विराट साहित्यिक सम्मेलन

पौष १०, २०६७ विराटनगर । छिमेकी मुलुक भारतको पश्चिम बंगाल, असम र भुटानका नेपालीभाषी साहित्यकारहरु र नेपालका विभिन्न जिल्लाका साहित्यकारहरुको बृहद साहित्यिक सम्मेलन विराटनगरमा सम्पन्न भएको छ । श्री विराट साहित्य संगम विराटनगर र श्री लोककवि अलि मियाँ प्रतिष्ठान पोखराको संयुक्त आयोजनमा स्थानीय आरोहण गुरुकुलमा पुस्तक विमोचन, कार्यपत्र प्रस्तुती, बृहद कविगोष्ठी र सांगीतिक कार्यक्रम समेतको आयोजना गरियो ।

“ब्रम्हपूत्रदेखि नालापानीसम्म” नामक विराट साहित्य संगमबाट प्रकाशित पुस्तकको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतिले गर्नुभयो । यसैगरि “आसामी निबन्ध लेखन” शिर्षकमा असमका साहित्यकार ज्ञानेन्द्रबहादुर क्षेत्रीले कार्यपत्र प्रस्तुत गर्नुभयो । जसमा पश्चिम बंगालका साहित्यकार ज्ञानेन्द्र खतिवडाले कार्यपत्रमाथि टिप्पणी गर्नुभयो ।

दोस्रो चरणमा बृहद कविगोष्ठी आयोजना गरियो । असमका भविलाल लामिछानेले गोष्ठीमा “म जंगलको आवाज लिएर आउँदैछु” शिर्षकको शक्तिशाली कविताले श्रोतालाई स्तब्ध तुल्यायो । सिलिगुरीका पी.चन्द प्रधानले गोष्ठीको साहित्यिक माहौललाई आफ्ना कविताहरुले उल्लासमय बनाएका थिए । गोष्ठीमा प्रवासका मनि सापकोटा, कमल चौलागाई, नारायण प्रधान, युवराज काफ्ले, जितु मुस्कान लगायतले आ-आफ्ना रचना सुनाए । यसैगरि कविहरु बद्री पलिखे, मनु मञ्जिल लगायत सुनसरी, झापा, धनकुटा, पोखरा, भैरहवाबाट आएका कविहरुले आ-आफ्ना रचना सुनाए । विराटनगरका कविहरु भानुभक्त पोखरेल, नवराज सुब्बा, ज्योति जंगल, मधु पोखरेल, खेम नेपाली, सुमन पोखरेल, गोकुल अधिकारी, शुभलक्ष्मी लम्साल लगायतले पनि कविगोष्ठीमा आ-आफ्ना रचना सुनाएका थिए ।

तेस्रो तथा अन्तिम चरणमा सांगीतिक कार्यक्रमको आयोजना गरियो । प्रसिद्ध कलाकार जे.बी. टुहरे, स्थानीय युवा कलाकार साजन राई, जे.बी. थुलुङ लगायतद्वारा गुरुकुलको हलमा रमाइलो सांगीतिक कार्यक्रम प्रस्तुत गरियो ।

Similar Posts

  • कदर पत्र प्रदान

    २०७२ जेठ २ गते विराटनगर । त्रिभुवन विश्व विद्यालयबाट स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि (पिएचडि) गरे बापत डा. नवराज सुब्बालाई किरात याक्थुड चुम्लुड विराटनगर शाखाले सम्मानित गरेको छ । मनोज मेन्याड्बोको अध्यक्षतामा भएको चुम्लुडको पाँचौ अधिवेशनमा कियाचु केन्द्रीय सदस्य नारायण यक्सोले डा. सुब्बालाई कदर पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा किरात याक्थुड चुम्लुड विराटनगर शाखा, मोरड जिल्लाका…

  • विराटनगरमा कविगोष्ठी

    भाद्र १८, २०६७ विराटनगर । वाणी प्रकाशन विराटनगरले पाक्षिक कवि गोष्ठीको आयोजन गर्‍यो । कवि गोष्ठीमा भोजपुरी, मैथिली, हिन्दी लगायतका भाषामा रचना प्रस्तुत गरिनुका साथै तीजसम्बन्धी गीत पनि प्रस्तुत गरियो । कवि लावण्य सापकोटा, मधु पोखरेल, ज्योति जंगल, भैरुदास सुराना, दीपक सञ्चु, बोनप्रताप मल्ल लगायतका कवि कवियत्रीहरुले आ-आफ्ना रचना वाचन गरे । महाकाव्यकार सोमराज अभयको…

  • साहित्यकारहरुको भेटघाट

    अगष्ट २१, २०१० । सिलिगुरी भारत । मतिगढा गोर्खा कल्याण संघ सिलिगुरी वेष्ट वंगाल भारत र साझा प्रकाशन काठमाडौंको आयोजनामा साहित्यकारहरुको भेटघाट भयो । काव्य प्रस्तुती र अनुभव आदान प्रदान भयो ।

  • फेसबुकबाट पुस्तक बिमोचन

    सूचना प्रविधिको विकाससँगै पुस्तक विमोचन गर्ने नयाँ शैलीको पनि विस्तार भएको छ । यसै सिलसिलामा डा. कृष्णप्रसाद दाहालबाट लिखित तथा सम्पादित “अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर” फेसबुकबाट विमोचित भएको छ । इन्टरनेटमा सर्वाधिक लोकप्रिय सञ्जाल फेसबुकबाट उक्त पुस्तकलाई साहित्यकार स्रष्टा नवराज सुब्बाले विमोचन गर्नुभयो । विमोचन गरेपछि उनले आफ्नो प्रतिक्रियामा— “सूचना प्रविधिको उचित प्रयोग गरेमा…

  • तीन स्रष्टा सम्मानित

    चैत्र १८, २०६८ विराटनगर । रामनवमीको अवसर पारेर उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कारद्वारा यस वर्ष साहित्य र कला क्षेत्रमा योगदान दिने तीनजना स्रष्टालाई सम्मानित गरिएको छ ।

Leave a Reply