चीत्कार

चीत्कार- मुक्तकसंग्रह
लेखक -नवराज सुब्बा
प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर ।

कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा केवल वैयक्तिक मुटुको चीत्कार मात्र छैन अचेलका कुर्सीप्रेमी सर्वदलीय नेताहरूले युधिष्ठिरधर्मी बनी हाम्रो नेपाल आमाको अस्मिता बेच्न जूवाको खालमा तिनलाई राखेको दुर्दशा देखेर घुँकघुँक रोक्न असमर्थ आत्माको रोदन पनि छ । म्यानपावर नाउँ गरेको संस्कृति हामी उपर लादिएपछि देखिने नेपालको युवा पुस्ताहीन दुर्गतिलाई उनले यसरी कलात्मक ढङ्गले व्यक्त गरेका छन्—

पढ्ने आँखा अनि देख्ने तारा बिलाए
सुन्ने कान अनि छहरा, पहरा सुसाए
फूल, पात, कोपिलाहरू खोसिएपछि
कविताभित्र आज विचरा चरा टोलाए ।


Preview/Download Click

Similar Posts

  • | |

    चीत्कार-मुक्तकसंग्रह

    परिचय चीत्कार-मुक्तकसंग्रह कवि नवराज सुब्बाद्वारा लिखित मुक्तकसंग्रह, २०६९ सालमा वाणी प्रकाशन, विराटनगरबाट प्रकाशित भएको एक महत्त्वपूर्ण कृति हो। यस पुस्तकमा काव्य विधाका १०१ मुक्तकहरू समावेश गरिएका छन्। मुक्तकहरू चार पंक्तिमा लेखिएका कविता हुन्, जसले एउटा पूर्ण विचारलाई समेट्ने गर्छ। यस संग्रहमा समाजको यथार्थ, व्यक्तिगत भावनाहरू, र राष्ट्रिय चेतनाका विविध आयामहरू झल्किएका छन्। चित्कारको सौन्दर्य र सन्दर्भ…

  • जीवन मेरो शब्दकोशमा

    श्री नवराज लिम्बू सुब्बाको "जीवन मेरो शब्दकोशमा" नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स.

  • | |

    मन-र-माटो

    देशप्रेम र संवेदनाको संगम मन-र-माटो डा. नवराज सुब्बाद्वारा लिखित एक प्रेरणादायी गीत-गजल संग्रह हो। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले २०७३ सालमा प्रकाशित यस कृतिले पाठकलाई देशप्रेम, समाज, र बाल मनोविज्ञानका विविध आयामहरूमा डुबाउने क्षमता राख्छ। संग्रहमा देशभक्ति गीत, बालगीत, सामुदायिक गीत, र गजलसहित चार दर्जन उत्कृष्ट रचनाहरू समावेश छन्। यस संग्रहले नेपाली माटोको सुगन्ध र मानिसको…

  • |

    Yuma Samyo

    Yuma Samyo: Cultural Patterns and Contemporary Issues Introduction The book critically evaluates not only the religious philosophy of Yuma religion,  but also its social, political, and cultural implications. Essentially, this book is not a limited religious text, but rather an analysis of a lived experience and indigenous religion-consciousness—where ‘originality’  is struggling not only in the…

  • | |

    सहिदलाई-सलाम

    सहिदलाई-सलाम: गीतसंग्रहको परिचय सहिदलाई-सलाम गीतकार नवराज सुब्बाद्वारा लिखित  एउटा प्रेरणादायी गीतसंग्रह हो। २०६६ सालमा साझा प्रकाशनबाट प्रकाशित यो कृतिमा ५८ विविध विधाका गीतहरू समेटिएका छन्। यस पुस्तकमा देशभक्ति गीत, बालगीत, लोकलयमा आधारित गीत, हास्य–व्यङ्ग्य गीत, र आधुनिक गीतहरू संग्रहित छन्। गीतहरूले नेपाली समाज, संस्कृति, र राष्ट्रिय चेतनाका विविध आयामलाई समेटेर पाठकको मन छुने प्रयास गरेका…

Leave a Reply