पोखरेलजी नाम जस्तै मधु

भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।

प्रस्ताव

तिम्रो न्यानो छातीमा बिसाएका मेरा सपनाहरू बसन्तमा फुल्ने फूलहरू हैनन् जसलाई शिशिरले झार्न सकोस् लालुपाते र बाबरी होइनन् माया जो वर्षैपिच्छे टिप्न सकियोस्

परदेशीको सपना

मनमा बिछ्याएर उनेका मायाका पोतेहरू तिम्रो गलामा बिसाएर तिमीसँग बिदा माग्दा धेरै बेर रोएथ्यौ तिमी सपनीमा अहिले ब्यूँझेर हेर्दा पो देखें तिमीले मेरो छातीमा झारेका आँसुहरू मेरै सिरानीमा झरेछन्

गीता ढकालले लिनु भएको अन्तर्वार्ता

स्नातकोत्तर शोधको लागि विद्यार्थी गीता ढकालले शोधनायक नवराज सुब्बासित लिनु भएको अन्तर्वार्ता

गीता ढकाल प्रश्न न. १. तपाईको बाल्यकाल र विद्यार्थी जीवनको सङ्क्षिप्त चिनारी लेखिदिनु हुन्छ कि ?

नवराज सुब्बाः माद्यमिक विद्यालयस्तरसम्म म कक्षाको पहिलो विद्यार्थी थिएँ । उमेरको हिसाबले कलिलो भए पनि म पढाइमा लगनशील र जेहेन्दार थिएँ । यसैले म सबै गुरुहरुको प्रिय शिष्य थिएँ । पढाइमा मात्र होइन म अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिएँ ।

पेशालाई चिर्दै ‘लुकेको रहर’ (भोजराज श्रेष्ठ)

धेरैलाई आफ्नो परिचय दिँदा पेशातिर झुकाव हुँदै दिने गरेका छन् । उनी आफ्नो परिचय पेशा भन्दा पनि फरक रूपले दिन चाहन्छन् । पेशाले उनी जनस्वाथ्य कार्यालयका प्रमुख हुन् । तर उनको नाम पेशा भन्दा पनि साहित्यकार भन्न रुचाउँछन् । उनी हुन् साहित्यकार नवराज सुब्बा ।

ओठ, खुशी र कविता

तिमीले मलाई एकान्तमा सोध्यौ भन कता चुमौं ? मैले ओठ दिएँ केही छिन चुमेर तिमीले फेरि सोध्यौ भन अब कहाँ चुमौं ?...