बीच बाटोमा ब्यूँझेर

सर्प लम्पसार
बीच बाटैमा
घाम तापेर बसेको छ
बाटो छोडेर भागूँ
कि कसरी र्सपलाई लखेटूँ !

सोच्दासोच्दै
कता अड्कियो खुट्टा
कहाँ भास्सियो जीवन !
यतिन्जेलसम्ममा त म
कहाँ-कहाँ पुग्नु थियो
के के गर्नु थियो ।

अचम्म !
र्सप कता लुत्त लुक्यो ?
सायद मैभित्र पस्यो कि !
लम्पसार छु म आज बीच बाटोमा
बाटो मैमाथि चढेर हिँडिसकेछ ।
कसैका पदचापले ब्यू“झेर बल्ल उठ्दै
जीउको धूलोमैलो टक्टक्याउँदैछु
आँखा मिच्दै नियाल्छु म
छाडिगएको मेरो भाग्य
कहा“ पुग्यो होला भनदै
पर… लक्ष्यसम्म ।

Similar Posts

  • परदेशको पिँजडामा जून

    (कविता)— डा. नवराज सुब्बा धुलोले ढाकेथ्यो मेरो निधार,तेलको गन्धले बिर्साइदियो गुराँसको सुवास,म बाल्टी लिएर फर्कंदै थिएँ–एक बन्दुकले आकाश चिरेर सोध्यो—“कुन देशका हौ तिमी?” मेरो श्वासमा अझै बग्थ्यो सप्तकोसीको स्वर,शरीरमा थियो निद्रामा हराउँदाआमाले सुम्सुम्याएको कपालको अनुभूति,छातीको न्यानो अझै जीवनजस्तो लाग्दथ्यो,तर जवाफ दिन मैले सकिनँ— मेरो देश त शान्त थियो,तर म थिएँ युद्धको बीचमा। यो मरुभूमिमा जून…

  • नदी निदाएको बेला

    केवल रमिता हेर्छन् तर रातो अचानामा बगेको महाभारत पढ्ने आँखा अझै उघ्रेनन् द्रौपदीको चीरहरणभन्दा कहालीलाग्दो जीवनहरण दिउँसै भइरहेछ नारीलाई बोक्सी आरोपित गरेर लछारपछार गर्दै दुनियाँ जननीको गला निमोठ्दै छ मानवशून्य बन्दै मान्छे दिसापिसाब मुखमा बलात् कोच्दैछ घाँटी थिचेर चीत्कार  दबाइँदैछ यसरी एउटी अबलाको जीवनयात्रा निषेध भएको छ ।

  • झरी र रित्ता गाग्रीहरू

    ‘हरहर महादेव पानी देऊ देऊ यत्तिले पुगेन अलि थपिदेऊ’ भन्दै रित्ता गाग्रीहरूको जुजुस हिड्यो सडकमा कैलाशमय कान छिचोल्न गगनभेदी बन्दूक पड्काइयो र मागियो झरी यसपाली खडेरीमा

  • भूकम्पको प्रतिध्वनि (Poem)

    – डा. नवराज सुब्बा आस्थाको आकाश हिजो खसेकै थियो टेकेको धरती धस्यो आज घामपानी छेक्ने घरहरू पनि भूकम्पसितै नाच्यो जब हामीमाथि एक मूठी स्वास फेर्न नपाएर उडे धेरै आत्माहरु कतै अरू पनि ढले यसबेला इतिहासका थुप्रै धरहराहरू ईश्वर बस्ने मठ मन्दिर र गुम्बाहरू

Leave a Reply