नेपाली गजल एल्बम– लुकेको रहर


गजल- २ जाली माया

जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ ।

दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर
किन आकाश उधारेर बादलले टाली दियौ ।

नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर
मनको सफा तलाऊमा धमिलोपन हाली दियौ ।

सुरमा मैले ताने स्वर नाच्ने थियो पालो हजुर
परेलीका गाजल किन पखालेर फाली दियौ ।

(Gajal Lyrics शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः जगदिश समाल, गजल एल्बम– लुकेको रहर)

Timilai Maya
Sakchhi Chhaina Praman Xaina