| | |

कोरोनाविरुद्ध नयाँ सामान्य !

(कविता)
– नवराज सुब्बा

घरमै बसेर म युद्ध लडिरहेछु
अस्पतालमा सुतेर युद्ध लडिरहेछु
शुभकामना मोबाइलमा छाम्दै
कोरोनायुद्धमा साथ दिइरहेछु ।

दुस्मन आफ्नै नाकमा पसेको छ
दुस्मन आफ्नै हातमा बसेको छ
मान्छे शत्रु देख्ने रोग छ आँखामा
कोरोना सुनेरै मान्छे ढलेको छ ।

रोगविरुद्ध चौमुखे चक्रव्यूहमा छु
रोग, भोक, शोक,त्रासले घेरियाछु
संक्रमित मर्ने बाँच्ने हिसाब टिप्दै
लकडाउनको दिनगिन्ति गन्दो छु ।

बाँचे पनि मुख देखाउन नपाइने
मरेपछि त झन् लास हेर्नै नपाइने
क्रियाकर्म धर्मकर्म गर्न भो गाहो
युद्धमा नयाँ सामान्य भो चाहिने ।

नमस्ते चलाउँ हात नमिलाउँ
हाय हेलो ठिक छ गला नमिलाउँ
हटाउँ अनावश्यक भेला भोज मोज
लौ अनलाइनमा अब बानी बसाउँ ।

 

Similar Posts

  • प्रस्ताव

    तिम्रो न्यानो छातीमा
    बिसाएका मेरा सपनाहरू
    बसन्तमा फुल्ने फूलहरू हैनन्
    जसलाई शिशिरले झार्न सकोस्
    लालुपाते र बाबरी होइनन् माया
    जो वर्षैपिच्छे टिप्न सकियोस्

  • खुशीको आँशु

    नवराज सुब्बा समृद्ध शहर विराटनगरकी दरिद्र आशा मगर आफ्नो सफलताको कथा यसरी सुनाइरहेकी छन् । “मलाई संस्थाहरूले व्यवसायिक तालिम र रु ३००० को सहयोग गरे । म दुई छाक खान नसक्ने अवस्थाको मान्छे अहिले दिनमा दुईसय रुपैया कमाउँछु र परिवारलाई पेटभरि खाना खुवाउन सक्षम भएकी छु । यसरी सहयोग गर्ने संस्थाका कर्मचारीहरू आज देख्दा मलाई…

  • तिमी देख्दा

    दिँदैनन् साथ कोही तर पनि म एक्लै नाच्दछु मेरा यहाँ कोही छैनन् ता पनि म बाँच्दछु जिउँने क्रममा यति बिघ्न च्यापमा परियो कि जो कोही देख्दा पनि म मुसुक्क हाँस्दछु । — (यो फोटोले प्रभावित भएर लेखेको सिर्जना हो । जेठ २३, २०६९ विराटनगर)  

  • परम्परा थाम्दाथाम्दै हैरान छन् लिम्बूहरू

    डा. नवराज सुब्बा बाल्यकालमा मैले अनुभूत गरेका लिम्बू समुदायका केही गतिविधि स्मरण गर्न चाहन्छु । आजभन्दा करिव ५० वर्ष अघि मेरो गाउँ आठराई हाङपाङमा अनौंठा गतिविधि हुन्थे । मेरो घर विद्यालयको नजिक थियो । विद्यालय लागेको बेला विद्यार्थी, शिक्षकहरूको चहलपहल हुन्थ्यो । तर असार साउन छुट्टि भएको बेला गाउँ सुनसान हुन्थ्यो । त्यसबेला सबैजना काम…

  • |

    कविता लेख्न बस्दा

    कविता— डा. नवराज सुब्बा म सधैं कवि हुँदिन—कहिलेकाहीँ एउटा पुरानो हुलाकी बन्छु,जसको झोलामा चिठीहरू छन्तर ठेगाना भने मेटिइसकेको छ।म जब शब्दहरू टिप्छु,ती अक्षर हुँदैनन्—खोलाको किनारमा आफै उम्रिएका ढुंगाजस्ता हुन्छन्,जहाँ हावा र खोलाको सललको संगीतलेआफ्नो गोप्य कथा सुनाइरहेको हुन्छ। चौतारीमा बसेको त्यो समयअहिले पनि मभित्र जिउँदै छ—हावाले पातहरूलाई सम्झाउँदैमलाई तिम्रो नाम सुम्सुम्याइदिन्छ,र म सोच्छु,यो गफ हो…