Nepali Folk Songs

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ

१
हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमा
कुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर ।

फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलै
ढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस ।

हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतै
हो नि हुन त मायालाई सम्झेर रुन्छ नि मन त ।

आकासैमा चील घुम्यो फनफनी जाउँ कि बसौं भइसक्यो मन पनि
गैरी सिमलटार म आउँछु मंगलबार माया नमस्कार ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download  / preview

२
फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी
उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे ।

मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई
कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई ।

सिउरेको फूल ओइलेर झर्यो चैतको घामले
व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

३
सबैले देख्छन् बन डढेको बे
तर कसले देख्छ मन डढेको बे ।

अचारै मीठो रामभेंडाको बे
सम्झना आउँछ उहीबेलाको बे ।

रुखैमाथि चरी कठैबरी बे
आँशु झर्यो बरर आँखैभरी बे ।
(शब्द/स्वर– नवराज सुंब्बा, संगीत– लिम्बू लोकलय, नेपाली लोकगीत, एल्बम- हिमालैमा हिउँ) download / preview

४
चिनिन नभन साथी चिन्दिनँ नभन
गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन ।

फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल
यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल
आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।

रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान
जीवनसाथी साधना मेरो निरन्तर अभियान
कतै गाह्रो भो नभन प्रिय मान्दिन नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।
(शब्द– नवराज सुब्बा, संगीत/स्वर– साजन राई, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

५.
जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा
नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा
आयो होली, खेलौं होली, नाचौं होली,
होलीको रूपरङ्गमा ।

बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ
के मधेस, के पहाड मीठो सद्भाव छ
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।

रङ्गीविरङ्गी सपना फुल्ने हाम्रो मन यो
सप्तरङ्गी इन्द्रेनी झुल्ने यही जीवन हो
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।
(शब्द– नवराज सुब्बा, संगीत÷स्वर– सुमित खड्का, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

Similar Posts

  • |

    Deshko Maya

    ३ देशको माया देशको माया गर्नु भन्या आफैलाई चिन्‍नु रैछ धरतीको धुकधुकी र बोली सबको सुन्‍नु रैछ । आँखा हाम्रो अगाडि छ अगाडि नै बढ्नुपर्छ अतीतका तीता भूल्दै मिलीजुली जुट्नुपर्छ देशको माया गर्नु भन्या स्वार्थलाई त्याग्‍नु रैछ शहीदको सपनालाई मनमा सम्झिराख्नु रैछ । गरिखाने हात कहिले बाधिराख्न हुदैन है कर्मशील पाइलाहरू रोकिराख्नु हुदैन है देशको…

  • Nepali Modern Songs

    एल्बम– बहारसंग १ ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेन जलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिन बनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)   २ गुलाफको…

  • |

    Mana Ra Maato

    ७ मन र माटो  मन र माटोको पवित्र यो नाताहाम्रो एकता हाम्रो सफलताहङकङ नेपाली महासंघबसौं हामी मिलिजुलीसँग । आकाश हाम्रो यही धरतीमा बासकर्मले डोर्यायो हामीलाई प्रवास । सगरमाथा गौरव शिरमा राख्दछौंनेपाली पौरखलाई विश्वभरि छर्छौं । बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मानवीर गोरखाली हामी पुर्खाको राख्छौ शान । (शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम–…

  • |

    Jali Maya

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- २ जाली माया जाली माया लाउनुरैछ चिनो रुमाल जाली दियौ चोखो माया लाएकोथें प्रेमी पागल गाली दियौ । दिलमा कतै छैन मेरो मन काट्ने कैंची हजुर किन आकाश उधारेर बादलले टाली दियौ । नयनमा बग्ने आँसु नुनिला छन् भन्थ्यौ हजुर मनको सफा तलाऊमा धमिलोपन हाली दियौ । सुरमा मैले…

  • |

    Ae Bahar

    १ ए ! बहार ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छआँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेनजलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिनबनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)

  • |

    Sabaile Dekchhan

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ३ सबैले देख्छन् सबैले देख्छन् बन डढेको बे तर कसले देख्छ मन डढेको बे । अचारै मीठो रामभेंडाको बे सम्झना आउँछ उहीबेलाको बे । रुखैमाथि चरी कठैबरी बे आँशु झर्यो बरर आँखैभरी बे । (शब्द/संगीत/स्वर– नवराज सुंब्बा, एल्बम- हिमालैमा हिउँ)