जीवन मेरो शब्दकोशमा

जीवन मेरो शब्दकोशमा – कवितासंग्रह
रचनाकार – नवराज सुब्बा
प्रकाशित मिति – २०६३ साल – वाणी प्रकाशन विराटनगर ।

नवराज सुब्बाको प्रस्तुत कृती पहिलो कवितासंग्रह हो । यसमा उनको प्रारम्भदेखिका रचना पाउन सकिन्छ । कवि बैरागी काईलाले यसमा भूमिका लेख्नु भएको छ । कृती तथा कृतीकारबारे काईला लेख्नुहुन्छ– नवराज लिम्बू सुब्बाको “जीवन मेरो शब्दकोशमा” नामक कविताकृतिको पाण्डुलिपि सरसरती पढ्ने अवसर पाएँ । यस संङ्ग्रहभित्र उनले वि.स. २०३५ देखि २०६२ सम्ममा लेखेका जम्मा ४६ कविताहरू संङ्ग्रहित छन् । युवावस्थादेखि नै जीवनयापनका लागि जागिरे भएका कवि नवराज लिम्बू सुब्बाले जागीरे जीवनको क्रममा मुलुकभित्र विभिन्न जिल्ला र गाउहरूमा जानुपर्दा वा कहिलेकाहि कामविशेषले राजधानी काठमाडौं धाउनुपर्दा जस्ता विभिन्न स्थान र समयमा कविताहरू लेखेका पाइन्छन् । समय र स्थानको भिन्नताले उनका कवितामा वैभिन्य ल्याएको भएतापनि सारतत्व भने जीवन र जगतप्रति उनको चिन्तन र धारणा नै मुख्य हो भन्न सकिन्छ ।

Nepali Version Preview/Download

Similar Posts

  • चीत्कार

    चीत्कार- मुक्तकसंग्रह लेखक -नवराज सुब्बा प्रकाशित मिति २०६९ -वाणी प्रकाशन विराटनगर । कवि नवराज सुब्बाको यो पहिलो मुक्तक संग्रह हो । यसअघि उनका प्रकाशित दुई कवितासंग्रहमा केही मुक्तकहरु समेत रहेकामा यसमा काव्य विधाकै १०१ मुक्तकहरू एकल संग्रहित रहेका छन् । कृतीमा भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेलको भूमिका रहेको छ । उनका अनुसार प्रस्तुत “चीत्कार” नामाङ्कित मुक्तकमा…

  • | |

    यात्रा-आधा-शताब्दीको

    यात्रा आधा शताब्दीको- कवितासंग्रहलेखक- नवराज सुब्बाप्रकाशित मिति- २०६८ साल । कवि नवराज सुब्बा उमेरको हिसाबले ५० वर्ष पुगेको अवसरमा प्रस्तुत कवितासंग्रह यात्रा आधा शताब्दीको प्रकाशित भएको छ । प्रस्तुत कवितासंग्रहमा ५० वटा कविता संग्रहित छन् । Introduction to the Anthology: Yatra Adha Satabdiko The anthology Yatra Adha Satabdiko by poet Nawa Raj Subba marks a…

  • बीच बाटोमा ब्यूँझेर

    बीच बाटोमा ब्यूँझेर- कवितासंग्रह कवि- नवराज सुब्बा प्रकाशित मिति २०६५ – मोडर्न बुक्स, काठमाडौं । कवि नवराज सुब्बाको यो दोस्रो कवितासंग्रह हो । यसभित्र २०६३ सालमा लेखिएका ७६ वटा कविताहरु संग्रहित छन् । प्रस्तुत कवितासंग्रहमा प्रा.डा. गोविन्दराज भट्टराईले भूमिका लेख्नु भएको छ । उहाँको भनाई यस्तो छ– नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका,…

  • Kirat Mundhum:

    Exploring the Ancestral Wisdom and Spiritual Ecology of the Indigenous Himalayan Kirat Civilization Dr. Nawa Raj Subba About the Book: ‘Kirat Mundhum– Of Earth and Ancestors’ Kirat Mundhum: Of Earth and Ancestors is a fascinating look at the Kirat people of the Himalayas, an ancient society whose spiritual beliefs go back before the Vedic era….

  • | |

    Health Seeking Behavior of Rajbanshi

    Research Topic: Health Seeking Behaviour of Rajbanshi community in Baijanathpur and Katahari of Morang Nepal Researcher: Nawa Raj Subba Year: 2001 Nepal is a country of multicultural, multi-religious, multi-lingual, pluralistic and mosaic society. Ethnic communities have their own distinct healing practices. It has been widely felt that access to modern medication in the rural as well…

  • Genealogy-2024

    The Genealogy of Phyang Samba 2024 What’s in a Genealogy? A Deep Dive into the Ancestry of the Phyang Samba Clan Genealogy is much more than a family record—it’s a bridge connecting the past, present, and future. In Kirat Rai and Limbu communities, significant life events such as birth, marriage, and death are marked with…

Leave a Reply