नेपाली गजल एल्बम– लुकेको रहर

गजल- १ तिमीलाई माया

तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछु
हराई चाबी बाटोमा म त बन्द ताला बनेंछु ।

दुइ नयनमा वग्ने आँशु फरक भए कि कसो
आफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु ।

सिउरिदिएको त्यो फूल ओइली झर्‍यो कि कसो
थाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु ।

मलाई माया गर्ने केवल एउटी तिमी थियौ
ओढेकै थिएँ घामछाया म त हाड छाला बनेंछु ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः नरेन्द्र प्यासी, गजल एल्बम– लुकेको रहर)

Nepali Holi Song
Jali Maya