विराट साहित्यिक सम्मेलन

पौष १०, २०६७ विराटनगर । छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असम र भुटानका नेपालीभाषी साहित्यकारहरु र नेपालका विभिन्न जिल्लाका साहित्यकारहरुको बृहद साहित्यिक सम्मेलन विराटनगरमा सम्पन्न भएको छ । श्री विराट साहित्य संगम विराटनगर र श्री लोककवि अलि मियाँ प्रतिष्ठान पोखराको संयुक्त आयोजनमा स्थानीय आरोहण गुरुकुलमा पुस्तक विमोचन, कार्यपत्र प्रस्तुती, बृहद कविगोष्ठी र सांगीतिक कार्यक्रम समेतको आयोजना गरियो ।

“ब्रम्हपूत्रदेखि नालापानीसम्म” नामक विराट साहित्य संगमबाट प्रकाशित पुस्तकको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतिले गर्नुभयो । यसैगरि “आसामी निबन्ध लेखन” शिर्षकमा असमका साहित्यकार ज्ञानेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्नुभयो । जसमा पश्चिम बंगालका साहित्यकार ज्ञानेन्द्र खतिवडाले कार्यपत्रमाथि टिप्पणी गर्नुभयो ।

दोस्रो चरणमा बृहद कविगोष्ठी आयोजना गरियो । असमका भविलाल लामिछानेले गोष्ठीमा “म जंगलको आवाज लिएर आउँदैछु” शिर्षकको शक्तिशाली कविताले श्रोतालाई स्तब्ध तुल्यायो । सिलिगुरीका पी.चन्द प्रधानले गोष्ठीको साहित्यिक माहौललाई आफ्ना कविताहरुले उल्लासमय बनाएका थिए । गोष्ठीमा प्रवासका मनि सापकोटा, कमल चौलागाई, नारायण प्रधान, युवराज काफ्ले, जितु मुस्कान लगायतले आ-आफ्ना रचना सुनाए । यसैगरि कविहरु बद्री पलिखे, मनु मञ्जिल लगायत सुनसरी, झापा, धनकुटा, पोखरा, भैरहवाबाट आएका कविहरुले आ-आफ्ना रचना सुनाए । विराटनगरका कविहरु भानुभक्त पोखरेल, नवराज सुब्बा, ज्योति जंगल, मधु पोखरेल, खेम नेपाली, सुमन पोखरेल, गोकुल अधिकारी, शुभलक्ष्मी लम्साल लगायतले पनि कविगोष्ठीमा आ-आफ्ना रचना सुनाएका थिए ।

तेस्रो तथा अन्तिम चरणमा सांगीतिक कार्यक्रमको आयोजना गरियो । प्रसिद्ध कलाकार जे.बी. टुहरे, स्थानीय युवा कलाकार साजन राई, जे.बी. थुलुङ लगायतद्वारा गुरुकुलको हलमा रमाइलो सांगीतिक कार्यक्रम प्रस्तुत गरियो ।

Similar Posts

  • स्रष्टाहरू सम्मानित

    श्री पल्लव साहित्य प्रतिष्ठान चितवनले साहित्यका विभिन्न विधामा उल्लखनीय सेवा गर्ने विभिन्न स्रष्टाहरूलाई हालै सम्मानित गरेको छ । साहित्यकार नवराज सुब्बा, प्रा.डा. गोपाल भण्डारी, रमा शर्मा, देवीप्रसाद बनवासी, दीपक सोती, कल्पना काफ्ले लगायतका स्रष्टाहरूलाई चितवन देवघाट स्थित एक समारोहमा सम्मान प्रदान गरियो । प्रमुख अतिथी छन्दनायक  माधव वियोगीले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाइ  सम्मानपत्र प्रदान गर्नुभयो…

  • शुभकामना गीत लोकार्पण

    २०७० बैशाख १ गते विराटेश्वर बृद्धाश्रममा बृद्धाश्रम अध्यक्ष जगतप्रसाद अर्याल, समाजसेवी दीनबन्धु गोयल र गीतकारले संयुक्त रुपमा शुभकामना गीत सार्वजनिक गर्नुभएको थियो । शब्दः नवराज सुब्बा, संगीतः सुमित खड्का, स्वरः सुमित र सोनिका । उक्त शुभकामना गीत निम्न फोटोमा क्लिक गरेर सुन्न वा डाउनलोड गर्न सकिन्छ ।

  • साँस्कृतिक कार्यक्रम

    कात्तिक ९, २०६८ । रंजनी, मोरङ । यसपालिको तिहारमा साँस्कृतिक कार्यक्रम गरी राष्ट्रिय एकता बढाउन गाउँ गाउँका युवाहरु उठेका छन् । मोरङको रंजनी दर्वेसा– ९ मा “सक्रिय युवा समूह” ले राष्ट्रियगीत, लोकगीत, लोकनृत्य सहितको सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

  • तीन स्रष्टा सम्मानित

    चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।

  • ‘अमूल्य जीवन’को लोकार्पण

    गीतकार नवराज सुब्बाको तेस्रो गीति एल्बम ‘अमूल्य जीवन’को विराटनगरमा लोकार्पण गरिएको छ । रेडियो नेपालीकी प्रथम गायिका रानुदेवी अधिकारीले एल्बमको लोकार्पण गर्नुभयो । गीतकार सुब्बाले शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहिद दिवसको अवसरमा निकालिएको गीति एल्बममा ९ वटा गीतहरु समावेश रहेको जनाउनुभयो ।

Leave a Reply