ्ना पिता लोक्वादो साम्बादो माङसित अंश र शक्तिका लागि आशिर्वाद मागेका छन् । आफ्ना दाजुहरुले पिताबाट आशिर्वाद पाएर ओरालो लागिसकेकाले आफू अरुणक्षेत्रमा बीउबीजन बाँडि आउँदा केही ढिला भएकाले आफूले समेत पिताबाट आशिर्वाद याचना गर्दछन् । […]

कोशी बराहक्षेत्र साँबा लिम्बूको मुन्धुमी तुङदुङ्गे देवस्थल Read More »

प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

डा. नवराज सुब्बा मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु ।

प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो? Read More »

पहिचानको मनोवैज्ञानिक आधार

डा. नवराज सुब्बा नेपाल लगायत विश्वमा आजकल पहिचानको लहर उर्लेको छ । म फलाना जाति, म साहित्यकार, म महिला, म उच्च घराना, म फलाना व्यवसायी, म यो वा त्यो दलको मान्छे, म फलाना क्लब वा खेलाडिको प्रशंसक, म बेलायती आदि इत्यादि । यो पहिचानको सवाललाई राजनीतिक र सामाजिक दृष्टिकोणबाट मात्र विश्लेषण गर्दा यसले थप जिज्ञाशा

पहिचानको मनोवैज्ञानिक आधार Read More »

किरात मुन्धुम सुन्दरतम् मानव चेतना

डा. नवराज सुब्बा (क) पृष्ठभूमि मुन्धुमको मूल मौखिक परम्परा मुन्धुम मौखिक परम्परा हो । यो लोक साहित्य हो । यसलाई साम्बा, येबा, येमा, फेदाङबाको मुख–मुखमा झुण्डिदै आएको थतुनोमा विकसित थुतुरे वेद पनि भनिन्छ । लामो पुस्तामा ज्ञानको हस्तान्तरण हुँदै जाँदा यसको मौलिकतामा केही फरक पर्न सक्दछ । यसैले विभिन्न पुस्तामा, भिन्न स्थानमा पाइने मुन्धुममा विविधता

किरात मुन्धुम सुन्दरतम् मानव चेतना Read More »

कोशी मेची नामाकरणमा किरात प्रभाव

डा. नवराज सुब्बा पृष्ठभूमि इतिहासकार इमानसिं चेमजोङ (2003a)ले किरात इतिहास र संस्कृत पुस्तकमा मार्केण्डेय पुराणलाई पनि स्रोत मान्नु भएको छ । पुराणका अनुसार महाभारतकालमा प्रभुख सात किरात राज्यहरू अश्वाकुट वा काबुल, कुल्य वा कुलु उपत्यका, मत्स्य वा उत्तर विहार, पौन्ड्रा वा बंगाल, सुमर वा आसाम, मलक वा म्लेक वा लोहित, किन्नर वा किरात वा गढवाल

कोशी मेची नामाकरणमा किरात प्रभाव Read More »

गोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय

– डा. नवराज सुब्बा नेपाल एकीकरणको क्रममा गोरखालीले विजित क्षेत्रमा गरेका केही अत्याचारका घटना सुन्दा हामीलाई अनौंठो लाग्दछ । लेखक सि.के. लालले तत्कालमा गोरखालीले खम्बूवानमा राई महिलालाई गरेको अमानवीय व्यवहारका घटना उजागर गर्दा एकथरी मानिस उनीसँग रिसाए (त्यसलाई यत्ति मात्र कोट्याउँ) । अर्को कीर्तिपुरको १७ धार्नी नाक काटिएको प्रसंगमा गोरखालीले त्यसो गरेको हैन, कीर्तिपुरमा यसो

गोरखाली आक्रमणबाट बिस्थापित खम्बुवानका सन्तान : एक अध्ययनको छोटो परिचय Read More »

मृतक साहित्य

Dr. Nawaraj Subba मिश्रमा पहिलो पटक मृतक साहित्य देखा पर्यो । आत्माको अमरता, पुनर्जन्म, एकेश्वरवादको जन्म सर्वप्रथम मिश्रमा भयो । मृत्युपछि शवलाई गाड्ने परम्परा भएका धर्ममा मानिसलाई मृत्युपछि पनि भौतिक शरीरलाई झैं सामग्री चाहिने मानेर ती सागग्री तथा राजाको हकमा नोकरचाकर मारेर समेत समाधिस्त गरिने गरिन्थ्यो । हिन्दू धर्म दर्शनमा शरीर र आत्मा छुटिए पछि

मृतक साहित्य Read More »