खण्डकाव्य ओऽऽ रिल्लो
…तुङदुङ्गेको सृष्टियात्रा
डा. नवराज सुब्बाको खण्डकाव्य “ओऽऽ रिल्लो …तुङदुङ्गेको सृष्टियात्रा” प्रकाशित भएको छ। करिव ३५० साम श्लोक र छ सर्गमा रहेको उक्त खण्डकाव्य लेखकको दोस्रो खण्डकाव्य हो।
पञ्चतत्त्व, जीवन र कानुनको सूक्ष्म विवेचना गर्ने किराती पात्र तुङदुङ्गेलाई यस खण्डकाव्यमार्फत पाठकसमक्ष उभ्याइएको छ। हाक्पारे लयमा संरचित यो कृति अब पाठकमाझ आएको छ।
यसतभित्र ‘सुम्निमा र पारुहाङ’ खण्डकाव्यमार्फत किराती जीवनदर्शनलाई नेपाली वाङ्मयमा स्थापित गर्ने तथा ‘गणतन्त्रको खेती’ लगायतका कालजयी कविताका स्रष्टा वरिष्ठ कवि विक्रम सुब्बाले कृति पढेर आशिर्वचन प्रदान गर्नुभएको छ।
नेपाली भाषाका पात्र र प्रवृत्तिलाई सूक्ष्म दृष्टिले केलाउन सक्ने समालोचक तथा लामो प्राध्यापन अनुभव बोकेका भूषण ढुङ्गेलका मूल्यांकन र विचार पनि यस कृतिमा समेटिएका छन्।
काव्ययात्राको पहिलो पुस्तकाकार कृति (२०६१) लाई आशिर्वाद दिनुहुने वरिष्ठ कवि बैरागी काइँलालाई पनि यस अवसरमा कृतिकारले हार्दिकतापूर्वक सम्झेका छन्।
लेखकले उहाँहरू काव्ययात्राका साक्षी मात्र होइन, पथप्रदर्शक पनि रहेको र उहाँहरूको विश्वास, सद्भाव र प्रेरणाले तुङदुङ्गेको यो सृष्टियात्रा पाठकसमक्ष आइपुगेको बताएका छन्।
Citation
Subba, N. R. (2026). ओऽऽ रिल्लो.तुङदुङ्गेको सृष्टियात्रा. In O. Rillo.Tungtungeko Sristikatha (1st ed., p. 106). Hamro Idea. https://doi.org/10.5281/zenodo.22724643
