२
गुलाफको थूँगाभित्र मायालुको वासना पाउँछु
उड्ने मेरो मनभित्र तिम्रो मात्र सपना देख्छु ।
सुकेका यी ओंठहरु गीत गाइ रुझुँ भन्छ
चन्चले यी आँखाहरू कतै पुगी अल्झुँ भन्छ ।
साँचेको छु मुटुभित्र आइ यहाँ बस्ने गर
सपनीमा आउने माया विपनीमै आउने गर ।
(शब्द/स्वर– नवराज सुब्बा, संगीत– प्रेम भट्टचन, एल्बम– बहारसंग)
Gulaf… Lyrics- Nawa Raj Subba, Music-Prem Bhattachan,
Singer- D.B. Rai, Album- Bahar Sanga
३
गमलाको छातीभरी फुल्यौ आहा जीवनभरी
हाँस्दा कति सुहाएको गुलाफ र बाबरी ।
गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊ
पर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ ।
बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊ
ढल्की जान लागेको बैंशलाई फर्काइ देऊ ।
(शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग)
Gamala- Lyrics/Singer- Nawa Raj Subba, Music- Andrew Sithling, Album- Bahar Sanga
५
हाम्रो पहिलो पाइला चार दिवालले नरोक
सुन्दर हाम्रो भविष्य झ्यालखानामा नछेक ।
कलिला हाम्रा हातमा कलम कापी थमाऊ
निर्दोष छौं बालबालिका स्वतन्त्र खेल्न पाऊँ
बाआमाको यो सजाय हामीलाई नदिइयोस्
यो देशका सन्तान हामी सुयोग्य बनाइयोस् ।
हामी बन्ने छौं हीरा अँध्यारोमा चम्कने छौं
फूल फुल्दछ हिलोमा कमलझैं फक्रने छौं
हाम्रो सुन्दर सपना चन्द्रमाझैं मुस्कुराउँछ
उज्यालो हाम्रो विपना सूर्यझैं झल्मलाउँछ ।
(शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग)
Hamro Pahilo- Lyrics- Nawa Raj Subba, Music- Shakti Ballav, Singer- Sumit Khadka, Album- Bahar Sanga
६
पौराणिक, ऐतिहासिक, राजनीतिक संगम
आधुनिक शिक्षा, स्वास्थ्य, औद्योगिक मोरङ
चेतनाको बीऊ छर्छ कृषिभूमि मोरङ
हाम्रो मोरङ, राम्रो मोरङ, सबको मोरङ ।
धनपालगढी, गोग्राहा, रानी, बुधनगर
विराट गौरव समेट्छ यो विराटनगर
राजारानी पोखरी जेफालेडाँडा मनोरम
बेतना, हसिना सिमसार, रंगेली, मोरङ ।
सबै जाति मिलेर बनेको हाम्रो फुलबारी
छाती यसको चौडा छ अवसर बराबरी
आर्य, कोच, किरात इतिहास बोक्छ मैदान
गौरवपूर्ण यो नाता भुल्दैन हाम्रो मोरङ ।
(शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग)
Hamro Morang- Lyrics- Nawa Raj Subba, Music/Singer- Sumit Khadka, Album- Bahar Sanga
७
मन र माटोको पवित्र यो नाता
हाम्रो एकता हाम्रो सफलता
हङकङ नेपाली महासंघ
बसौं हामी मिलिजुलीसँग ।
आकाश हाम्रो यही धरतीमा बास
कर्मले डोर्यायो हामीलाई प्रवास ।
सगरमाथा गौरव शिरमा राख्दछौं
नेपाली पौरखलाई विश्वभरि छर्छौं ।
बुद्धभूमि, तपोभूमि, कर्मभूमिको मान
वीर गोरखाली हामी पुर्खाको राख्छौ शान ।
(शब्द– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वर– सुमित खड्का, एल्बम– बहारसंग)
८
नववर्षको नौलो स्पर्श छ आज तन मनमा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।
फूल पात डाली डुली जब गीत गाउछे चरी
होस हराउँदै जोस पलाउँछ आज यो मनभरि
फलोस् फुलोस् वैंश अब नबितोेस् बेकारमा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।
तिमीसँग भेट हुने दिन कैले आउँला भनी
यतिञ्जेल कुरें तिमीलाई दिन यो गनी गनी
स्वस्थ, सुख, समुन्नति म लेख्छु तिम्रै नाममा
यताउति खोज्छु तिमी दिनलाई शुभकामना ।
(शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग)
Naya Barsa- Lyrics- Nawa Raj Subba, Music/Singer- Sumit Khadka, Album- Bahar Sanga
९
निधारमा टीका र जमरा थाप्छौं आशीर्वचन
एकताको चाड दशैं मंगलमय शुभकामना ।
सयपत्री फूल फुल्यो रमाइलो भो आँगन
बाआमाको आशिशसंगै उच्च भयो भावना
परदेशी पनि घर फर्के रमाइलो भो जीवन
एकताको चाड दशैं मंगलमय शुभकामना ।
राम्रो लाउने मीठो खाने पर्व दशैं हेर न
मन सबका रमेका छन् जुटेका छन् खेल्न
जीवनमा शक्ति भर्ने शान्ति दिने मनमा
एकताको चाड दशैं मंगलमय शुभकामना ।
(शब्द– नवराज सुब्बा, स्वर संगीत– सुमित खड्का, एल्बम– बहारसंग)
Dashai geet- Lyrics- Nawa Raj Subba, Music/Singer- Sumit Khadka, Album- Bahar Sanga
४ आफ्नो भाग्य आफै लेख्ने दिन आफ्नो भाग्य आफै लेख्ने दिन आएको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । उर्ली आयो सललल समावेशी स्वर जनताको शक्ति आहा कति सुन्दर देशको माया नशा रैछ मात लागेको छ लक्ष्य पुग्ने साइत आज बल्ल जुरेको छ । फर्केको छ हिमाल हेर पहाड मधेशतिर मेची काली बगेका…
नेपाली गजल एल्बम– लुकेको रहर गजल- १ तिमीलाई माया गर्दा म त रित्तो प्याला बनेंछुहराई चाबी बाटोमा म त बन्द ताला बनेंछु । दुइ नयनमा वग्ने आँशु फरक भए कि कसोआफुलाई मात्र घोच्ने म त तीखो भाला बनेंछु । सिउरिदिएको त्यो फूल ओइली झर्यो कि कसोथाहै नपाई त्यो गलामा चुँडिएको माला बनेंछु । मलाई माया…
७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…
९ निधारमा टीका निधारमा टीका र जमरा थाप्छौं आशीर्वचनएकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगनबाआमाको आशिशसंगै उच्च भयो भावनापरदेशी पनि घर फर्के रमाइलो भो जीवनएकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर नमन सबका रमेका छन् जुटेका छन् खेल्नजीवनमा शक्ति भर्ने शान्ति दिने मनमाएकताको चाड…
३. सोध्न मन लाग्छ प्रितम् सोध्न मन लाग्छ प्रितम, भेट्न मन लाग्छ, नमिलेको प्रश्न एउटा, सोध्न मन लाग्छ । जिन्दगीको सुरु भन कहाँदेखि हुन्छ, संसार साँच्चै घुम्छभने भेट कैले हुन्छ । जत्ति हिडे पनि कतै, पाउँदिन म चौतारी, उकाली र ओरालीमा आउनु पर्ने द्यौराली । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : नरेन्द्र…
नेपाली गजल एल्बम– लुकेको रहर गजल- ७ त्यो मृत्युको आभास त्यो मृत्युको आभास आइरहन्छ किन कतै बोलाएझैं गीत गाइरहन्छ किन । म गीत गाउँदा गाउँदै ढलिजान सक्छु हरपल संगीत दिलमा छाइरहन्छ किन । लेख्दालेख्दै अक्षरले विस्तारै जलाइरहेछ केवल दुखिरहने शव्द पाइरहन्छ किन । सबैलाई बाँड्न रैछ यही मुटु प्यारो फकाई कसैले हरदम खाइरहन्छ किन ।…