पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

डा. नवराज सुब्बा

साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ति चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चश्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रीत छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु । (more…)

Continue Readingपूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत केही आधारशिलाहरू

आदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

संस्मरण – डा. नवराज सुब्बा

श्री गणेशबहादुर राई सरस्वती डि.एस.बी. मिडिल स्कुल तेह«थूमको प्रधानाध्यापक भएर २०१८ सालमा आठराई हाङपाङ आएको साल म जन्मेको रहेछु । यो विद्यालय कालान्तरमा क्रमसः हाइस्कुल हुँदै हाल उच्च माद्यमिक तहको विद्यालय बनेको छ । स्मरण रहोस्, ताप्लेजुङ जिल्ला अन्तर्गत पर्ने यो हाङपाङ गाउँ हाल संघिय नेपालको आठराई त्रिवेणी अन्तर्गतको हाङपाङ वडा भएको छ, जुन वि.स. २०३२ सालभन्दा पहिले तेह«थूम जिल्ला अन्तर्गतको एक दुर्गम पञ्चायत थियो । मैले गणेशसरलाई सानैदेखि गाउँमै देखेकाले उहाँ हाङपाङकै रैथाने जस्तो लाग्दछ । मेरो उमेर बढ्दैं जाँदा मैले बुझें, हाम्रोतिर शिक्षक नपाएर एक योग्य शिक्षकको खोजीमा उहाँलाई दार्जिलिङबाट फकाएर, बोलाएर, ल्याएर हेडसर पदमा स्थापित गरिएको रहेछ । त्यसबेला हाम्रो क्षेत्रमा विद्यालय उति थिएनन् । शिक्षक खोज्दा मान्छे पाउनै मुस्किल पर्ने कालमा दार्जिलिङमा पढेर बी.ए. पास गरेका एक होनाहार युवकलाई मनाउन गाउँका अग्रजहरू सफल भएका रहेछन् । उहाँका पिता भारतीय सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँका पिता तेह«थूमस्थित भारतीय सैनिक डिष्ट्रिक्ट सोल्जर्स बोर्डको कार्यालयमा भएको बेला आफ्ना छोरा गणेशबहादुर राईलाई बोर्डले केही सहयोग गरेको, मूलतः जनताले नै चन्दा उठाएर चलाएको सरस्वती स्कुलमा शिक्षकको रूपमा ठूलो जोखिम र जिम्मेवारीसाथ पठाउनु भएको रहेछ । (more…)

Continue Readingआदर्शवान गुरु श्री गणेशबहादुर राईको शब्दचित्र

समता साहित्य प्रतिष्ठानको स्थापना

<
फागुन ११, २०७४ विराटनगर ।
ओझेलमा परेका नेपाली राष्ट्रभाषा तथा मातृभाषाको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले प्रदेश न. १ का साहित्यकारहरुको पहलमा विराटनगरमा समता साहित्य प्रतिष्ठानको स्थापना गरिएको छ । साहित्यकार डा. नवराज सुब्बाको अध्यक्षतामा बाबुराम श्रेष्ठ ‘वर्षा’, शिवनाराण पंडित ‘सिंगल’, दीपबहादुर खापुङ, प्रेमप्रसाद संजेल, दीपक सम्चु, पुलिस विश्वास र लक्ष्मण नेवटिया रहेको कार्यसमिति गठन गरिएको छ । (more…)

Continue Readingसमता साहित्य प्रतिष्ठानको स्थापना

भोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

दुईजना साथी पाहुना गएछन् । खाना खानेबेलामा घरपति आमैले जब मासुको प्लेट अघि सारिन् तब एकजना साथीले अर्कालाई देखाउँदै ऊ त मासु खाँदैन साकाहारी हो भन्दिएछ, मुखैमा आएको मासु त्यसपछि फिर्ता लगिएछ । यसरी त्यहाँ रुनु न हाँस्नु भएछ । साथीको ख्यालठट्ठाले आफ्नै अर्को साथी मासुभात खानबाट बञ्चित भएछ । यो त एक ठठ्ठा हो तर आज यस्तै हर्कत साँच्ची नै गरिदैछ । सन्दर्भ हो बृद्धभत्ता पाउने उमेर ७० वर्षबाट ६५ वर्षमा हालै सरकारले गरेको निर्णयप्रति भएको विवाद । वास्तवमा यो विवाद अनावश्यक विवाद हो । राज्यको ढुकुटीको दुहाई दिएर तर्साउन खोज्नु मनोवैज्ञानिक दृष्टिले परपीडक आत्मरतिको द्योतक हो । यस्तो तर्क तिनैको पाइयो जसको राज्यको ढुकुटीमा प्रत्यक्ष र परोक्ष पहुँच र प्रभाव छ । यसबारे न प्रभावित वर्ग बोलेको छ, वा साँच्चै पाउनु पर्ने वर्ग न बोल्न सक्छ नै । (more…)

Continue Readingभोको भन्छ डाँडावारी खाउँ अघाएको भन्छ डाँडापारी खाउँ (विचार)

भाइरल ज्वरो इन्फ्लुएन्जा

(डा.नवराज सुब्बा)
जनस्वास्थ्यमा इन्फ्लुएन्जालाई तीन किसिमले बुझ्न र र बुझाउन सकिन्छ । तीनै किसिमका इन्फ्लुएन्जा रोगका कारक भाइरसका विभिन्न प्रजाति हुन्छन् जसबाट मानिस र पशुपङ्खीहरूमा इन्फ्लुएन्जा रोग लाग्दछ ।
पहिलो हो, मौसमी अर्थात् सिजनल इन्फ्लुएन्जा जसमा श्वासप्रश्वास प्रणालीमा असर गर्दछ फलस्वरूप खोकी लाग्ने, घाँटी दुख्ने र ज्वरो आउने गर्दछ । यो रोग प्रायः भाइरसको पुरानो प्रजाति अर्थात् भाइरस ‘ए’ बाट लाग्दछ । नेपालमा यो रोगको प्रकोप जाडो सुरु हुने समयमा स्थानीय रूपमा फाटफुट र कतै महामारीको रूपमा देखा पर्दछ । साथै गर्मी याममा पनि मौसम परिवर्तनसँगै केही सङ्ख्यामा यो रोगको प्रकोप देखा पर्दछ । (more…)

Continue Readingभाइरल ज्वरो इन्फ्लुएन्जा