Nepali Folk Songs

नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ


हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमा
कुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर ।

फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलै
ढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस ।

हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतै
हो नि हुन त मायालाई सम्झेर रुन्छ नि मन त ।

आकासैमा चील घुम्यो फनफनी जाउँ कि बसौं भइसक्यो मन पनि
गैरी सिमलटार म आउँछु मंगलबार माया नमस्कार ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download  / preview


फर्केर आऊ त्यो बाटो नजाऊ नक्कली ए कान्छी
उसले त भन्थी म सानी छु रे माया त लाउँदिन रे ।

मन्दिरको देउता बिरानो लाग्छ किन हो मलाई
कलिलो जोवन तिमीलाई दिन्छु नभन्नु कसैलाई ।

सिउरेको फूल ओइलेर झर्यो चैतको घामले
व्यर्थैमा माया नलाउनु रैछ एकझल्को हेर्नाले ।
(संकलन– नवराज सुब्बा, स्वर– नवराज सुब्बा र पारसमणि बराल, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview


सबैले देख्छन् बन डढेको बे
तर कसले देख्छ मन डढेको बे ।

अचारै मीठो रामभेंडाको बे
सम्झना आउँछ उहीबेलाको बे ।

रुखैमाथि चरी कठैबरी बे
आँशु झर्यो बरर आँखैभरी बे ।
(शब्द/स्वर– नवराज सुंब्बा, संगीत– लिम्बू लोकलय, नेपाली लोकगीत, एल्बम- हिमालैमा हिउँ) download / preview


चिनिन नभन साथी चिन्दिनँ नभन
गीताङ्गे भई उभिनँ आएँ चिन्दिनँ नभन ।

फुकाएँ मैले मनको भाखा लुकाऊ कतिन्जेल
यो मुटु मेरो निचोरिदिन्छु दुनियाँ नाचुन्जेल
आज नाच्दिनँ नभन संगी जान्दिनँ नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।

रहेछ गाह्रो बचाई राख्नु अटल स्वाभिमान
जीवनसाथी साधना मेरो निरन्तर अभियान
कतै गाह्रो भो नभन प्रिय मान्दिन नभन
गीताङ्गे भई उभिएँ तर चिन्दिनँ नभन ।
(शब्द– नवराज सुब्बा, संगीत/स्वर– साजन राई, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

५.
जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा
नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा
आयो होली, खेलौं होली, नाचौं होली,
होलीको रूपरङ्गमा ।

बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ
के मधेस, के पहाड मीठो सद्भाव छ
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।

रङ्गीविरङ्गी सपना फुल्ने हाम्रो मन यो
सप्तरङ्गी इन्द्रेनी झुल्ने यही जीवन हो
आयो होली, खेलौं होली, नाचौं होली
होलीको रूपरङ्गमा ।
(शब्द– नवराज सुब्बा, संगीत÷स्वर– सुमित खड्का, नेपाली लोकगीत एल्बम- हिमालैमा हिउँ) download / preview

Similar Posts

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…

  • |

    Ae Bahar

    २. ए बहार ! ए बहार ! तिमीसँग बोलूँ बोलूँ लाग्छ आँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तिहरू बल्न नै सकेन जलेको यो मुटु भने निभ्न नै सकेन  । मनमा फुल्ने फूलहरू सजाउन सकिन वनमा रम्ने कोइलीझैं गाउन सकिन  । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार : साजन राई, गायक : सुनिता लिम्बू, एल्बम:…

  • |

    Bivastale Badhiyeko Mancheko Jivan

    ७. विवशताले वाँधिएको मान्छेको जीवन विवशताले वाँधिएको मान्छेको जीवन पिजडाभित्र छट्पटीरहने मैनाझैं यो मन् । तिम्रो एक नजरले मनमा अनेकौ रहर जाग्छ लम्किएर छुन खोज्छु किनाराले सीमा तोक्छ । बिहानीको प्रतीक्षामा साँच्नै पर्यो जिन्दगी हजारौं दुःख लुकाएर बाँच्नै पर्यो जिन्दगी । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : सूर्य थुलुङ, एल्बम: अमूल्य जीवन, वि.स. २०३८ सालतिर रेडियो…

  • |

    Ae Bahar

    १ ए ! बहार ए ! बहार तिमीसंग बोलुँ बोलुँ लाग्छआँशु पुछि तिमीसंग हाँसु हाँसु लाग्छ । कति कति बत्तीहरु बल्नै सकेनजलेको यो मुटु मेरो निभ्ने सकेन । मनमा फुल्ने फूललाई सजाउन सकिनबनमा रम्ने कोइलीले झैं गाउन सकिन । (शब्द– नवराज सुब्बा, संगीत– साजन राई, स्वर– दीपक लिम्बू, एल्बम– बहारसंग)

  • Albums Overview

    ◦ गीतसङ्गीत (अडियो) १. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०) ◦ गीतसङ्गीत (भिडियो) १. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७) २. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७) ३. ‘नवराज सुब्बाको…