|

Kati Sunka Kura

नेपाली गजल एल्बम– लुकेको रहर


गजल- ९ कति सुनका कुरा

कति सुनका कुरा गरौं अब गुनका कुरा
गर्मी भो प्रिय थालौ अब जूनका कुरा ।

चाहिया हो न्यानोपन खोजियो त्रि्रो हृदय
आऊ देऊ अङ्गालो नगर उही ऊनका कुरा ।

आफन्त माया मारी पराय आफ्नो बनायौ
दाजुभाई गरिरहेछन् रातदिन खूनका कुरा ।

छ हिसाव बाँकी अझै चुक्ता गर्न निकै छ
छिमेकीले बिर्सेनन् पैंचो दिया नूनका कुरा ।

(शब्द रचना– नवराज सुब्बा, संगीत– शक्ति बल्लभ, स्वरः भीम चापागाइँ, गजल एल्बम– लुकेको रहर)

Similar Posts

  • |

    Hijo Bhanda Aja Ramro

    ५ हिजोभन्दा आज राम्रो हिजोभन्दा आज राम्रो आजभन्दा भोलि सधैं अघि बढ्ने युवा हामी शक्तिशाली । एकथोपा सुकीजाला हजार भए सागर बहुलताको एकताले समेटिन्छ संसार । जागरिला युवा हामी खेल्छौ नाना खेल रगतको होली होइन पसिनाको भेल । (शब्द रचना- नवराज सुब्बा, संगीत- सुमित खड्का, स्वर- सुमित खड्का, सुजाता राई, युनिसा लिम्बू, एल्बम- देशको माया)

  • |

    Simana Wari Prita Xa Eutai

    ७ सिमाना वारि सिमाना पारि प्रीत छ एउटै सिमाना वारि सिमाना पारि प्रीत छ एउटैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । लहरा समाई पहरा नाघ्दै उक्लिए आगनपैल्याई नाता मायाको चिनो ल्याएको साट्नडा“डा है वारि डाडा है पारि झरेको शीत जस्तैसुखमा हास्ने दुःखमा रुने छ गीत एउटै । दाजुभाइ हिड्ने बाटोमा आज कोरिए सिमानामनको पुल…

  • |

    Himalaima Hiun

                    १ हिमालैमा हिउँ  हिमालैमा हिउँ पर्यो हिउँदैमा, हातको सिंदूर खसेछ सिउँदैमाकुरकुरमा कुरकुर आलेपुर मालेपुर, मायातिरै सुर । फुलबारीमा फूल फुल्यो लरिलै जान्छ नि जोवन आउँदैन बरिलैढल्यो भालुबाँस लाग्दैछ मलाई माया तिम्रो आस । हिमालै हिउँ पर्यो हिउँ सेतै कि आउ यतै कि आउँछु म त्यतैहो नि हुन…

  • |

    Bahar Sanga

    ९  निधारमा टीका निधारमा टीका र जमरा थाप्छौं आशीर्वचनएकताको चाड दशैं मंगलमय शुभकामना । सयपत्री फूल फुल्यो रमाइलो भो आँगनबाआमाको आशिशसंगै उच्च भयो भावनापरदेशी पनि घर फर्के रमाइलो भो जीवनएकताको चाड दशैं मंगलमय शुभकामना । राम्रो लाउने मीठो खाने पर्व दशैं हेर नमन सबका रमेका छन् जुटेका छन् खेल्नजीवनमा शक्ति भर्ने शान्ति दिने मनमाएकताको चाड…

  • Ghazal

    Nepali-Gajal by Nawa Raj Subba Nawa Raj Subba, a ghazal lyricist, has released a solo album of Nepali-gajals titled “Lukeko Rahar”, with music by Shakti Ballabh. Voices have been provided by Narendra Pyasi, Jagdish Samal, Anju Pant, Mandvi Tripathi, Sumit Khadka, Shishir Yogi, Swarup Raj Acharya, Suresh Manandhar, and Bhim Chapagain. Nepali-gajal ‘लुकेको रहर‘ गजलकार…

  • Albums Overview

    ◦ गीतसङ्गीत (अडियो) १. ‘देशको माया’ देशभक्ति गीति एल्बम (२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (२०७०) ◦ गीतसङ्गीत (भिडियो) १. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो (२०६७) २. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–२’ भिडियो (२०६७) ३. ‘नवराज सुब्बाको…