A Brief Note on Health Psychology

Dr. Nawa Raj Subba

Health psychology is a behavioral medicine having interdisciplinary scopes including both medicine and psychology. It deals with the psychological and behavioral processes. Health psychology commits overall individual’s well being and health. Religion organizes the system of beliefs and practices. Spirituality connects self to self-others nature and ultimate others. Spiritual health maintains harmonious relationships with other living things and having otherworldly heading and reason. This incorporates living according to one’s ethics, morals, and values.

प्राकृतिक इतिहासमा नियन्डरथल किन विलुप्त भयो?

डा. नवराज सुब्बा

मानवजाति (होमोसेपियन्स) आजभन्दा दुईलाख वर्षपूर्व अफ्रिकामा देखा परे । नियन्डरथल आजभन्दा तीनलाख वर्षपूर्व दक्षिणी युरोपमा देखा परे । नियन्डरथल जातिका ती पुर्खाको एक वंश आजभन्दा ३८,००० वर्षपूर्व संसारबाट लुप्त भयो । नियन्डरथल कस्ता थिए? यिनीहरु किन विलुप्त भए? मानवजातिलाई यिनीहरुको योगदान के रह्यो? भन्ने उत्तरको खोजी गर्दैछु ।

हामीलाई कस्तो खुशीको आवश्यकता छ?

डा. नवराज सुब्बा

मानिसले सबैभन्दा बढी चाहेको कुरा के हो भनेर सोधेमा सबैले ‘खुशी’ नै उत्तर दिनेछन् । मानिसले धेरै अघि देखि खोजेको र अझै पनि पूर्ण रुपमा पाउन नसकेको यो खुशी नै हो । खुशीको बारेमा मानिसले धेरै सोचे, विचारे तर अझै पनि मानिस निक्र्यौलमा पुगेका छैनन् । आखिर यो खुशी के हो ?

यो खुशी विषयमा ग्रीसेली दार्शनिक अरस्तुले सर्वप्रथम दर्शन नै स्थापित गरे । उनका अनुसार खुशी भनेको असल मानिस हुनु हो । साथै कसैको दासत्वमा नपरिकन स्वाभिमानमपूर्वक बाँच्नुलाई नै अरस्तुले खुशी माने । यसैले खुशी एउटा लक्ष्य बन्यो र हासिल गर्न कठिन भयो । अर्का ग्रीसेली दार्शनिक एपिक्युरसका अनुसार खुशी सानातिना कुराबाटै प्राप्त हुने गर्दछ ।

स्वास्थ्य, जनस्वास्थ्य र सामाजिक न्याय

डा. नवराज सुब्बा

स्वास्थ्य के हो? यसमा हाम्रो धारणा एकनासको छैन । कसैलाई स्वास्थ्य भनेको रोग नलाग्नु, बलियो हुनु, फूर्तिलो हुनु, पातलो हुनु, त कसैलाई मोटोघाटो खाइलाग्दो हुनु भन्ने लाग्दछ । जनप्रतिनिधिलाई स्वास्थ्य के हो भनेर सोधे डाक्टर, औषधी, अस्पताल, एम्बुलेन्स आदि नै स्वास्थ्य हो भन्ने बुझाइ पाइन्छ । यसैगरि जनस्वास्थ्य भनेको के हो? भनेर धारणा बुझेमा धेरैलाई स्वास्थ्य र जनस्वास्थ्य भनेको एकै हो भन्ने नै छ । जान्ने बुझ्नेले पनि जनस्वास्थ्य भनेको परिवार नियोजन, खोप, महामारी नियन्त्रण, स्वास्थ्य अभियान चलाउने कार्यालय हो भन्ने बुझाइ रहेको पाइन्छ । यी बुझाइ पूर्णतः गलत नभए पनि अपूर्ण वा अधूरा छन् । हाल स्थानीय सरकारको व्यवस्था भएको छ । जिल्ला स्तरमा जनस्वास्थ्य कार्यालय नरहेको र सो कार्य समेत स्थानीय सरकार चलाउने व्यवस्था भएकाले यसबारे मूलभूत जानकारी र धारणा स्वरूप केही कोर्दैछु ।

पहिचानको मनोवैज्ञानिक आधार

डा. नवराज सुब्बा

नेपाल लगायत विश्वमा आजकल पहिचानको लहर उर्लेको छ । म फलाना जाति, म साहित्यकार, म महिला, म उच्च घराना, म फलाना व्यवसायी, म यो वा त्यो दलको मान्छे, म फलाना क्लब वा खेलाडिको प्रशंसक, म बेलायती आदि इत्यादि । यो पहिचानको सवाललाई राजनीतिक र सामाजिक दृष्टिकोणबाट मात्र विश्लेषण गर्दा यसले थप जिज्ञाशा निरन्तर जन्माउँछ । यसैले यो विषय सामाजिक अध्ययन र राजनीतिको लागि मलिलो बनेको छ । तर यस विषयमा पर्याप्त बुझाइ हुन नसके पनि आ–आफ्ना निष्कर्ष निकालिन्छन् । निष्कर्षलाई आफू अनुकूल व्याख्या र प्रयोग गरिन्छन् । आज प्राज्ञिक जगतका विविध आयाममा यसबारे के के काम वा अध्ययनहरू भइरहेछन् जान्न जरूरी भएको छ । यसबारे सामाज मनोविज्ञान क्षेत्रमा पहिचानलाई कसरी लिइन्छ वा बुझिन्छ भनेर विभिन्न धारणा र सिद्धान्तको विकास भएको पाइन्छ । यसले समाज र समाजको गतिविधि बुझ्न सहज बनाएको छ ।

किरात मुन्धुम सुन्दरतम् मानव चेतना

  • डा. नवराज सुब्बा

(क) पृष्ठभूमि

मुन्धुमको मूल मौखिक परम्परा
मुन्धुम मौखिक परम्परा हो । यो लोक साहित्य हो । यसलाई साम्बा, येबा, येमा, फेदाङबाको मुख–मुखमा झुण्डिदै आएको थतुनोमा विकसित थुतुरे वेद पनि भनिन्छ । लामो पुस्तामा ज्ञानको हस्तान्तरण हुँदै जाँदा यसको मौलिकतामा केही फरक पर्न सक्दछ । यसैले विभिन्न पुस्तामा, भिन्न स्थानमा पाइने मुन्धुममा विविधता पाइन्छन् । यसैले समय र भूगोलको प्रभाव मुन्धुममा पर्नु स्वभाविक छ । यसैले लेखनविधिको विकास भएपछि मुन्धुमलाई पनि लिपिवद्ध गर्ने प्रयास भए ।

मुन्धुमको लेखन परम्परा
नवौं/दशौं शताब्दीमा किराती राजा श्रीजङ्घाले धर्मशास्त्रलाई लेखन परम्परामा ढाल्ने पहिलो प्रयास गर्नुभएको इतिहास पाइन्छ । आठौं शताब्दीमा नै तिब्बतका राजा थिसोङ डिसोङले भारत पाटलीपुत्र (पटना) बाट विद्वानहरु पं. पद्मसम्भव, सन्त रक्षित, विमल मित्रलाई बोलाएर उनीहरुको योगदानसमेतले तिब्बतमा वौद्धधर्म शास्त्रको लेखन उत्कर्षमा पुगेको अवस्था थियो । ती विद्वानहरुले तिब्बतमा अन्य स्थानीय विद्वानहरु समेत जन्माएका थिए । त्यसकारण तिब्बत ज्ञानको केन्द्र बनेको थियो । त्यही अवसरको फाइदा उठाउँदै श्रीजंगाले त्यहाँ गएर विद्वानहरुको सहयोगमा लिपीको विकास गरे र वौद्धग्रन्थ साथै मुन्धुमलाई उक्त लिपीमा उतारे । जसलाई पछि श्रीजंघा लिपी भनियो । त्यसको एक शताब्दी पछि अठारौं शताब्दीमा ते–ओङसी–श्रीजंगा थेबेले सावा येत्हाङ, सुसुवा लिलिमको उपदेशलाई मुन्धुमको रुपमा प्रकाशित गर्नुभयो  (Marohang, 2017)। मुन्धुम लेखनको तेस्रो प्रयास स्वरुप, सन् १९८५ जुलाईमा कालिम्पोङमा मैतसिंह थेगिमको अध्यक्षतामा बसेको एक वैठकले मुन्धुमका ज्ञाता लालसोर सेन्दाङलाई प्रचलित मुन्धुम संकलन गरेर लेख्न लगाउने निर्णय ग¥यो । लालसोर सेन्दाङले त्यसबेला लेखेको मुन्धुमकै आधारमा इमानसिंह चेम्जोङले किरातको मुन्धुम (१९६१) प्रकाशित गर्नुभयो । सोही मुन्धुम  हाल आधिकारिक मुन्धुमको रुपमा किरात याक्थुङ समुदायमा प्रचलित छ ।

इतिहासकार इमानसिंह चेमजोङद्वारा संकलित/सम्पादित  ‘किरात मुन्धुम’ (1961[2003]),  किरात दर्शनको सारांश (1969[2003]) ग्रन्थहरूमा आधारित रहेर मुन्धुमबारे सामान्य चर्चा गर्दैछु । श्रुति परम्परामा आधारित लोकसाहित्यको रुपमा विकसित महाकाव्यलाई तीन देखि १२ दिन रात लगाएर तङसिङ गर्दा मुन्धुम गाइन्छ । यति लामो महाकाव्यलाई लिपिवद्ध गर्नु स्वयम्मा चुनौतिपूर्ण कार्य हो । लेखकले पुस्तक लेखनका क्रममा सिरिजङ्घा लिपि, रोंग लिपि र चन्द्रपुलिङ लिपिमा लेखिएका हस्तलिखित ६ वटा पुस्तकहरुको आधारमा मुन्धुम लेखिएको बताउनु भएको छ ।

कोशी मेची नामाकरणमा किरात प्रभाव

डा. नवराज सुब्बा

पृष्ठभूमि
इतिहासकार इमानसिं चेमजोङ (2003a)ले किरात इतिहास र संस्कृत पुस्तकमा मार्केण्डेय पुराणलाई पनि स्रोत मान्नु भएको छ । पुराणका अनुसार महाभारतकालमा प्रभुख सात किरात राज्यहरू अश्वाकुट वा काबुल, कुल्य वा कुलु उपत्यका, मत्स्य वा उत्तर विहार, पौन्ड्रा वा बंगाल, सुमर वा आसाम, मलक वा म्लेक वा लोहित, किन्नर वा किरात वा गढवाल र नेपाल थिए । किरात राष्ट्रहरूमा खम्बोज वा खम्बोजा, यभव वा ग्रीक, सक वा सिथियन, पल्लभ वा पार्थियन, परशिका वा पर्सियन, परद वा बाल्हिका, चिनीया किरात वा असुर र खस थिए । आर्यहरूले यिनीहरूलाई शुद्र संज्ञाले हेयभाव प्रकट गरेको मनुस्मृति दशौं अध्यायमा उल्लेखित छ । आर्य संस्कृति नमिलेर अलग्याउन खोजेको संस्कृत साहित्यले किरातको गरिमामय उपस्थिति रहेको महाभारतकालमा देखाउँछ । उक्त कालमा विहारमा हर्वाहाङ र बंगालमा दर्बाहाङ र मोरङ क्षेत्रमा विराथ, झापा क्षेत्रमा किचक र सत्य नामका किरात राजाहरू राज्य गर्दथे । त्यसमध्ये विराथ (विराट) प्रसिद्ध राजा थिए जहाँ पाँच पाण्डव गुप्तवास बसेका थिए (Chemjong, 2003a)।