देशको माया

सबैभन्दा धेरै मलाई देशको माया लाग्छ
मेरा सन्तान भनी रुने देशको माया लाग्छ ।

प्रकृतीले बनाइदिए तराइ पहाड हिमाल
सुन्दरताको नाना खानी यही“ नै छ विशाल
परिश्रमी हात मिलाइ जुट्न मन लाग्छ
सबैजना मिलिजुली हिंड्न मन लाग्छ ।

म त जान्न परदेश गाउघर बिर्सी
जन्मिएको हुर्कीएको देशबाट उठी
यो देशलाई झिलिमिली बनाउने मन छ
अठोटलाई व्यवहारमा देखाउने मन छ ।

Similar Posts

  • दुर्व्यसन विरुद्ध गीत

    अमूल्य यो जीवनलाई नफालौं है खेर दुर्व्यसनलाई चिनेर टाढै बसौं हेर । धुम्रपान मद्यपान अनि लागुपदार्थ मानिसको जीवनलाई बनाउँछ ब्यर्थ । खेल खेलौं ब्यायाम गरौं अनि नाचगान सिर्जना या समाजसेवा सार्थक जीवन । सोंच राखौं सकारात्मक सुन्दर भविश्य आफूलाई गर्नुपर्छ आफैद्वारा सहयोग । श्रावण १५, २०६८ ।

  • शुभकामना गीत

    नव वर्षको नौलो स्पर्श छ आज तन मनमा यताउति खोज्छु तिमी दिनलाई  शुभकामना । फूल पात डाली डुली जब गीत गाउछे चरी होस हराउँदै जोस पलाउँछ आज यो मन भरि फलोस् फुलोस् वैंश अब नबितोस् बेकारमा यताउति खोज्छु तिमी दिनलाई शुभकामना । तिमीसंग भेट हुने दिन कैले आउँला भनी यतिञ्जेल कुरें तिमीलाई दिन यो गनि…

  • हामी पहिले नेपाली

    हामी पहिले नेपाली अनि मात्र अरू देश टुक्रिन दिदैनौं ज्यान दिन्छौं बरु । नेपाली चिनाउँने हिमाल सगरमाथा अरनीको कला र गोर्खाली वीरगाथा अखण्ड यो भूखण्ड हो यही स्वाभिमान फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान । माघीनाच, धाननाच, सिरुवा अनि रोदी झाँगडनाच, देउडा, झिंन्झिया हुन् ढुकढुकी हामीलाई बचाउने संस्कृति छ महान् फुट्नलाई हैन जुट्नलाई गरौं बलिदान ।

  • खेलकूद –गीत

    जिन्दगी यो एउटा रमाइलो खेल हो जीत हार स्वीकार्ने मित्रता र मेल हो । नारी पुरुष भेदभाव पर्खाल त्यो तोड्दैछौं मानवीय उत्कृष्टता उदाहरण बन्दैछौं । हिमाल जस्तो शिर छ तराई जस्तो छाती देशको नाम राख्नेछौं हातमा झण्डा बोकी । सगरमाथा काखमा सधैं हाम्रो माया छ मेची काली झैं बग्ने नरित्तिने माया छ ।

  • गीत

    पुतलीझैं खेलाउँछु आज आफ्नै मन सबै कुरा नलैजाऊ देऊ बालापन । ठेकान छैन के भयो यो मुखको बोली लैजाऊ बैंश बरु देऊ त्यो तोतेबोली लोभी भए आँखा आज पापी भए मन सबै कुरा नलैजाऊ देऊ बालापन । कुकु खेल्ने गट्टा खेल्ने हे मेरा साथी आउँला भन्थ्यौ हरायौ दोबाटोमा राखी कुर्दाकुर्दै जोवन गयो दोधार भो मन…

Leave a Reply