बादल र किसान

शिरमाथि
मडारिरहन्छ
कालो बादल
धम्क्याउँछे बिजुली
छाती, मुटु र कलेजोमा
निर्दयी चट्याङ लागेर
किसान कायल कायल छन्
यो वस्तिमा आँशुले निथ्रुक्क
अनि घायल मात्र छन्
गड्याङ गुडुङ …
विचरा सन्तानहरू
यो कालो बादललाई
सुख फलाउने मन्सुन ठानेर
झरीमा रुझदै रुझदै
सदियौंदेखि
दुःखी खेतीमा
जुटिरहेछन् ।

जेठ २०, २०६८ विराटनगर

जेठ २०, २०६८ विराटनगर

Similar Posts

  • केही कविताहरू

    कठघरामा उभिएर हो ! हो ! हो ! म सत्य सत्य बोल्दैछु आमाको परिभाषा म केवल आमा बुझ्दछु जोड्दछु नाता नानाथरि तर कदापि तोड्दिनँ यो नाता कतिन्जेल केरिरहन्छौ हिरासत–मुक्त गरिदेऊ मलाई अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ! भन, ती को हुन् ? जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन् माया गरेर बुई चढाइन् उनैको शरीरमा दिसापिसाब…

  • मनसुनको लय (कविता)

    डा. नवराज सुब्बा बादल हाम्रो गीत सुन्दैन एकोहोरो एक्लै गडगडाउँछ खलबल गर्दै हामीमाथि सल्बलाउँछ आतङककारी बादल वर्षेनी परेड खेल्छ हाम्रो तन मनमा बेसुर गड्याङ्गुडुङ तालमा कड्किन्छ मनसुन चट्याङ पार्छ ताण्डव नृत्य नाच्दै गहिरो हाम्रो मायालाई एक्कै छिन भए पनि चुडाइदिन्छ यो मौसमले यहाँ कस्तो झरी पर्छ ? न पेट भर्ने खेत रोपियो न मन भर्ने…

  • परदेशको पिँजडामा जून

    (कविता)— डा. नवराज सुब्बा धुलोले ढाकेथ्यो मेरो निधार,तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,म बाल्टी लिएर फर्कंदै थिएँ–एक बन्दुकले आकाश चिरेर सोध्यो—“कुन देशका हौ तिमी?” मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,शरीरमा थियो निद्रामा हराउँदाआमाले सुम्सुम्याएको कपालको अनुभूति,छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,तर जवाफ दिन मैले सकिनँ— मेरो देश त शान्त थियो,तर म थिएँ युद्धको बीचमा। यो मरुभूमिमा जून…

Leave a Reply