मेरो प्रारम्भिक गीतलेखन एवम् रचनागर्भ

बिक्रम सम्बतले त्यस्तै २०३०/३२ सालतिर नेपालको एक विकट उत्तरपूर्वी जिल्ला ताप्लेजुङको आठराई हाङपाङमा सरस्वती माद्यमिक विद्यालयमा त्यस्तै १२/१४ वर्षको नवराज सुब्बा नामको एउटा विद्यार्थी केटो ८/१० कक्षामा पढ्दथ्यो । हाइस्कुल छेउमै घर भएकाले गुरुहरुको संगतले होला हारमोनियम टयाँटयाँटुँटुँ गरेको देखेर सुनेर तथा गीत गाउन नाच्न फ¥याक फुरुक गरेको देखेर होला त्यसबेला विद्यालयका प्रधानाध्यापक गणेशबहादुर राई तथा संगीत शिक्षक बेनु चुँडालले यदाकदा उसलाई केही विद्यार्थीहरुका साथ अन्तिम घंटीमा गीत रिहर्सल गर्न अर्थात् गीत छान्न, गाउन, नाच्न अभ्यास गराउन भनी अर्हाउने गर्नु हुन्थ्यो ।
उसबेला विद्यालयका धेरै विद्यार्थी भाइबहिनीहरु गाउन चाच्न सिपालु थिए । त्यसमध्ये स्वर्गीय रामकुमारी प्रसाईको गायन सुरिलो थियो । त्यस्तै नाच्न सिपालु अन्य बहिनीहरु कृष्णकुमारी प्रसाई, सरला सुब्बा, मिरा प्रसाई र केटाहरुमा साह्रै फूर्तिला भाई टेकबहादुर खपाङ्गीहरुलाई अहिले पनि सभ्झिरहेको छु । हामी रिहर्शल कक्षा कोठाभन्दा अलि अलग रहेको संगम क्लबको हलमा प्रायः केही घण्टा गर्ने गर्दथ्यौं । अन्तमा हाम्रो कामको मूल्याङकन तथा सुझाव गुरुहरुले दिने गर्नु हुन्थ्यो । त्यसबेला हामीले गाउने, नाच्ने गीत भनेको हामीले जान्ने खालको अर्थात् टिप्न सक्ने खालको लोकगीत हुने गर्दथे । केही मात्रामा हामीले नै रचेको केही गीतमा लोकभाखा हालेर वा रेडियो नेपालमा बज्ने कुनै लोकप्रिय गीतको लयमा ढालेर गीत बनाइन्थ्यो । रिहर्शल पछि गीत वा नृत्य राम्रो भएमा गीत स्वीकृत हुने गर्दथ्यो । यसरी नै हामी विद्यार्थीहरुकै अग्रसरता तथा सक्रियतामा विद्यालय परिवार मिलेर गीत गाउदै र नाच्दै हामी विद्यालयको वार्षिक साँस्कृतिक कार्यक्रम गर्ने, विभिन्न उत्सव मनाउने तथा देउसी खेल्ने गर्दथ्यौं ।
जब सत्तरीको दशकमा आएर नवराज सुब्बाले एल्बम भकाभक निकाल्न थाल्यो त्यो देखेर उसबेलाकी एक पात्र उसकी बहिनी सरला सुब्बाले कुरैकुरैमा सोधिन् र सम्झाइन्– हामीले उहिल्यै विद्यालयमा गाउने नाच्ने गरेको ए बहार बोलको गीत पनि गाउनु नी । जसलाई उसबेला स्व. रामकुमारी प्रसाईले सुरिलो स्वरमा गाएकी समेत सम्झाइन् । नवराजलाई गीतको केही पाठ याद आयो तर सबै शब्द कण्ठ थिएन । त्यो पनि उसले सरलाकै सहयोगमा पुनःंस्मरण गरि पूरा भयो । गीत त फेला प¥यो तर संगीत मौलिक थिएन जसलाई संगीतकारको थप आवश्यकता प¥यो । रचना भएको तीन दशक पछि एकदिन गीतले संगीतकार साजन राईको सहयोगमा मौलिक संगीत पनि पायो र यसरी गीत पुनः मुर्झायो । यति मात्र हैन जसलाई नेपालका चर्चित गायक दीपक लिम्बूको स्वर पनि पायो । आज यो गीत रेकर्ड भएको पनि अब त झण्डै चारपाँच वर्ष भएछ ।
एल्बम निकाल्नु कति गाह«ो छ भने त्यो भनि साध्य छैन । आफनो स्वास्थ्यले पनि साथ दिएको छैन अझै पूरा सञ्चो छैन । जे भए पनि अब आउँदो माघको सहिद दिवस पारेर लोकार्पण गरेर मात्र यो मन शान्ति होला । अहिलेलाई एल्बमको पहिलो गीत अर्थात् ए बहार बोलको शीर्षगीत वा टाइटल सङ फेसबुक मार्फत् सार्वजनिक गर्दैछु । अन्तमा गीतकार अर्थात गीतको एक स्रष्टाका नाताले प्रस्तुत गीतको भावनामा अल्झिएका बल्झिएका उल्लेखित सबै पात्रहरु तथा संगीतमा सहभागी वाद्यवादक साथीहरुको योगदान प्रति गीतकार कृतज्ञ र नतमस्तक रहेका पनि बिनम्र जानकारी गराउँछु ।

Similar Posts

  • फेसबुकबाट पुस्तक लोकार्पण

    श्रावण १३, २०६९ शनिबार, विराटनगर नेपाल । नेपाली वाङमयका एक स्रष्टाका विविध आयाममा गरिएको नवीनतम् अनुसन्धानात्मक कृति हालै प्रकाशित गरिएको छ । त्रिभुवन विश्व विद्यालय मेची बहुमुखी क्याम्पस भद्रपुरमा स्नातकोत्तर तह नेपाली विषयमा अध्ययनरत चूडामणि बराइलीद्वारा लिखित तथा सम्पादित “व्यक्तित्वका विविध आयामहरूमा नवराज सुब्बा” नामक पुस्तक आज फेसबुक, ट्वीटर र वेभसाइटबाट एकसाथ विमोचित गरियो ।…

  • गुरुकुलमा साहित्यिक भेटघाट

    विराटनगर, १५ कार्तिक २०६७ । आरोहण गुरुकुल र पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले साहित्यिक भेटघाट र कवितावाचन कार्यक्रम सोमबार आयोजना गरेको छ । गुरुकुलमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरे, साहित्यकार रमा शर्माको समुपस्थितिमा सो भेटघाट कार्यक्रममा कविहरु नवराज सुब्बा, सुमन पोखरेल, रमाप्रसाद रिजाल, गण्डकीपुत्र, ज्याति जंगल, भूषण ढुंगेल, गोकुल अधिकारी, राधिका गुरागाइ, सविता…

  • असार १५ डायरी

    धान र संविधानमा के फरक छ ? धान ठूलो कि संविधान ? धान पहिले उम्रेको हो कि संविधान पहिले टुसाएको ? यस्तै अर्थ न बर्थका तर्कवितर्क मात्र मनमा आइरहन्छ किन ? आज असार १५ का दिन बाँदरथुम्कीमा बसेर रोपाइँ हेर्दा बढी मजा आउँछ कि सभाहलमा संविधान बनाउँदा देखिएको रमिता हेर्दा गजब देखिन्छ ?  पहाडमा गाउँ…

  • मेरो निजी अनुभूति र विचार

    गीत बज्दा रेडियो बन्द गर्नु पर्ने दिन अझै गएको रहेनछ । पंचायतकालमा नेपालका एकजना प्रसिद्ध लोकगीत गायकले गाएका केही लोकगीत रेडियो नेपालमा सुपरहिट भए तर अश्लील भयो भनेर चर्को विरोध पनि भयो । त्यसबेला उनका लोकगीत परिवारसंग बसेर सुन्न नसकिने भो भनेर गोरखापत्रमा समेत पाठक प्रतिक्रिया आएको थियो । नेपालमा बहुदल आएपछि मिडियामा कण्डमसम्बन्धी एउटा…

  • गीतसंगीतः मेरा मूल्य र मान्यता

    – नवराज सुब्बा कुनैबेला रचना गरेको तर बिर्सिसकेको सम्भवतः मेरो जीवनको पहिलो गीत करिब तीन दशक पछि अरूकै मुखबाट सुन्न पाएँ, आज । त्यस्तै ३०/३१ सालतिर म ९/१० कक्षामा पढ्दा मैले एउटा गीत रचना गरें । र रेडियो नेपालमा बज्ने एउटा लोकप्रिय गीतको धूनमा आधारित संगीत पनि भरें । अनि हारमोनियम बजाउँदै मादलको तालमा आफ्नै…

  • पोखरेलजी नाम जस्तै मधु

    भेट्यो कि हाँस-हाँस उठ्छ गजलकार मधु पोखरेललाई देख्दा । पल्लव साहित्य प्रतिष्ठान चितवनको निम्त्यालु भएर विराटनगरका हामी झण्डै आधादर्जन स्रष्टाहरू गइयो र भेला भइयो नारायणघाट स्थित बृद्धाश्रम सभाकक्षमा । प्रतिष्ठानको वार्षिक समारोह अन्तर्गत सम्मान आदि कार्यक्रम सकिएपछि कविगोष्ठीको आयोजना गरिएको थियो । गजलकार मधु पोखरेलले गजलवाचन गर्न माइकसामु उभिएर बोल्न थालेको केही बेरमै हतारहतार भुइँमा खसेको केही चिज टिप्नुभो । मैले सोचें, वहाँको हातको कुनै वस्तु जस्तै कलम वा कलमको विर्को आदि खसेकोले टिप्नुभएको होला । तर होटलमा फर्के पछि मेरी पत्नी चन्चलाले जब सो घटनाबारे बताइन् तब मात्र थाहा पाएँ कि त्यसबेला वहाँको दाँत नै पो खसेको रहेछ । पहिले त चन्चलाले पनि मुखबाट सुपारी खसेछ भन्ठानिछन् । तर भुइँबाट हतारहतार टिपेर मधुजीले पैण्टको गोजीमा हालेपछि मात्र दाँत रहेछ भनेर उनले चाल पाइछन् ।