|

Aruko Lakha Aamako Kakha

Hami Pahile Nepali Album, Lyricist- Nawa Raj Subba,

(५) आमाको गीत

अरुको लाख आमाको काख कसरी खोसियोे
जलेझैं भयो मनमा आगो कसरी झोसियो ।

यो मनमै बस नबस बनमा न काँढामा
फिँजाएँ छाती आएर बस नजाऊ डाँडामा ।

मलाई यो के भो आमाको मन बुझ्न सकिन
उनको पीरको थाप्लोको नाम्लो बोक्न सकिन ।
(गीत रचनाकार- नवराज सुब्बा, संगीत- शक्ति बल्लभ, गायक- सुमित खड्का, एल्बम- हामी पहिले नेपाली)

Similar Posts

  • |

    Hey Janmabhumi Swarga Hau Timi

    हे ! जन्मभूमि स्वर्ग हौ तिमी छौ सदा अटलसन्तति हामी गाउदैछौ गीत जय होस् नेपाल । शिरमाथि टोपी दुइ हातले राखी ठडाइ हिमालमेची र काली रमाई गाउँछन् यही देश विशालयो इच्छाशक्ति ज्यूदो छ हेर प्रवल जनशक्तिहे वुद्धभूमी ! हे तपोभूमि ! जय होस् नेपाल । बहुलभाषा बहुसंस्कृति मूल फुट्छन् महानसबै जातजाति सम्पूर्ण धर्म उच्च र…

  • |

    Nepali Holi Song

    नेपाली लोकगीत/लोक आधुनिक गीत एल्बम- हिमालैमा हिउँ ५ जीवन खुल्छ जीवन खुल्छ सँगमा होलीको सात रङ्गमा नेपाली हाँसौं एक भई खेलौं होली उमङ्गमा आयो होली, खेलौं होली, नाचौं होली, होलीको रूपरङ्गमा । बाल, युवा, बृद्धमन सबमा उस्तै भाव छ के मधेस, के पहाड मीठो सद्भाव छ आयो होली, खेलौं होली, नाचौं होली होलीको रूपरङ्गमा । रङ्गीविरङ्गी…

  • |

    Bahar Sanga

    ३ गमलाको छातीभरी गमलाको छातीभरी फुल्यौ आहा जीवनभरीहाँस्दा कति सुहाएको गुलाफ र बाबरी । गुलाफी त्यो ओंठ खोली एकै थूँगा हाँसिदेऊपर्खि बरु बसौंला हाँस्नलाई सिकाइदेऊ । बाबरीको बासनाले जवानी त्यो ब्युँझाइ देऊढल्की जान लागेको बैंशलाई फर्काइ देऊ । (शब्द/स्वर– नवराज सुब्बा, संगीत– एन्ड्रयू सिथलिङ, एल्बम– बहारसंग) download

  • |

    Sagar Bhanda Gahiro

    ६. सागरभन्दा गहिरो सागरभन्दा गहिरो भयो हाम्रो माया सगर भई फैलियो चोखो हाम्रो माया । फूलमा बसी झुल्दछु जून जस्तै हाँस्दछ बग्दै जान्छ खोला भई दोभान पुगी मिल्दछ । दोमन हुन्छ कहिले बाटो भुलेझैं लाग्दछ बिर्सिन्छु म आफैलाई हराएँझैं लाग्दछ । (गीतकारः नवराज सुब्बा, सङ्गीतकार/गायक : साजन राई, एल्बम: अमूल्य जीवन)

  • |

    Deoralima Barpipal

    नेपाली गजल एल्बम– लुकेको रहर गजल- ८ देउरालीमा बरपिपल देउरालीमा बरपिपल आज बसेको देखिन सुगन्ध खोज्दै कस्तुरी आफैमा पसेको देखिन । अमर भन्ने के छ र तैपनि रहर मेटिन्न मर्दछ मान्छे निरन्तर कतै डसेको देखिन । लक्ष्य हो सुख सम्पत्ति यो पनि म मान्दिन दुःखमा हाँस्ने मानिस जीवनमा फसेको देखिन । देऊ मलाई दोष जति…