कृति विमोचन

भाद्र ३०, २०७३ काठमाडौं ।

गीतकार डा. नवराज सुब्बाको दोस्रो गीतसंग्रह ‘मन र माटो’ विमोचित भएको छ । नेपाल स्रष्टा समाजद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा कुलपति गंगाप्रसाद उप्रेतिले सुब्बाको उक्त पुस्तकको विमोचन गर्नु भएको हो ।
release-mannramaato
स्रष्टा समाजका अध्यक्ष पवन आलोकको अध्यक्षतामा सम्पन्न समारोहमा परशु प्रधान, चन्द्रप्रसाद भट्टराई, शैलेन्द्र साकार लगायतका स्रष्टाहरुको गरिमामय उपस्थिति थियो । साहित्यकार सुब्बाका यस अघि तीन कवितासंग्रह, एक मुक्तकसंग्रह, एक गीतसंग्रह र दुई निबन्धसंग्रह गरि सात कृति प्रकाशित छन् ।
नेपाली सांगीतिक बजारमा सुब्बाका देशभक्तिगीतका दुई, गजलका एक, आधुनिकगीतका दुई र लोकगीतका एक गरि आधा दर्जन एल्बमहरु आइसकेका छन् ।

Similar Posts

  • TU 41st Convocation Day

    TU Convocation day note: The Ph.D. holders, toppers and all graduated students from the faculties in Tribhuvan University took part overwhelmingly in an august gathering  of 41st convocation on Dec 2, 2015, at Dasharath Stadium Kathmandu. Right honourable president of Nepal, Chancellor of TU or prime minister of Nepal and distinguished academicians were present on the occasion.   …

  • विराटनगरमा पूर्वाञ्चल स्तरीय भव्य कविगोष्ठी

    माघ ११ गते, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरद्वारा आयोजित पूर्वाञ्चल स्तरीय कवि गोष्ठी विराटनगरमा भव्य रुपमा सम्पन्न भयो । कृष्णभूषण वल, मनु मञ्जिल, उपेन्द्र पागल, मधु पोखरेल, ज्योति जंगल, मिश्र बैजयन्ति, कृष्ण बराल, कृष

  • विराटनगरमा कविगोष्ठी

    भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…

  • लुकेको रहर विमोचित

    मंसिर २९, २०६७ काठमाडौं । नवराज सुब्बाको गजल एल्बम “लुकेको रहर” विमोचन भएको छ । एक समारोहमा बरिष्ठ गीतकार रत्नसमशेर थापा, किरण खरेल, कालीप्रसाद रिजाल, वरिष्ठ गायक प्रेमध्जन प्रधान र वरिष्ठ आख्यानकार परशु प्रधानले संयुक्त रुपमा उक्त एल्वमको विमोचन गर्नुभयो । नयाँ स्वाद र स्वरुपमा बजारमा आएको उक्त एल्वममा सुब्बाका ९ वटा गजलहरु रहेको र…

  • “लुकेको रहर” पूरा हुन लाग्यो

    नवराज सुब्बाले आफ्नो ४९ औं जन्मोत्सवको अवसरमा संगीत र साहित्य क्षेत्रलाई नयाँ कोशेली आउन लागेको जानकारी दिएका छन् ।

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…